मङ्सिर ८, कालिकोट । जिल्लालाई कर्नालीकै पहिलो पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आजको आवश्यकता रहेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ८, कालिकोट । जिल्लालाई कर्नालीकै पहिलो पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आजको आवश्यकता रहेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले बत"/>

2026-09-16 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्ण साक्षर अभियान क्लिकोटको पहिलो आवश्यकता: जिशिअ तिवारी


मङ्सिर ८, कालिकोट । जिल्लालाई कर्नालीकै पहिलो पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आजको आवश्यकता रहेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले बताउनु भएको छ । 

नेपाललाई सन २०२० सम्ममा पूर्ण साक्षर घोषणा गर्न नेपाल सरकारले थालेको अभियानलाई सार्थक बनाउन कालिकोटलाई कर्नालीकै पूर्ण साक्षर जिल्लाको द्धारको रुपमा चिनाउन आवश्यक रहेको बताउनु भएको हो ।

जिल्ला शिक्षा कार्यालय कालिकोटको आर्थिक बर्ष २०७३।०७४को बार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै तिवारीले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्यौ भने सरकारले शिक्षाको हरेक क्षेत्रमा गर्ने लगानीमा बृद्धि भै शिक्षा क्षेत्रको विकासमा थप बल पुग्ने भएकाले शिक्षा क्षेत्रमा जिल्लाको पहिलो सवाल साक्षर जिल्ला घोषणा अभियानलाई राख्न पर्ने बताउनु भएको छ ।

नेपाल सरकारले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न छुट्टै बजेट नछुट्याए पनि नियमित कार्यक्रम अनुसार हाल यो बर्ष अनौपचारीक शिक्षा तथा निरन्तर सिकाई तर्फ विभिन्न शिर्षकमा ३५ लाख ५० हजार बरावरको बजेट छुट्याइएको बताउदै यो अपर्याप्त श्रोतका बावजुत पनि जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न दातृ निकाय तथा संघ संस्थाको सक्रियतामा यो आव नभएपनि अर्को आवको दशै सम्म जिल्लालाई पूर्ण साक्षर घोषणा गर्न आवश्यक रहेको तिवारीले बताउनु भएको छ । 

हाल जिल्लाका कालिका, राचुली, चिलखाया, दाहाँ, ओदानकु र गेलालाई पूर्ण साक्षर गाविस घोषणा गरिसकेको छ भने जिल्ला शिक्षा कार्यालयको वयवसाईडमा दिएको जानकारी अनुसार हाल जिल्लामा साक्षरता ६१.२७ प्रतिशत रहेको छ । जसमा पुरुषको साक्षरता ७३.३७ प्रतिशत र महिलाको साक्षरता ५१.१५ प्रतिशत रहेको छ ।

बार्षिक कार्यक्रमको सार्वजनिकीकरण गर्दै तिवारीले विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको पुँजीगत तर्फ ३ लाख ५४ हजार र चालु तर्फ  ३८ करोड २८ लाख ११ हजार बरावरको बजेट सार्वजनिकिकरण गर्नु भएको छ । 

यस्तै जिल्लामा कार्यरत शिक्षकको तभ आधारभूत तर्फ ३२ करोड २८ लाख ९२ हजार र माध्यामिक तर्फ १० करोड, ७८ लाख, ६८ हजार ५ सय बजेट रहेको जिल्ला शिक्षा अधिकारी तिवारीले बताउनु भएको छ । यो शैक्षिक सत्रबाट विद्यालय दिवा खाजाको रकम २० प्रतिशतले बढेको छ भने प्रारम्भिक बालविकास कक्षा सहजकर्ताको सेवासुविधा दोब्बरले बढेको तिवारीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल