मङ्सिर १०, पोखरा  । बिप्लव माओवादीद्धारा विभिन्न ८ बुंदे माग राख्दै कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ । 

बिप्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, पोखरा  । बिप्लव माओवादीद्धारा विभिन्न ८ बुंदे माग राख्दै कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ । 

बिप्"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओबादीले निर्माणाधिन हाइड्रोपावर बन्द गरायो

१० मंसिर २०७३, शुक्रबार ११:२३

मङ्सिर १०, पोखरा  । बिप्लव माओवादीद्धारा विभिन्न ८ बुंदे माग राख्दै कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ । 

बिप्लव नेतृत्वको माओवादी पश्चिम कमाण्ड कास्कीले सार्दीखोलामा निर्माणाधिन अवस्थामा रहेको ४ मेघावाटको मन्दिकिनी हाइड्रोपावर बन्द गराएको हो ।

 बिप्लव माओवादीको टोलीले शुक्रबार विभिन्न ८ बुदे मागपत्र समेटिएका पर्चा हाइड्रोपावर निर्माण स्थलमा नासेर जनताको माग सम्बोधन नगरिकन हाइड्रोपावर निर्माण कार्य अगाडी वढाए विभिन्न कारवाही अगाडी वढाउने चेतावनी दिएको छ । 

स्थानिय जनसमुदाय र बिप्लव माओवादीका कार्यकर्ताहरुको उपस्थिती गरी माओवादीले हाइड्रोपावर बन्द गराउदै बिप्लव माओवादी कास्कीका सचिवालय सदस्य परिवर्तनले जनताको माग सम्बोधन नगरी सञ्चालनमा ल्याए माओवादीले प्रतिवाद गर्ने उनले वताए ।

८ बुदे मागपत्रमा हाइड्रोपावर कम्पनीले स्थानीय स्रोत साधनको कर नतिरी प्रयोग गरेको, स्थानीय जनतालाई रोजगारमा नराखेको, स्थानीय जनता र गा.बि.स संग छलफल नगरी केन्द्रमा घुस खुलाएर प्रोजेक्ट सन्चालन गरेको , सार्दिखोला लगाएतको प्रभावित गाबिसलाई लोडसेडिङ मुक्त घोषणा र मुनाफाको २५ प्रतिशत स्थानीय जनतालाई बितरण गर्ने कुरामा लिखित सहमती नगरेको लगायतका बुंदाहरु समेटिएको बिप्लव माओवादी पश्चिम कमाण्डका इन्चार्ज सुजन बिकले जानकारी दिए ।

 मन्दकिनी हाइड्रोपावरलाई कार्वाही गर्नुको कारण हेर्नुस बुदागत रुपमा मन्दकिनी हाइड्रोपावर सार्दीखोला माथि कार्वाही किन ?

 यस्तो छ  ८ बुदे मागपत्र

१. हाईड्रोपावर सञ्चालनको लागि स्थानीय निकाय संग अनुमति नलिइ कार्य सञ्चालन गरेको ।

२. हाइड्रोपावर सञ्चालनका लागि केन्द्रबाट आवश्यक पर्ने कागजात तथा रिपोर्ट जनताको विचमा सार्वजनिक नगरेको ।

३. प्रभावित क्षेत्रका गा.वि.स., वडाका जनता संग गरेको सम्झौता कार्यान्वयन नगरेको । ४. हाईड्रो निर्माणका लागि करौडौ मुल्य पर्ने काठ, ढुङ्ग, गिटी, वालुवा भरपुर प्रयोग गरी त्यसको मुल्य वरावरको रकम गा.वि.स.लाई उपलब्ध नगराएको ।

५. प्रभावित क्षेत्रको गा.वि.स.हरु लाहाचोक, घाचोकमा सार्वजनिक जग्गालाई निजी हो भनि विजुली बत्तीको पोल गाड्ने नाममा लाखौ रुपैया वाँडफाड गरेको ।

६. स्थानिय जनतालाई रोजगार नदिएको ।

७. प्रोजेक्ट सम्बन्धि धारणा सार्वजनिक माग गर्ने व्यक्तिहरु माथि धाक धम्की दिने गरेको । ८. लोडसेडिङ मुक्त गा.वि.स. घोषणा र उत्पादन भएपछि प्राप्त मुनाफाको २५ प्रतिशत रकम जनतालाई लिखित रुपमा दिन तयार नभएको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा