२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाबिस सचिव ६५ लाख लिएर फरार

२०७३, १५ मंसिर बुधबार ०७:०२

प्रकाश बम/मङ्सिर १५, डोटी । डोटीमा एक जना गाबिस सचिव ६५ लाख लिएर  फरार भएका छन् ।  

जिजोडामाण्डौं र पोखरी गाविसका सचिव ईश्वर बहादुर सिंहले राष्ट्रिय बाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम  ३९ लाख र पुजिँगत तर्फको २६ लाख सहित  ६५ लाख रुपैँया हिनामिना गरेर फरार भएका छन् । 

सचिवले गाविसको रकम बिभिन्न मितिमा साटेको खुल्न आएको जिल्ला बिकास डोटीका आन्तरिक लेखा परीक्षक तथा छानविन टोलीका सदस्य टंक श्रेष्ठले जानकारी दिए ।  राष्ट्रिय बाणिज्य बैङ्कले गाबिसको पुजिँगत खाताबाट नियम बिपरीत सचिवलाई भुक्तानि दिएको पाईएको छ ।

दुबै गाबिसको छानबिनका लागी जिल्ला बिकास समितिले तीन सदस्यीय समिति गठन गरेको स्थानीय बिकास अधिकारी कृष्णप्रशाद गौतमले साझा सवाललाई जानकारी दिए ।

फरार सचिव सिंहले जिजोडामाण्डौंका स्थास्थ्यचौकी ईञ्चार्ज  सरस्वती बिष्ट र पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदलाई झुक्यार पहिला नै चेकमा हस्ताक्षर गराएर रकम लिएर फराहर भएका रहेका छन् ।

डोटीको जिजोडामाण्डौं र पोखरी गाबिसका सचिब सिंहले ईञ्चार्जको हस्ताक्षर गराएर ६५ लाख हिनामिना गरेपछी संयुक्त जिल्ला स्वास्थ्य ट्रेड युनियन डोटीले प्रेस बिज्ञप्ती जारी गरेर अब देखि गाबिसका चेकमा हस्ताक्ष नगर्ने बताएका छन् ।  

यस भन्दा अगाडी धेरै जसो गाविसमा स्वास्थ्य चौकी ईञ्चार्ज र गाबिस सचिबको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन हुँदै आएको  थियो ।

फरार सविच सिँहलाई पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदले जिल्लामा ल्याउदा समेत जिबिसका एक जना कर्मचारीले एउटा कागज बनाएर छोडेको स्वास्थ कर्मिहरुले आरोप लगाएका छन् । 

फरार गाविस सचिवलाई तत्काल कानुनको दायरामा ल्याउनु पर्ने स्वास्थ कर्मिहरुले जोडदार माग गरेका छन् । फरार सचिवको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा