2026-09-11 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

बैंकहरुले रिणीहरुलाई ब्याजदर मनपरी लिएको प्रति सेवाग्राहीको गुनासो

जितेन्द्र भण्डारी/मंसिर १८, पाँचथर । ब्याजदर घट्दा समेत पाँचथर जिल्लाका बेंकहरुले रिणीहरुलाई ब्याजदर समायोजन नगरेको तथा चर्को ब्याजदरमा कर्जा उपल्ब्ध गराउने हुँदा निम्न वर्गका आयस्रोत हुने रिणीहरु मर्कोमा पर्ने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

पाँचथरको फिदिममा आज नेपाल राष्ट्र बेंक अनुसन्धान विभाग काठमान्डौले सरोकारवाला पक्षसित गरेको अन्र्तक्रिया कार्यक्रममा वोल्नै सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् । 

फिदिम ब्यवसाय गर्दे आएका अर्जुनदेव स्याङबोले पाँचथर जिल्लामा माच्छ्रापुच्छ्रे बेंक आउँदा खेरीनै खाता खोलेर रिण लिएको र त्यतिबेला १४ प्रतिशत ब्याज तिर्दे आएको र अहिले घटेर ११ प्रतिशतमा ब्याजदरमा अन्य सेवाग्राहीलाई कर्जा उपलब्ध गराउँदै आएपनि आफनो भने ब्याजदर नघटाएको वताउनुभयो । 

उहाँले भन्नुभयो,“बैंकमा पटक पटक निवेदन दिँदा पनि अहिले ६ वर्षदेखि निरन्तर १४ प्रतिशत ब्याजनै बेंकले लिइरहेको छ ।” 

यस्तै फिदिम १ का सुनिल बर्माले तत्कालिन फेवा फाइनान्स हुँदा १५ प्रतिशत ब्याज लिँदै आएको र पछि मर्च भएर फेवा विकाश बेंक हुँदा पनि अहिले उक्त ब्याजदर नघटेको गुनासो गर्नुभयो । कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले अहिले पनि कृषि बेंकहरुले शहरमुखी रिण मात्रै लगानी गर्ने तर गाउँमा रिण लगानी गर्न नसकेको प्रति राष्ट्र बेंकको ध्यानकर्षण गराउनुभयो ।

 उहाँले भन्नुभयो,“कृषि बेंकले शहरमा घर, घडेरी र गाडी किन्न मात्रै लगानी गर्दछ,गाउँमा अलैँची,अदुवा,अम्लिसो,तरकारी खेती गर्ने तथा पशुपालक कृषकको लागि लगानी गर्न सकेको छैन्,यसले गर्दा जिल्लाका कृषकहरु मर्कोमा परेका छन् ।”

 यस्तै नेपाल बेंकले मात्रै सुनको कारोवार गर्ने,त्यो पनि बजार भाउ भन्दा तल न्यून मूल्यमा मात्रै मूल्याङकन गरिदिने, अन्य बेंकहरुले सुनको कारोवार नगर्दा जिल्लावासी मर्कोमा परेको उहाँले वताउनुभयो । अन्य बेंकहरुले पनि सुनको कारोवार गर्ने ब्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

यस्तै फिदिमका ब्यवसायि भरत अधिकारीले बेंकको ब्याजदर फरकफरक पर्ने भएकोले सेवाग्राही मर्कोमा पर्ने हुँदा यसको नेपाल बेंकले मनिटरिङ गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा जवाफ दिँदै नेपाल राष्ट्र बेंक अनुसन्धान बोर्डका सहायक निर्देशक गणेश गौतमले खुल्ला बजार अर्थतन्त्रका कारण बेंकहरुले ब्याजदर फरक फरक गर्ने गरेको तर त्यसको अनुगमन गर्ने वताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस