२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

बैंकहरुले रिणीहरुलाई ब्याजदर मनपरी लिएको प्रति सेवाग्राहीको गुनासो

१८ मंसिर २०७३, शनिबार ०७:११

जितेन्द्र भण्डारी/मंसिर १८, पाँचथर । ब्याजदर घट्दा समेत पाँचथर जिल्लाका बेंकहरुले रिणीहरुलाई ब्याजदर समायोजन नगरेको तथा चर्को ब्याजदरमा कर्जा उपल्ब्ध गराउने हुँदा निम्न वर्गका आयस्रोत हुने रिणीहरु मर्कोमा पर्ने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

पाँचथरको फिदिममा आज नेपाल राष्ट्र बेंक अनुसन्धान विभाग काठमान्डौले सरोकारवाला पक्षसित गरेको अन्र्तक्रिया कार्यक्रममा वोल्नै सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् । 

फिदिम ब्यवसाय गर्दे आएका अर्जुनदेव स्याङबोले पाँचथर जिल्लामा माच्छ्रापुच्छ्रे बेंक आउँदा खेरीनै खाता खोलेर रिण लिएको र त्यतिबेला १४ प्रतिशत ब्याज तिर्दे आएको र अहिले घटेर ११ प्रतिशतमा ब्याजदरमा अन्य सेवाग्राहीलाई कर्जा उपलब्ध गराउँदै आएपनि आफनो भने ब्याजदर नघटाएको वताउनुभयो । 

उहाँले भन्नुभयो,“बैंकमा पटक पटक निवेदन दिँदा पनि अहिले ६ वर्षदेखि निरन्तर १४ प्रतिशत ब्याजनै बेंकले लिइरहेको छ ।” 

यस्तै फिदिम १ का सुनिल बर्माले तत्कालिन फेवा फाइनान्स हुँदा १५ प्रतिशत ब्याज लिँदै आएको र पछि मर्च भएर फेवा विकाश बेंक हुँदा पनि अहिले उक्त ब्याजदर नघटेको गुनासो गर्नुभयो । कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले अहिले पनि कृषि बेंकहरुले शहरमुखी रिण मात्रै लगानी गर्ने तर गाउँमा रिण लगानी गर्न नसकेको प्रति राष्ट्र बेंकको ध्यानकर्षण गराउनुभयो ।

 उहाँले भन्नुभयो,“कृषि बेंकले शहरमा घर, घडेरी र गाडी किन्न मात्रै लगानी गर्दछ,गाउँमा अलैँची,अदुवा,अम्लिसो,तरकारी खेती गर्ने तथा पशुपालक कृषकको लागि लगानी गर्न सकेको छैन्,यसले गर्दा जिल्लाका कृषकहरु मर्कोमा परेका छन् ।”

 यस्तै नेपाल बेंकले मात्रै सुनको कारोवार गर्ने,त्यो पनि बजार भाउ भन्दा तल न्यून मूल्यमा मात्रै मूल्याङकन गरिदिने, अन्य बेंकहरुले सुनको कारोवार नगर्दा जिल्लावासी मर्कोमा परेको उहाँले वताउनुभयो । अन्य बेंकहरुले पनि सुनको कारोवार गर्ने ब्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

यस्तै फिदिमका ब्यवसायि भरत अधिकारीले बेंकको ब्याजदर फरकफरक पर्ने भएकोले सेवाग्राही मर्कोमा पर्ने हुँदा यसको नेपाल बेंकले मनिटरिङ गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा जवाफ दिँदै नेपाल राष्ट्र बेंक अनुसन्धान बोर्डका सहायक निर्देशक गणेश गौतमले खुल्ला बजार अर्थतन्त्रका कारण बेंकहरुले ब्याजदर फरक फरक गर्ने गरेको तर त्यसको अनुगमन गर्ने वताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ