२० पर्वत ।निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी     करिडोरको २२० केभी क्षमताको     प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका     छन् ।
    आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २० पर्वत ।निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी     करिडोरको २२० केभी क्षमताको     प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका     छन् ।
    आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्या"/>
2026-09-20 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धाइरिङबासीद्वारा कालिगण्डकी प्रसारण करिडोरको विरोध

२० पर्वत ।निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी     करिडोरको २२० केभी क्षमताको     प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका     छन् ।
    आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुँने भन्दै प्रभावित वासिन्दाहरु विरोधमा उत्रिएका हुन ।
    आयोजना प्रभावित क्षेत्र अन्तर्गत पर्ने धाइरिङको वाड नं २,३ र ४ का स्थानीयवासीहरुले बस्ति नजिकको खेतियोग्य जमिनबाट लाइन विस्तार गर्न नहुँने भन्दै विरोध गरेका छन् । आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्वेलाई परिवर्तन गरि फाँटबाट लैजान खोज्दा स्थानीयवासीहरु यतिखेर चर्को     विरोध उत्रिएका हुन ।
    सल्यानको फाँटमा ३ वटा एंगल टावर बनाउन लागेपछि स्थानीयबासी विरोधमा उत्रिएका हुन् । सल्यानको फाँटमा भएको स्थानीयवासीहरुको भेलाले खेतियोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निणय भएको संघर्ष समितिका संयोजक टुङगनाथ आचार्यले बताए । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रशारण लाइन विस्तार ठूलो क्षती हुने देखेपछि विरोधमा उत्रिएको उनको तर्क      छ ।
    टावर सँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पु¥याउने र बैंक धितोमा उक्त जग्गा राख्न र खरिद विक्रि गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताए ।
     साथै मेलाले गाविस सचिव मोहदत्त पौडेलको संयोजकत्वमा ११ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको कार्यदल समेत गठन गरेको छ ।
आयोजना प्रमुख चन्दनकुमार घोषले स्थानीयवासीहरुको मागलाई आयोजनाले गम्भिर रुपमा लिएको बताए ।
    उनले प्रशारण लाइनबाट प्रभावित स्थानीयवासीहरुलाई नियमनुसार मुआब्जा दिने बताए । उनले राष्ट्रिय गौरबको आयोजना भएकाले समस्याको समाधान छिटो निकाल्नुपर्ने बताए । आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दाना खण्ड ४० किमि लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख घोषले जानकारी दिए ।         एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी प्रसारण करिडोर आयोजनाको निर्माण हुन लागेको हो ।
सवस्टेसन निर्माण सुरु
म्याग्दीको दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेसन निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी       प्रसारण करिडोर आयोजनाअन्तर्गत दानामा सवस्टेसन निर्माण सुरु गरेको       हो ।
    म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले सवस्टेसन निर्माण सुरु     गरिएको आयोजनाले जनाएको छ । सवस्टेसन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालित भएर प्रारम्भिक चरणको काम सुरु        गरेको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले जानकारी दिए ।
    सवस्टेसनले दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरेको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । आयोजना र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले दाना र पर्वतको खुर्कोटमा सवस्टेसन तथा ३८ किलोमिटर      दूरीको प्रसारण लाइन निर्माणका लागि ३० मे २०१६ मा रु दुई अर्ब ९०          करोडमा ठेक्का सम्झौता भएको थियो ।विसं २०७५ को साउनमा सवस्टेसन र प्रसारण लाइन निर्माण गर्ने लक्ष्य रहेको छ । प्रसारण लाइनको टावर राख्ने ठाउँका लागि सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ ।
    आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छन् । १४ मेगावाट क्षमताको थापाखोला, पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् ।
    नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भइरहेको छ । कालीगण्डकी       प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको       छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो