2026-09-21 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद

काठमाडौँ | प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको ‍टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।

रसुवाका जितबहादुर तामाङ र सिन्धुपाल्चोकका रविन धमला तार्केश्वर नगरपालिकको लोलाङ र संखुवासभाका सन्तोष खाती जोरपाटीबाट पक्राउ परेका थिए । स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित पक्राउ परेका तीन युवा अवैध सुनको कारोबारमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार, तामाङ र धमलाको साथबाट ७७ लाख र खातीको साथबाट १५ लाख रुपैयाँ बरामद भएको हो । उनीहरू सुन कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

पक्राउ परेका धमलाको जोरपाटी र रसुवामासमेत सुन पसल रहेको खुलेको छ । उनीहरूको साथबाट बरामद भएको रकम अवैध सुन बिक्रीपछि संकलन गरिएको हुन सक्ने आंशका प्रहरीले गरेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘उनीहरूले अवैध सुन बिक्री गरेपछि संकलन गरेको जस्तो देखिन्छ । हामीले सोध्दा पनि विभिन्न व्यक्तिमार्फत बुझेको रकम भनेर बयान दिएका छन् ।’’

प्रहरीले अवैध सुन नै रहेको सूचनाको आधारमा अपरेसन थालेको थियो । तर, उनीहरूबाट रकम फेला परेको हो । प्रहरीको टोलीले सुरुमा लोलाङबाट तामाङ र धमलालाई स्कुटरमा बोकेको रकमसहित पक्राउ गरेपछि जोरपाटीबाट खाती पक्राउ परेका हुन् ।

उनीहरूमाथि प्रहरीले थप सोधपुछ जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी