२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु

२०८१, १० पुष बुधबार १७:५०

काठमाडौँ | जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन ।

सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए कुलप्रसाद । तर स्कुटर चढ्ने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताए । आफैंले जन्म दिएको छोराले उनको हत्या गरे ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा कुलप्रसाद सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत भेटिएका हुन् । उनीसँगै कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको शव फेला परेको थियो । बुवा र भाइको हत्या अभियोगमा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको छ ।सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोवाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत अबस्थामा भेटिएका थिए ।

मिलनले बुवाको हत्यापछि सिरक ओढाइदिएका थिए । भान्छा कोठामा सुतेका प्रवीणको भने बिभत्स तरिकाले टाउँकोमा सिलौटाले प्रहार गरी अनुहार नै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी कुलप्रसादकी पत्नी रेजिना आचार्य अहिले शोकाकुल छन् ।

मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दाको दृष्य हृदयविदारक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ति दिएर कोरा बारेर किरिया बसेपछिको क्षण परिवार र आफन्तका लागि निकै पीडादायी बनेको देखिन्थ्यो ।

यो परिवारमा घर झगडा र कलह कहिल्यै नरहेको आफन्तहरुले बताएका छन् । एक आपसमा माया र स्नेहमै अगाडि बढिरहेको अबस्थामा मिलनले आफ्नै बाबु र भाइको बिभत्स तरिकाले कसरी हत्या गर्न सके भन्ने प्रश्नले पटकपटक चिमोटिरहेको बताउँछन् आफन्त दीपक पाण्डे ।

शनिवार साँझसम्म कुलप्रसाद कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए । साँझ जेठो छोराले ‘मासु बनाएको छु बाबा, खाना खान आउनुस्’ भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरुको कोठामा पुगेका थिए उनी । बुबा र दुई भाइ छोराले शनिबार बेलुकाको खाना सँगै खाए । तर अचानक राति अविश्वसनीय घटना भयो ।

शनिवार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढीआमा तुलसाका आँखा ओभाएका छैनन् । अर्कोतिर छोरा र नातिको अकास्मात भएको मृत्युको पीडाले बुबा खडानन्द छट्पटाइरहेका छन् ।

मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन ।

‘मेरो जेठोले अति माया गर्ने बुबा र भाइको हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, मेरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु,’ भन्दै भावविव्हल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अबस्था नरहेको पाण्डे बताउँछन् ।

परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाटमा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलन लोकसेवाको परीक्षामा असफल भएपछि केही निराश बनेका थिए । कान्छो छोरा प्रवीण सूचना प्रबिधिमा स्नातक अध्ययन गरिरहेका थिए । बिभिन्न प्रतियोगिताहरुमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए ।

मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेको जानकारी दिए । स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने उनको तयारी थियो ।

मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा बिवाह भएको छ । कान्छी छोरी गएको तिहार मानेर पत्रकारितामा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकासप्राप्त पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय रहेको बुझिएको छ । भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरुको भविष्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमी र कन्जुस्याईं नगरेको बताउँछन् ।

घटना हुनुभन्दा दुई दिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएका थिए । गत शनिवार उनी साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर त्यही दिन राति किन त्यस्ता घट्ना भयो भन्ने जवाफ परिवार र आफन्तले अझै पाउन सकेका छैनन् ।

मिलनलाई थप अनुसन्धानसहित जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतकका परिवारजन र आफन्तले घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धान गर्न माग गर्दै प्रहरी बृत्त थिमिमा जाहेरी दिएका छन् । प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महसुस भइरहेको र लोकसेवा आयोगको परीक्षामा असफल भएपछि झनै तनाब बढेकाले दुबै जनाको हत्या गरेको बयान मिलनले दिएका छन् । हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने उनको दावी छ । रमेश गिरी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु