मङ्सिर २९, डडेल्धुरा | डडेल्धुराको कोटेली गाबिसमा रहेको मष्टा भगवतीको मन्दिरमा लागेको मेला बुधबार भब्य रुपमा मनाइएको छ ।
मगंलबार राती रतेडी र बुधबार दिउसेडी मेला मनाउदै भब्य रुपमा मेला सम्पन्न भएको मेला ब्यबस्थापन समिती अध्यक्ष प्रेम बहादुर बोहराले जानकारी दिएका छन । मेलामा बिभिन्न ठाँउहरुबाट पुगेका नागरिकहरुले मेला अवलोकन गरेका थिए । मेलामा स्थानिय स्तरमा उत्पादित बस्तुहरुको किनबेच हुदाँ स्थानिय नागरिकहरु खुसी भएका थिए ।