पुस ३, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
क्र.श | इन्धनको प्रकार | मूल्य/लिटर |
१. | पेट्रेल | १०१ रुपैयाँ ५० पैसा (४ रुपैयाँ ५० पैसा बढेको) |
२. | डिजेल | ७७ रुपैयाँ ५० पैसा (४ रुपैयाँ ५० पैसा बढेको) |
३. | मटितेल | ७७ रुपैयाँ ५० पैसा (४ रुपैयाँ ५० पैसा बढेको) |
निगमले तेलको मूल्य वृद्धि गरेपनि एलपीजी ग्याँसको मूल्य भने बढाएको छैन । अहिले प्रति सिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ कायम छ ।
ओपेक राष्ट्रहरुले कच्चा तेलको निर्यात तथा उत्पादन कटौती गरेपछि यसको असर विश्वभर पर्ने देखिएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसारनै आयल निगमले इन्धनको मूल्य थप बढाएको हो ।