पुस ८, काठमाडौं । काठमाडौको नागढुंगदेखी धादिङको नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएपछी यो आयोजना बन्ने पक्कापक्कि भएको छ । बिहीबार अर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, काठमाडौं । काठमाडौको नागढुंगदेखी धादिङको नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएपछी यो आयोजना बन्ने पक्कापक्कि भएको छ । बिहीबार अर"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जापानसँग औपचारिक सम्झौतासँगै नागढुंगा-नौबिसे सुरुङ निर्माण पक्का

८ पुष २०७३, शुक्रबार ०२:५४

पुस ८, काठमाडौं । काठमाडौको नागढुंगदेखी धादिङको नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएपछी यो आयोजना बन्ने पक्कापक्कि भएको छ । बिहीबार अर्थ मन्त्रालयमा नेपाल र जापानबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि सुरुङमार्ग बन्ने विश्वास गरिएको हो ।

नेपाल सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितिमा अर्थ सचिव डा. शान्तराज सुवेदी र जापानी राजदूत मासामी ओगावाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नागढुंगा र नौबिसेलाई २.५ किलोमिटर लम्बाइको सुरुङबाट जोड्ने परियोजना निर्माणका लागि अर्थ मन्त्रालय र जापानी सहयोग संस्था जाइकाबीच ऋण सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । नेपालको पुरानो विकास साझेदार मुलुक जापानले उक्त परियोजनाका लागि १८ अर्ब नेपाली रुपयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ ।

सम्झौतापछि अब उक्त परियोजना निर्माणको औपचारिक काम भने सन् २०१९ मध्यदेखि सुरु हुनेछ । करिब साढे तीन बर्षमा परियोजना निर्माण सम्पन्न हुने विश्वास लिइएको जापानी सहयोग संस्था जाइकाका अधिकारीले विश्वास लिएका छन्। 

माथीको तश्विरमा: उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षरपछि साटासाट गर्दै । तस्बिरः प्रदीपराज वन्त, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली