पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउ"/> Sajhasabal पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउ"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक अर्कामाथि यसरी खनिए देउवा र ओली

९ पुष २०७३, शनिबार ०१:५९

पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउवाले आफैंले हस्ताक्षर गरेको साझा दस्तावेजका आधारमा ल्याइएको संशोधन प्रस्तावलाई स्वीकार्न ओलीलाई आग्रह गरे । 

देउवाभन्दा अघि बोलेका ओलीले सरकारले ल्याएको संघीय प्रदेशको सीमांकन परिवर्तन गर्ने प्रस्ताव राष्ट्र हितमा नरहेको  तर्क गर्दै त्यसलाई नमान्ने अडानमा कायमै देखिए । सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीका अवसरमा बाँडेगाउँ आश्रममा आयोजित कार्यक्रममा देउवा र ओली दुवै विशेष अतिथि थिए । औपचारिक भाषणमा दुवैले एक अर्कामाथि आक्षेप लगाउन थाले ।

ढिलो गरी कार्यक्रममा पुगेका देउवाले शुरुमै ओलीसँग झगडा परेको बेला ढिलो आइयो भन्दै क्षमा मागे । ओलीले बोलेर सकेपछि मात्रै देउवा कार्यक्रममा पुगेका थिए । ‘त्यसै त ओलीजीसँग झगडा परिरहेको छ, त्यसपनि धेरै पर्खाएँ, रिसाउनुभयो कि माफ दिनुहोला,’ मनतव्यको शुरुमै देउवाले भने, ‘संविधान संशोधन विधेयक ओलीजीले संसदमा लैजानै दिनुभएको छैन, मधेसी जनताको भावना बुझ्न ओलीजीलाई आग्रह गर्छु ।’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले ‘आइकन’ देख्न थालेको भन्दै व्यंग्य गरे । उनले भने, ‘सरकारले ल्याएको संशोधनको प्रस्ताव नेपाली जनताको हितमा भएको भए मैले र मेरो पार्टीले यसलाई शिरोप गथ्र्यो तर म अरुको हितमा कबुल गर्दिनँ, बाहिरको हितहरुको कबुल एमालेले बोक्न चाहन्न ।’

एमालेले चलाएको आन्दोलन र ओलीको अभिव्यक्ति प्रति लक्षित गर्दै देउवाले भने, ‘मधेस र पहाडबीच मनोवैज्ञानिक असर पर्ने गरी दूरी नबढाउँ । यसले गम्भीर असर गर्छ ।’ ‘निर्वाचन हुन नसके म्यान थप्ने कुरा सँधै हुन सक्दैन । हामीले माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय संसद्को निर्वाचन गर्न सकेनौ भने संवैधानिक रिक्तता आउन सक्छ । जतिबेला पनि म्याद थप्ने कुरा हुन सक्दैन । यसले हामीलाई नालायक बनाउँछ,’ उनले भने ।

ओलीले निर्वाचनमा जानका लागि संविधान संशोधन आवश्यक नरहेको बताए । ‘जुन कुरा आवश्यक नरहेको बताए । ‘जुन कुरा अहिले आवश्यक नै थिएन, त्यही विषय किन ल्याएको ? महोत्तरी र सिरहातिर ५ नम्बर प्रदेश टुक्र्याउने कुरा उठ्छ ?’ ओलीले प्रश्न गरे, ‘किन नेपालको पहाड र तराई मिलेर बस्न नहुने ?’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…