पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउ"/>
2026-07-10 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक अर्कामाथि यसरी खनिए देउवा र ओली

2016-12-24

पुस ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउवाले आफैंले हस्ताक्षर गरेको साझा दस्तावेजका आधारमा ल्याइएको संशोधन प्रस्तावलाई स्वीकार्न ओलीलाई आग्रह गरे । 

देउवाभन्दा अघि बोलेका ओलीले सरकारले ल्याएको संघीय प्रदेशको सीमांकन परिवर्तन गर्ने प्रस्ताव राष्ट्र हितमा नरहेको  तर्क गर्दै त्यसलाई नमान्ने अडानमा कायमै देखिए । सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीका अवसरमा बाँडेगाउँ आश्रममा आयोजित कार्यक्रममा देउवा र ओली दुवै विशेष अतिथि थिए । औपचारिक भाषणमा दुवैले एक अर्कामाथि आक्षेप लगाउन थाले ।

ढिलो गरी कार्यक्रममा पुगेका देउवाले शुरुमै ओलीसँग झगडा परेको बेला ढिलो आइयो भन्दै क्षमा मागे । ओलीले बोलेर सकेपछि मात्रै देउवा कार्यक्रममा पुगेका थिए । ‘त्यसै त ओलीजीसँग झगडा परिरहेको छ, त्यसपनि धेरै पर्खाएँ, रिसाउनुभयो कि माफ दिनुहोला,’ मनतव्यको शुरुमै देउवाले भने, ‘संविधान संशोधन विधेयक ओलीजीले संसदमा लैजानै दिनुभएको छैन, मधेसी जनताको भावना बुझ्न ओलीजीलाई आग्रह गर्छु ।’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले ‘आइकन’ देख्न थालेको भन्दै व्यंग्य गरे । उनले भने, ‘सरकारले ल्याएको संशोधनको प्रस्ताव नेपाली जनताको हितमा भएको भए मैले र मेरो पार्टीले यसलाई शिरोप गथ्र्यो तर म अरुको हितमा कबुल गर्दिनँ, बाहिरको हितहरुको कबुल एमालेले बोक्न चाहन्न ।’

एमालेले चलाएको आन्दोलन र ओलीको अभिव्यक्ति प्रति लक्षित गर्दै देउवाले भने, ‘मधेस र पहाडबीच मनोवैज्ञानिक असर पर्ने गरी दूरी नबढाउँ । यसले गम्भीर असर गर्छ ।’ ‘निर्वाचन हुन नसके म्यान थप्ने कुरा सँधै हुन सक्दैन । हामीले माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय संसद्को निर्वाचन गर्न सकेनौ भने संवैधानिक रिक्तता आउन सक्छ । जतिबेला पनि म्याद थप्ने कुरा हुन सक्दैन । यसले हामीलाई नालायक बनाउँछ,’ उनले भने ।

ओलीले निर्वाचनमा जानका लागि संविधान संशोधन आवश्यक नरहेको बताए । ‘जुन कुरा आवश्यक नरहेको बताए । ‘जुन कुरा अहिले आवश्यक नै थिएन, त्यही विषय किन ल्याएको ? महोत्तरी र सिरहातिर ५ नम्बर प्रदेश टुक्र्याउने कुरा उठ्छ ?’ ओलीले प्रश्न गरे, ‘किन नेपालको पहाड र तराई मिलेर बस्न नहुने ?’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो