पुस १०, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपाल वायुसेवा निगमबाट हुने सेवालाई यथाशक्य छिटो गुणस्तरीय र प्रभावकारी बनाइने प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपाल वायुसेवा निगमबाट हुने सेवालाई यथाशक्य छिटो गुणस्तरीय र प्रभावकारी बनाइने प्र"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशमा रहेका नेपाली ठूलो र सुरक्षित बजार

२०७३, १० पुष आईतवार ०९:२८

पुस १०, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपाल वायुसेवा निगमबाट हुने सेवालाई यथाशक्य छिटो गुणस्तरीय र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा उहाँले विभिन्न पेसा व्यवसाय र रोजगारीका लागि मुलुक बाहिर ५० लाखको सङ्ख्यामा रहेका नेपाली नागरिक मात्रै पनि निगमका लागि ठूलो र सुरक्षित बजार भएको उल्लेख गर्नुभयो । 

बैठकमा नेता माधवकुमार नेपालले कार्यकारीले काम गर्न चाहने तर गैरकार्यकारीले रोक्ने प्रवृत्ति विकासको बाधक भएको जनाउँदै संसदीय समिति विकासको बाधक बन्ने होइन, सहयोगी हुनुपर्छ भन्नुभयो । 

उहाँले भन्नुभयो, “नेपाल एयरलायन्सको नयाँ विमान ल्याउने काममा सबैले सहयोग गर्नुपर्छ, राम्रो काम गर्नेलाई हौसला प्रदान गर्नुपर्छ, दण्ड र प्रोत्साहनको प्रणाली राम्रोसँग लागू हुन सकेको छैन, पर्यटन विकासमा विशाल सम्भावना बोकेको नेपालसँग आफ्नै पर्याप्त ध्वजावाहक जहाज हुनुपर्छ ।” 

नेपाल वायुसेवा निगमका जहाजको सेवा सस्तो, गुणस्तरीय र समयतालिकानुरुपको हुनुपर्छ भन्दै नेता नेपालले अरुले चलाएका पुराना कबाडी जहाज नेपाल भित्र्याउने होइन, नयाँ दुई चार वटा होइन सय वटा खरिद गर्नुपरे पनि तयार हुनुपर्छ भन्नुभयो । डा राजन भट्टराईले नेपाल एयरलाइन्सको व्यवस्थापन र कर्मचारीलाई ठीक ढङ्गबाट परिचालन गर्न आवश्यक भएको बताउनुभयो । 

सांसद श्याम श्रेष्ठले जहाज खाली हुने तर बजारमा टिकट नपाइने अवस्थाको अन्त्य हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सांसद प्रेम सुवालले वायुसेवा निगमलगायत कतिपय संस्थान कमिसनले धरासयी भएको विचार प्रकट गर्नुभयो । 

बैठकमा आमन्त्रित निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अब युरोपबाट वायुयान खरिद गर्दा कमिसनको सम्भावना ठ्याम्मै नरहेको जानकारी दिनुभयो । 

निगमले वाइड बडीका दुई विमान खरिद गर्ने निर्णय अघि बढेसँगै त्यसका विषयमा उठेका प्रश्नका बारेमा छलफल गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित सरोकार भएका निकायसँग आवश्यक जानकारी लिएको हो । 

बैठकमा नेपाली आकाशमा नेपाली राष्ट्रिय ध्वजावाहक विमान पर्याप्त उड्नुपर्छ भन्दैसांसदले नेपाल एयरलाइन्सका लागि बजार ठूलो भए पनि विमान न्यारो बडीको हुनु तथा बजार व्यवस्थापन गर्न नसक्नु अहिलेको मुख्य चुनौतीका रुपमा रहेको देखिन्छ भन्नुभयो । 

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नयाँ विमानका लागि रकमको जोहो व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको जानकारी दिनुभयो । दुई वाइड बडीको जहाज खरिद गर्न करिब रु २५ अर्ब रकम लाग्ने बताइएको छ । उक्त जहाज खरिद गर्न गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा नौ कम्पनीले आवेदन दिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ