पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ । "/>
2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

माछापालनबाटै मासिक दुई लाख आम्दानी

पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ । 

चार वर्षदेखि कार्की माछा फार्म स्थापना गर्नुभएका किसान कार्कीले बितेको दुई महिनामा रु १० लाख बराबरको माछा बिक्री गरेको बताउनुभयो । “बितेको दुई महिनामा करिब ४५÷५० क्विन्टल माछा बिक्री भयो”, उहाँले भन्नुभयो–“माछामा करिब ५० प्रतिशत नाफा हुन्छ ।” 

पाँच बिघा खेतमा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहनुभएका कार्कीले सुरुवातमा दश कट्ठा खेतबाट व्यवसाय थाल्नुभएको हो । “माछापालनलाई अब आधुनिकीकरण गर्दै लैजान्छु”, कार्कीले भन्नुभयो–“यसका लागि दुई÷तीनपटक माछा पालनसम्बन्धी तालिमसमेत लिइसकको छु ।” रु दश लाखको लगानीमा भारतको कलकत्ता, कैलालीको गेटा र कञ्चनपुरको झलारीपिपलाडीमा रहेका ह्याचरीबाट करिब दुई लाख भुरा ल्याएर यो वर्ष माछापालन गर्नुभएका उहाँले भन्नुभयो–“रु दश लाखको माछा बिक्री गरिसकेँ, अझै ५० प्रतिशत माछा बिक्री हुन बाँकी छ ।” 

“धान तथा गहुँबालीभन्दा माछा पालनमा राम्रो आम्दानी हँुदो रहेछ”, कार्कीले भन्नुभयो–“माछा बिक्रीबाट भएको फाइदाले जग्गादेखि ट्याक्टरसम्म जोडेको छु ।” माछापालनबाट सन्तुष्ट कार्कीले दुईजनालाई रोजगारीसमेत दिनुभएको छ । “रु दुई सयदेखि रु तीन सय ५० सम्म प्रतिकिलो माछा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो–“माछा खपतका लागि बजारको खासै समस्या छैन ।” उत्पादित माछा स्थानीयस्तरदेखि भीमदत्तनगर बजारसम्म खपत हुने गरेको छ । 

“म आफैँ पनि कहिलेकाहीँ माछा पु¥याउन बजारसम्म पुग्छु”, उहाँले भन्नुभयो–“धेरैजसो व्यापारी माछा किन्न फार्ममै आउँछन् ।” कञ्चनपुरमा भारतीय माछा पनि आयात भइरहेको छ । “पहिले त खेतीपातीमै थिएँ”, कार्कीले भन्नुभयो–“अन्य खेतीभन्दा माछापालन राम्रो लाग्यो ।” जिल्ला कृषि विकास कार्यालयले कञ्चनपुर माछा उत्पादनमा आत्मनिर्भर भइ नसकेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द