2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका द्वन्द्वपीडित एकल महिला सामूहिक आयआर्जनमा सक्रिय

पुस १२, रुकुम । रुकुमको महत–२ की ४४ वर्षीया सगुनमाया बुढा एकल महिला हुनुहुन्छ । उहाँका श्रीमान्लाई द्वन्द्वको समयमा २०५७ सालमा नेपाल प्रहरीको हातबाट मृत्यु भएको थियो । 

श्रीमान्को मृत्यु भएपछि बुढालाई आफ्ना छोराछोरी पढाउन तथा घर खर्च चलाउन निकै समस्या भयो । केही वर्षसम्म उहाँले कष्टपूर्ण दिनहरु काट्नुभयो ।

विसं २०६६ देखि बुढाको दैनिकी परिवर्तन भएको छ । उहाँसँगै गाउँका अन्य द्वन्द्वपीडित एकल महिला एकजुट भएर जङ्गलमा खेर गइरहेका अल्लोको सङ्कलन गर्ने र त्यसबाट घरायसी सामग्री बनाउने काम थाले । यसपछिका दिनमा जीविका चलाउन उहाँलाई सजिलो भयो । 

गाउँका एकल महिला एकजुट भएर यस्तो काममा लागेको उहाँको भनाइ छ । पूर्वी रुकुमका महत, काँक्री, मोराबाङलगायत गाविसका १५ जनाभन्दा बढी द्वन्द्वपीडित एकल महिलाले सामूहिक रुपमा अल्लो सङ्कलन गरेर अहिले राम्रो आम्दानी गरिरहेका छन् । 

अल्लोको धागोबाट कम्बल, टोपी, सुइटर, पटुकालगायतका सामग्री निर्माण गर्ने गरेको बुढाले बताउनुभयो । सुरुमा निर्माण गरिएका सामग्री बिक्री नभए पनि अहिले भने व्यापारीहरु सङ्कलनका लागि गाउँमै आउने गरेको र मूल्य पनि राम्रो तिर्ने गरेको उहाँको भनाइ छ । 

एक मौसममा अल्लोको धागोबाट निर्माण गरिएका सामग्री बिक्री गरेर हरेक महिलाले करिब रु ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको बुढाले बताउनुभयो । उनीहरु अहिले मेसिनबाटै विभिन्नखालका सामग्री निर्माण गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई