पुस १३, काठमाडौं । सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले बढेर ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हप्ताको पहिलो दिन आइतबार तोलाको दुई सय रुपैयाँले बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउमा मंगलबारसम्म कुनै घटबढ भएन ।
यस्तै तीन दिनदेखि नै स्थिर रहेको चाँदीको भाउ पनि बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।