एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना र"/>
2026-09-18 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘किसानको घडी’

एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना राख्थ्यो । उसले आफै त्यो घडी खोज्ने निकै प्रयास गर्यो, उसले आफ्नो हराएको घडी आफ्नो कोठा-घर-बाटो मात्र नभई अन्नको भकारी तथा खेत-बारीमा समेत खोज्यो तर घडी कतै भेटिएन ।  उसले कतैपनि घडी पाउन नसकेपछी घडी खोज्ने जिम्मा बच्चाहरुलाई दिने नयाँ जुक्ति लगायो । तब उसले गाउँका बच्चाहरुलाई बोलाएर भन्यो – ‘सुन बच्चाहरु ! तिमीहरु मध्ये मेरो हराएको घडी जसले भेटेर ल्याउँछ उसलाई म २०० रुपयाँ पुरस्कार दिन्छु । 

पैसाको आशामा बच्चाहरु अब त्यो हराएको घडी खोज्न थाले । बच्चाहरुले उसको घडी हरेक कुना-कुनामा खोज्न थाले, तर घडी कतै पाउन सकेनन् । घडी खोज्दा-खोज्दा बच्चाहरुले समेत हरेस खाईसकेका थिए र किसानलाई पनि लग्यो कि अब घडी पाईन्न । तब एक बच्चा आएर किसानसामु बोल्यो ‘अंकल, मलाई एक मौका दिनुस, तर यो पटक म एक्लैले यो काम गर्न चाहन्छु । किसानले उसको प्रस्ताव स्वीकार गर्यो ।  

अब त्यो बच्चा एक्लै एक-एक गरेर किसानको घरको कोठाभित्र उसको हराएको घडी खोज्न थाल्यो । जब केहि समयपछी उक्त बच्चा किसानको सुत्ने कोठाबाट निस्क्यो तब किसानले उक्त बच्चाको हातमा घडी देख्यो । किसानले आफ्नो घडी भेटिएकोमा प्रसन्न भएर बच्चालाई सोध्यो – ‘बाबु, कहाँ थियो यो घडी ? अनि हामी सबैले नभेटेको घडी तिमीले कहाँबाट भेट्यौ ?’  तब उक्ब बच्चाले भन्यो- ‘काका मैले केहि गरिन, म सिधै तपाइको कोठामा गएँ अनि चुप-चाप बसें, र घडीको आवाजलाई केहिबेर ध्यान दिएँ । कोठा सबैतिरबाट बन्द गरेरको कारण मैले केहीबेरमा घडीको टिक-टिक आवाज सुनें, आवाजकै भरमा मैले घडीको दिशा पत्ता लगाएँ र थाहा भयो घडी दराज पछाडी रहेछ त्यहिबाट खोजेर निकालें । 

जसरी कोठाको शान्तिका कारण हराएको घडी भेटियो त्यसैप्रकारले मनको शान्तिले हामीलाई जिन्दगिको जरुरी चिज खोज्न तथा सम्झनमा मद्धत मिल्छ । अशान्तिका बीच जे कुरा खोज्दा पनि असफलता मात्रै हुन्छ । त्यसैले शान्ति वा एकाग्रतामा जिउने मान्छे संधै सफल बन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई