एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना र"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘किसानको घडी’

१६ पुष २०७३, शनिबार ०७:००

एकपटक एक जना किसानको घडी कतै हरायो | त्यसो त उक्त घडी खासै महँगो त थिएन तर किसान त्यो घडीसँग भावनात्मक रूपमा जोडिएको थियो र कुनैपनि तरिकाले किसान त्यो घडी पाउने चाहना राख्थ्यो । उसले आफै त्यो घडी खोज्ने निकै प्रयास गर्यो, उसले आफ्नो हराएको घडी आफ्नो कोठा-घर-बाटो मात्र नभई अन्नको भकारी तथा खेत-बारीमा समेत खोज्यो तर घडी कतै भेटिएन ।  उसले कतैपनि घडी पाउन नसकेपछी घडी खोज्ने जिम्मा बच्चाहरुलाई दिने नयाँ जुक्ति लगायो । तब उसले गाउँका बच्चाहरुलाई बोलाएर भन्यो – 'सुन बच्चाहरु ! तिमीहरु मध्ये मेरो हराएको घडी जसले भेटेर ल्याउँछ उसलाई म २०० रुपयाँ पुरस्कार दिन्छु । 

पैसाको आशामा बच्चाहरु अब त्यो हराएको घडी खोज्न थाले । बच्चाहरुले उसको घडी हरेक कुना-कुनामा खोज्न थाले, तर घडी कतै पाउन सकेनन् । घडी खोज्दा-खोज्दा बच्चाहरुले समेत हरेस खाईसकेका थिए र किसानलाई पनि लग्यो कि अब घडी पाईन्न । तब एक बच्चा आएर किसानसामु बोल्यो 'अंकल, मलाई एक मौका दिनुस, तर यो पटक म एक्लैले यो काम गर्न चाहन्छु । किसानले उसको प्रस्ताव स्वीकार गर्यो ।  

अब त्यो बच्चा एक्लै एक-एक गरेर किसानको घरको कोठाभित्र उसको हराएको घडी खोज्न थाल्यो । जब केहि समयपछी उक्त बच्चा किसानको सुत्ने कोठाबाट निस्क्यो तब किसानले उक्त बच्चाको हातमा घडी देख्यो । किसानले आफ्नो घडी भेटिएकोमा प्रसन्न भएर बच्चालाई सोध्यो – 'बाबु, कहाँ थियो यो घडी ? अनि हामी सबैले नभेटेको घडी तिमीले कहाँबाट भेट्यौ ?'  तब उक्ब बच्चाले भन्यो- 'काका मैले केहि गरिन, म सिधै तपाइको कोठामा गएँ अनि चुप-चाप बसें, र घडीको आवाजलाई केहिबेर ध्यान दिएँ । कोठा सबैतिरबाट बन्द गरेरको कारण मैले केहीबेरमा घडीको टिक-टिक आवाज सुनें, आवाजकै भरमा मैले घडीको दिशा पत्ता लगाएँ र थाहा भयो घडी दराज पछाडी रहेछ त्यहिबाट खोजेर निकालें । 

जसरी कोठाको शान्तिका कारण हराएको घडी भेटियो त्यसैप्रकारले मनको शान्तिले हामीलाई जिन्दगिको जरुरी चिज खोज्न तथा सम्झनमा मद्धत मिल्छ । अशान्तिका बीच जे कुरा खोज्दा पनि असफलता मात्रै हुन्छ । त्यसैले शान्ति वा एकाग्रतामा जिउने मान्छे संधै सफल बन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह