पुस १६, कञ्चनपुर । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् । 

ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, कञ्चनपुर । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् । 

ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

१६ पुष २०७३, शनिबार १०:५३

पुस १६, कञ्चनपुर । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् । 

ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो । 

रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रुपमा हुँदै आएको उखुको उत्पादन भन्दा ४० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने भएकाले किसान यस प्रविधिलाई आत्मसात गर्न थालेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले बताउनुभयो । 

परम्परागत प्रविधिको प्रयोग गरी उखु रोप्दा ३० प्रतिशत बोट मात्रै उम्रिने गर्दथे, उहाँले भन्नुभयो, “आधुनिक ट्रेन्च प्रविधिबाट रोपिएको उखु ९० प्रतिशतसम्म उम्रिने गर्दछ ।” 

यस प्रविधिबाट रोपिएको उखुमा रोग कीराको समस्या कम हुनुका साथै चिनीको मात्रा बढी हुने भएकाले चिनी मिलमा यो उखु सहजै बढी मूल्यमा बिक्री हुने गरेको उहाँले भन्नुभयो । 

ट्रेन्च प्रविधिबाट लगाइएको उखुमा ६० प्रतिशत पानीको बचत हुने, उखुमा माटो चढाउन सहज हुने, बाध्न सजिलो हुने र कम ढल्ने हुनाले यो प्रविधि किसानका उपयुक्त रहेको महाकाली सुगर इन्डष्ट्रिजका क्यान म्यानेजर राजेश्वरप्रसाद शाहले बताउनुभयो । 

‘पङ्तिबद्ध रुपमा उखु लगाइने भएकाले बीचको भाग खाली छोडिने जग्गामा अन्तरबालीका रुपमा आलु, लसुन, धनियाँ, तोरी, गहुँ, मटर, राजमा लगाएर किसानले यसवाट अतिरिक्त आम्दानीसमेत लिने सकिन्छ’ उहाँले भन्नुभयो । 

विशेषगरी किसानले कात्र्तिके उखुका चाँडै हुर्कने ०२३८, को ०२३९, कोलख ९४१८४, कोसा ०३२३४ लगायतका जात यो प्रविधिवाट लगाउँदै आएका छन् । यसरी रोपिएको उखुको उत्पादन प्रतिहेक्टर सरदर ८० मेट्रिक टन हुने गरेको बताइएको छ । 

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको प्राविधिक सहयोग तथा मर्सिकोरको आर्थिक सहयोगमा सञ्चालित एमरेड परियोजना अन्तर्गत शङ्करपुर, देखतभूली, झलारी पिपलाडी, कृष्णपुरलगायत क्षेत्रका किसानले १७३ दशमलब ७५ बिगहा क्षेत्रफलमा ट्रेन्च प्रविधिको प्रयोग गरी उखुखेती गर्दै आएका छन् । जसबाट वर्षेनि १८ हजार ३७४ क्वीन्टल उखु उत्पादन हुने गरेकोे परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार किसानले उत्पादन गरेको उखु बिक्री गरी यसवर्ष रु ७० लाख ७३ हजार ९९० आम्दानी गरेका छन् । परियोजना अन्तर्गत किसानलाई प्रविधिबारे जानकारी दिनुका साथै बीउ, मलखाद र किटनाशक औषधि उपलव्ध गराइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह