पुस १६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेदेखि थप ४० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । यो काम सँगै सरकारले घोषणा गरे अनुरुप सु"/>
पुस १६, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेदेखि थप ४० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । यो काम सँगै सरकारले घोषणा गरे अनुरुप सुक्खा याममा पनि लोडसेडीङ मुक्त बनाउने अभियानमा थप राहत मिल्ने विश्वास गरिएको छ ।
भारतको मुज्जफपुरदेखि ढल्केबरसम्म्को अन्तरदेशीय प्रसारणलाइनबाट थप विजुली आयात हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । उनका अनुसार आइतबार अर्थात सरकारले लोडसेडीङ् अन्त्यका लागि ५०० मेगावाट बिजुली आवश्यक भएको बताउँदै गर्दा अर्को थप बिजुली फेब्रुअरीदेखि टनकपुरबाट थप ४० मेगावाट बिजुली आयात हुनेछ ।
थप विजुली ल्याउन भारतको मुज्जफपुरमा रहेको स्टेशनमा नयाँ ट्रान्सर्फमर जडान गरिएको छ । अहिलेसम्म भारतबाट ३ सय मेगावाट बिजुली आयात भइरहेको छ । सरकारले लोडसेडीङ् अन्त्यको प्रयासलाई निरन्तरता दिन यस अघि ३०० मेगावाट बिजुली भारतबाट ल्याइएकोमा त्यो बढेर ४०० काट्ने जनाएको छ । तिहारपछी प्राधिकरणले उपत्यकामा निरन्तर बिद्युत प्रदान गर्दै आएको छ ।