2026-09-19 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तनका क्षेत्रमा लागि पर्ने ओखलढुंगाका सरोकारवालाहरुको साझा प्रति

पुस १७,ओखलढुंगा । ओखलढुंगाका सरोकारवालाहरुले विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा लागि पर्ने साझा प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार र विहिबार दुईदिन सञ्चालन भएको वार्षिक योजना तर्जुमा प्रकृयामा विपत् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मुलप्रवाहिकरण गोष्ठीमा सहभागि सबै सरोकारवालाहरुले गम्भीर भएर यस क्षेत्रमा लाग्ने साझा प्रतिवद्धता जनाएका हुन् । यूएसएआईडीको सहयोगमा सबल कार्यक्रम ओखलढुंगाको  सहयोग तथा जिल्ला विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त गोष्ठीमा जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी,दलका नेता,पत्रकार,सञ्चारकर्मी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो । उनिहरु सबैले आ आफ्नो क्षेत्रबाट विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा लागि पर्ने प्रतिवद्धता जनाएका हुन् ।

यसैबिच ओखलढुंगामा स्रोत र चेतनाको अभावका कारण प्रकोप जोखिम न्यूनिकरणमा समस्या हुनेगरेको भन्दै स्रोत जुटाउन र सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिईएको छ । २०७२ को भूकम्प तथा विभिन्न अन्य प्रकोप जन्य जोखिम परेका समयमा स्रोत र चेतनाको अभावका कारण काम गर्न समस्या भएको सहभागीहरुले बताएपछि    निमीत्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले नागरिकमा चेतनाको अभाव र निकायहरुसँग प्रकोप न्यूनिकरणको पूर्वतयारीको अभ्यास नहुँदा समस्या भएको बताउनुभयो । विपत्को सामना गर्ने र पुर्वतयारीमा जुट्ने चेतना नागरिक तहमा नरहेको भन्दै विद्यालय स्तरमा समेत विपत् सम्बन्धीका कार्यक्रम गरेर विद्यार्थी मार्फत घरघरमा सन्देश दिन सकिने उहाँको भनाई थियो । 

त्यस्तै स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्रीले स्रोत अभावका कारण उपलब्धी देखिनेगरी प्रकोपका समयमा काम गर्न नसकेको बताउनुभयो । ओखलढुंगाका सबै गाविसमा विपत् जोखिम न्यूनिकरण समिति गठन गर्नुपर्नेमा समेत सहभागिहरुले जोड दिएपछि खत्रीले केहि समय भित्रै जिल्लाका सबै गाविसमा समिति गठन गर्ने प्रतिवद्धता जनाउनुभयो । समितिलाई सक्षम बनाउने कार्यक्रमहरु ल्याईने पनि उहाँले बताउनुभयो । केहि गाविसमा यसवर्षको गाउँ परिषद्मा पनि प्रकोप जोखिम न्यूनिकरणका लागि बजेट विनियोजन गर्ने अभ्यास थालिएको छ । 

गोष्ठीको स्थानीय विकास मन्त्रालयका उपसचिव पुरुषोतम सुवेदी,सामुदायिक वन महासंघका केन्द्रिय सदस्य भोला खतिवडा लगाएतले कार्यक्रमको सहजिकरण गर्नुभएको सबल कार्यक्रमका मोहन गौतमले जानकारी दिनुभयो । सबल कार्यक्रमले विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई