(रमेश लम्साल) | पुस १७, काठमाडौँ | सार्वजनिक खरिद प्रक्रियामा अब कुनै पनि प्रकारको अनियमितता र गुण्डागर्दीले काम गर्ने छैन् । 

प्रधानमन्त्री तथा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (रमेश लम्साल) | पुस १७, काठमाडौँ | सार्वजनिक खरिद प्रक्रियामा अब कुनै पनि प्रकारको अनियमितता र गुण्डागर्दीले काम गर्ने छैन् । 

प्रधानमन्त्री तथा म"/>

2026-07-09 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब सार्वजनिक ठेक्का पनि अनलाइनबाट, अनियमितता र गुण्डागर्दी अन्त्य हुने

(रमेश लम्साल) | पुस १७, काठमाडौँ | सार्वजनिक खरिद प्रक्रियामा अब कुनै पनि प्रकारको अनियमितता र गुण्डागर्दीले काम गर्ने छैन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आजदेखि सञ्चालनमा ल्याएको विद्युतीय खरिद प्रणालीले सबै प्रकारको सार्वजनिक खरिदलाई एउटै माध्यमबाट अगाडि बढाउने प्रणालीको विकास गरेको छ । 

सो प्रणालीलाई विद्युतीय खरिद प्रणाली(इजिपी) नाम दिइएको छ । विभिन्न अनलाइन पोर्टलका माध्यमबाट अगाडि बढाइँदै आएको सार्वजनिक खरिदलाई अबदेखि एउटै वेबसाइट बोलपत्र डट जिओभी डट इनपी कम (धधध।दयउिबतचब।नयख।लउ)बाट एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । 

सरकारले प्रत्येक आवमा विनियोजन गरेको कुल बजेटको ७० प्रतिशत बजेट सार्वजनिक खरिदमा खर्च हुने गरेको छ । सार्वजनिक खरिदलाई पारदर्शी, आर्थिक अनुशासन एवम् विकासमैत्री बनाउनका लागि नयाँ विद्युतीय प्रणालीको सुरुवात गरिएको सो कार्यालयका सचिव रमेशकुमार शर्माले जानकारी दिनुभयो । 

विद्युतीय खरिद प्रणाली(इजिपी)को भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आज सुभारम्भ गर्नुभयो । यसअघि सार्वजनिक खरिदको काम विभिन्न मन्त्रालयले आफैँ तयार पारेको अनलाइन प्रणालीबाट अगाडि बढाउँदै आएको थियो । ती सबै प्रणाली बन्द गरेर एकद्वार प्रणालीबाट कार्य अगाडि बढाउन लागिएको सचिव शर्माको भनाइ छ । 

सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको समयानुकूल सुधार तथा नयाँ व्यवस्थाले सार्वजनिक खरिदलाई थप व्यवस्थित र मर्यादित बनाएको भन्दै सचिव शर्माले २०७१ सालबाट सुरु भएको विद्युतीय प्रणाली थप परिस्कृत र मर्यादित बनेको बताउनुभयो । 

उक्त प्रणालीको उद्घाटन गर्दै मन्त्री लेखकले आर्थिक प्रशासनलाई पारदर्शी बनाउन, ठेक्काको बन्दोबस्तीलाई नियमसङ्गत बनाउन अगाडि ल्याइएको विद्युतीय प्रणाली नेपालको सन्दर्भभमा क्रान्तिाकारी कदम भएको बताउनुभयो । 

छिटोछरितो रुपमा विकास निर्माण तथा भौतिक विकासको काम गर्न नयाँ प्रणाली सहयोगी सिद्ध हुने उल्लेख गर्दै उहाँले काम पन्छाउने, जिम्मेवारीबाट विमुख हुने तथा मनोमानी गर्न खोज्ने जोकोहीलाई पनि नयाँ प्रणालीले कर्तव्यप्रति जिम्मेवार बनाउने उल्लेख गर्नुभयो । 

प्रविधिको सुरक्षा, त्यसको समयानुकूल परिवर्तन तथा साइबर सुरक्षाको विषय अह्म भए पनि विस्तारै सुधार हुँदै जाने भएकाले विद्युतीय प्रणाली आमचासोको विषयसमेत बन्नेतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

मुलुकको विकास निर्माण प्रक्रियाले गति नलिएको, पुलपुलेसा, सडक तथा भौतिक पूर्वाधारका काममा भइरहेको ढिलाइप्रति सरकार गम्भीर रहेको भन्दै मन्त्री लेखकले कुनै पनि वाहना गरेर काम पर सार्ने, लागत बढाउने, काम नगर्न त्यसो भएको पाइए कडा कारबाही गरिने चेतावनी दिनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले नयाँ प्रविधिको सञ्चालनले सार्वजनिक खरिदमा ऐतिहासिक परिवर्तन भएको भन्दै त्यसलाई दीर्घकालीन एवम् विश्वसनीय बनाउन सरोकार भएका सबैले ध्यान दिनुपर्ने बताउनुभयो । 

नयाँ सञ्चालनमा आएको प्रविधिले सार्वजनिक खरिद एवम् ठेक्का प्रक्रियालाई करिब सय दिनमा अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ । यसअघि सामान्यता २०० दिन लाग्ने गरेको थियो । नयाँ आव सुरु भएपछि २०० सार्वजनिक खरिदमा नै व्यतित गर्नु पर्दा विकास निर्माणको कामले गति लिन नसकेकाले एक वर्षको ठेक्का समेत बहुवर्षीय हुन पुगेकामा नयाँ व्यवस्थाले सो काम तीन महिना नै अगाडि बढ्ने र विकास निर्माण पारदर्शी एवम् व्यवस्थित हुने, समयमै सुरु गर्न सकिने विश्वास लिइएको छ । 

परामर्श सङ्घका अध्यक्ष राजेश थापाले नयाँ प्रणालीले विकास निर्माणको काममा थप पारदर्शीता ल्याउन सहयोग पुग्ने बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो