दिनेश ठकुल्ला/पुस १८, धनगढी । कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले संचालन भईरहेको पूर्ण खोपयुक्त अभियान सुस्त हुँदा निर्धारित अवधिमै लक्ष्य पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/पुस १८, धनगढी । कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले संचालन भईरहेको पूर्ण खोपयुक्त अभियान सुस्त हुँदा निर्धारित अवधिमै लक्ष्य पुर"/>
2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा पूर्ण खोप अभियान सुस्त, ५ वर्षमा १२ गाविस मात्रै पूर्ण खोपयुक्त घोषणा

दिनेश ठकुल्ला/पुस १८, धनगढी । कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले संचालन भईरहेको पूर्ण खोपयुक्त अभियान सुस्त हुँदा निर्धारित अवधिमै लक्ष्य पुरा नहुने देखिएको छ । 

सन् २०१६ भित्रै जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न अभियान थालिए पनि हालसम्म जिल्लाका १२ गाविसमात्रै खोपयुक्त घोषणा भएका छन् । भौगोलिक रुपमा विकट सुदूरपश्चिमका पहाडी जिल्लाहरु खोप अभियानमा राम्रो उपलब्धी हासिल गरिरहँदा तुलनात्मक रुपमा सुगम र विकसित मानिने कैलालीमा भने अभियान सुस्त छ । कैलालीमा बढी जनसंख्या भएकाले ढिलाई भएको जनस्वास्थ्य कार्यालयको भनाई छ । तर, जनस्वास्थ्यकोे ढिलासुस्ती अभियान सुस्त हुनुको मुख्य कारण रहेको कतिपयको भनाई छ । 

कार्यालयले अग्रसरता नदेखाउँदा सुगम क्षेत्रसमेत खोपयुक्त घोषणा हुन नसकेका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु बताउँछन् । सरकारले सबै बालबालिकाहरुलाई आवश्यक खोपको मात्रा लगाएर बाल मृत्युदर घटाउनका लागि देशभर पूर्ण खोपयुक्त घोषणा अभियान संचालन गरिरहेको छ । 

शहरी क्षेत्र मानिने धनगढी उपमहानगरपालिका तथा टीकापुर, लम्की–चुहा, भजनी–त्रिशक्ति र घोडाघोडी नगरपालिका पूर्ण खोपयुक्त घोषणा भएका छैनन् । विभिन्न नगरपालिकाहरुका ९ वटा वडा र १२ गाविसलाई हालसम्म पूर्ण खोपयुक्त घोषणा भएका छन  । 

जिल्लाका २८ गाविसमध्ये हालसम्ममा मुनुवा, नारायणपुर, जानकीनगर, प्रतापपुर, दोदोधरालगायतका १२ गाविस र साविकका गाविस रहेका तर, अहिले नगरपालिकामा गाभिएका ९ वटा वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको बताईएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका सुचना अधिकृत मोहनदेव भट्टले बताउनुभयो  । कैलालीमा बढी जनसंख्या भएकाले ढिलाई भएको जनस्वास्थ्य कार्यालयको भनाई छ । तर, जनस्वास्थ्यकोे ढिलासुस्ती अभियान सुस्त हुनुको मुख्य कारण रहेको कतिपयको भनाई छ । 

कार्यालयले अग्रसरता नदेखाउँदा सुगम क्षेत्रसमेत खोपयुक्त घोषणा हुन नसकेका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु बताउँछन् । २०६८ को जनगणना अनुसार जिल्लामा २० हजार ३ सय ३३,  १ वर्ष मुनिका बालबालिका रहेको तथ्याङक छ । 

करिब पाँच वर्षअघि यहाँ पूर्ण खोपयुक्त अभियान थालिएको थियो । कैलालीमा २०६९ मंसिरमा जिल्लाको मुनुवा गाविसलाई जिल्लाको पहिलो पूर्ण खोपयुक्त गाविस घोषण गरिएको थियो । पहलमानपुर र उदासीपुर गाविसलाई केही समयमै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार २३ महिनामुनिका बालबालिकालाई विभिन्न रोगहरुबाट बचाउन बीसीजी, डीपीडी हेप बी, पीसीबी, पोलियो, दादुरा–रुबेला, जापानिज इन्सेफ्लाइटिस आदि ११ प्रकारका खोपका सबै मात्रा लगाउनु आवश्यक हुने सुचना अधिकृत भट्टले जानकारी दिनुभयो  । 

सरकारले सन् २०१७ सम्म देशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयको समन्वयमा सुदूरपश्चिमलाई सरकारी लक्ष्य भन्दा एक वर्षअघि नै खोपयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य तय गरिएको थियो । सुदूरपश्चिमका ५ जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ र अछाम पूर्ण खोपयुक्त घोषणा भईसकेका छन् । 

तर कैलालीमा भने ५ वर्षको अवधिमा ११ गाविसमात्रै पुर्ण खोपयुक्त गाविस घोषण भएका छन । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले पनि खोप अभियान सुदूरपश्चिममा सबै भन्दा सुस्त कैलालीमा रहेको जनाएको छ । 

बाँकी ३ जिल्ला पनि चैतभित्रै पूर्ण खोपयुक्त हुने बताईएको छ  । कैलालीसन् २०१७ भित्र पनि पूर्ण खोपयुक्त घोषणा गर्न चुनौती देखिएको छ । खोप लगाएर बाल मृत्युदर घटाउनु र खोपप्रति सचेतना बढाउन सरकारले अभियान थालेको हो ।  बालबालिकालाई खोपको अभावमा लाग्न सक्ने रोगबाट बचाउनका र खोपबारे सचेतनाका लागि पूर्ण खोपयुक्त घोषणा अभियान थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई