१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

च्याउखेतीमा आकर्षित मुक्तकमैया

१९ पुष २०७३, मंगलवार ०५:५४

पुष १९ । कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–१३ आशापुरस्थित मुक्तकमैया बस्तीका किसान व्यावसायिक रुपमा च्याउखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । मुक्त भएपछि केही समय यहाँस्थित चौधर नदीको बगरमा तरकारी खेती गरेका मुक्तकमैया पछिल्ला वर्षमा राम्रो आम्दानी हुन थालेपछि च्याउखेतीतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि सिङ्गो परिवार च्याउखेतीमा लागेको बताउँदै बेदकोट नगरपालिका–१३ का मानबहादुर चौधरीले च्याउखेतीबाट मनग्य आम्दानी भइरहेको बताए । विसं २०६७ देखि गरिबी निवारण कोषले नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० मार्फत मुक्तकमैया समुदायमा व्यावसायिक कामका लागि लगानीसमेत गरिरहेको छ । ‘मुक्तकमैयाको आर्थिक स्थिति उकास्न हामीले बस्तीमा सामुदायिक समूह बनाएर अनुदान दिएका थियौँ,’ राष्ट्रिय समाज कल्याण सङ्घ गरिबी निवारण कार्यक्रम संयोजक टेक बुढाले भने, ‘यहाँका दुईवटा मुक्तकमैया बस्तीमा हाल च्याउखेतीदेखि तरकारीलगायत अन्य व्यावसायिक काममा हाम्रो सहयोग रहेको छ ।’


‘बेदकोटको आशापुर र धरमपुर शिविरका एक दर्जन बढी मुक्तकमैयाले ऋण लिएर व्यावसायिक रुपमा च्याउखेती गरिरहेका छन्,’ संयोजक बुढाले भने, ‘प्राविधिक तथा आर्थिक सहयोगका लागि गरिबी निवारण कोषले काम गरेको छ ।’


समूहमा आबद्ध भएर मुक्तकमैयामा सामाजिक सहयोग बृद्धि हुनुका साथै आर्थिक रुपले पनि सवल बन्दै गइरहेका छन् । गत वर्ष च्याउखेतीमा लागेका यहाँका १० मुक्तकमैयालाई जिल्ला कृषि विकास कार्यालयले अनुदानस्वरुप जनही रु १५ हजार प्रदान गरेको थियो । ‘हामीले आशापुरको समूहलाई रु सात लाख अनुदान दिएका थियौँ,’ बुढाले भने, ‘अहिले रु सात लाखबाट रु नौ लाख ५० हजार बनाइसकेका छन् ।’


जग्गा भाडामा लिएर च्याउखेतीका साथै तरकारीखेती गरिरहेका मानबहादुर चौधरीले च्याउलाई बजारको कुनै समस्या नरहेको बताए। ‘प्रतिकिलो रु २०० का दरले च्याउ बिक्री भइरहेको छ,’ उनले भने, ‘भीमदत्तनगर बजार नपुग्दै बाटोमै खपत भइहाल्छ ।’ आफूले १० कट्ठा खेतमा तरकारीखेती पनि गरेको चौधरीले बताए।


त्यस्तै आशापुरकै रामदुलारी चौधरीले पनि च्याउखेतीबाट राम्रो आम्दानी भइरहेको र यो पालि ८० किलो च्याउ बिक्री गरिसकेको जानकारी दिए । उनले भने, ‘च्याउबाट परिवारको सामान्य खर्च चलिरहेको छ ।’


त्यसैगरी बेदकोट–६ धरमपुर मुक्तकमैया शिविरका सुक्नी चौधरीले विगत केही वर्षयता निरन्तर रुपमा च्याउखेती गरिरहेको बताए । उनले अन्य खेतीभन्दा च्याउ सजिलो र राम्रो आम्दानीको स्रोत भएको बताए । गाउँमा समूहबाट बिना धितोमा पाइने ऋण र गरिबी निवारण कोषको सहयोगले यस बस्तीमा परिवर्तन ल्याएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह