२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

च्याउखेतीमा आकर्षित मुक्तकमैया

२०७३, १९ पुष मंगलवार ०५:५४

पुष १९ । कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–१३ आशापुरस्थित मुक्तकमैया बस्तीका किसान व्यावसायिक रुपमा च्याउखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । मुक्त भएपछि केही समय यहाँस्थित चौधर नदीको बगरमा तरकारी खेती गरेका मुक्तकमैया पछिल्ला वर्षमा राम्रो आम्दानी हुन थालेपछि च्याउखेतीतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि सिङ्गो परिवार च्याउखेतीमा लागेको बताउँदै बेदकोट नगरपालिका–१३ का मानबहादुर चौधरीले च्याउखेतीबाट मनग्य आम्दानी भइरहेको बताए । विसं २०६७ देखि गरिबी निवारण कोषले नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० मार्फत मुक्तकमैया समुदायमा व्यावसायिक कामका लागि लगानीसमेत गरिरहेको छ । ‘मुक्तकमैयाको आर्थिक स्थिति उकास्न हामीले बस्तीमा सामुदायिक समूह बनाएर अनुदान दिएका थियौँ,’ राष्ट्रिय समाज कल्याण सङ्घ गरिबी निवारण कार्यक्रम संयोजक टेक बुढाले भने, ‘यहाँका दुईवटा मुक्तकमैया बस्तीमा हाल च्याउखेतीदेखि तरकारीलगायत अन्य व्यावसायिक काममा हाम्रो सहयोग रहेको छ ।’


‘बेदकोटको आशापुर र धरमपुर शिविरका एक दर्जन बढी मुक्तकमैयाले ऋण लिएर व्यावसायिक रुपमा च्याउखेती गरिरहेका छन्,’ संयोजक बुढाले भने, ‘प्राविधिक तथा आर्थिक सहयोगका लागि गरिबी निवारण कोषले काम गरेको छ ।’


समूहमा आबद्ध भएर मुक्तकमैयामा सामाजिक सहयोग बृद्धि हुनुका साथै आर्थिक रुपले पनि सवल बन्दै गइरहेका छन् । गत वर्ष च्याउखेतीमा लागेका यहाँका १० मुक्तकमैयालाई जिल्ला कृषि विकास कार्यालयले अनुदानस्वरुप जनही रु १५ हजार प्रदान गरेको थियो । ‘हामीले आशापुरको समूहलाई रु सात लाख अनुदान दिएका थियौँ,’ बुढाले भने, ‘अहिले रु सात लाखबाट रु नौ लाख ५० हजार बनाइसकेका छन् ।’


जग्गा भाडामा लिएर च्याउखेतीका साथै तरकारीखेती गरिरहेका मानबहादुर चौधरीले च्याउलाई बजारको कुनै समस्या नरहेको बताए। ‘प्रतिकिलो रु २०० का दरले च्याउ बिक्री भइरहेको छ,’ उनले भने, ‘भीमदत्तनगर बजार नपुग्दै बाटोमै खपत भइहाल्छ ।’ आफूले १० कट्ठा खेतमा तरकारीखेती पनि गरेको चौधरीले बताए।


त्यस्तै आशापुरकै रामदुलारी चौधरीले पनि च्याउखेतीबाट राम्रो आम्दानी भइरहेको र यो पालि ८० किलो च्याउ बिक्री गरिसकेको जानकारी दिए । उनले भने, ‘च्याउबाट परिवारको सामान्य खर्च चलिरहेको छ ।’


त्यसैगरी बेदकोट–६ धरमपुर मुक्तकमैया शिविरका सुक्नी चौधरीले विगत केही वर्षयता निरन्तर रुपमा च्याउखेती गरिरहेको बताए । उनले अन्य खेतीभन्दा च्याउ सजिलो र राम्रो आम्दानीको स्रोत भएको बताए । गाउँमा समूहबाट बिना धितोमा पाइने ऋण र गरिबी निवारण कोषको सहयोगले यस बस्तीमा परिवर्तन ल्याएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने