- गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... - गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा ब"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ-पालिका/नगरपालिका केन्द्र कस्तो हुनुपर्छ ?

२५ पुष २०७३, सोमबार ०५:४१

- गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा बस्ती बढ्दै जान्छ,  त्यसैले कम्तिमा ५० बर्षको जनशंख्या धान्ने किसिमको ठाउँ हुनुपर्दछ । गाउँपालिका केन्द्र बनेपछि स्थानीय बजार पनि त्यतै हुन्छ, किनकी प्रशासनिक काम गरेर फर्किदा किनमेल पनि गरेर फर्किने प्रबृति वा चलन हुन्छ, साथै सरकारी कामले जाँदा आफ्नो उत्पादन बजारमा बेच्न पनि सहज हुन्छ, अनी स्थानीय उत्पादनमा आधारित उद्योगहरु पनि खोल्न सहज हुन्छ । 

बरु अलिकति केन्द्र नपरोस तर मुख्य कुरा ठाउँ फराकिलो हुनुपर्छ । पहिरोले भेट्ने वा बाढीले बगाउने खालको ठाउँ हुनुहुँदैन । यातायातले छोएको ठाउँ हुनुपर्छ । अझ पर्यटनको हिसाबले रमाइलो ठाउँ हुनु निकै राम्रो हुन्छ ।

संसारका धेरै देशको राजधानी पनी देशको बिच भागमा छैनन् । जस्तो चीनको राजधानी बेईजिंग, भारतको दिल्ली, अमेरिकाको वासिङ्टन आदि । अर्को कुरा सदरमुकाममा हुने सबै काम गाउँपालिकामै हुनुपर्छ । अनीमात्र जनतालाई सजिलो हुन्छ,  अन्यथा गाउँपालिका केन्द्र बनाउनुको कुनै अर्थ छैन । त्यसैले स्थानीय निकाय अधिकार सम्पन्न र सवल हुनुपर्छ । श्रोत साधन र प्रबिधि उपयोग गर्नसक्ने किसिमको हुनुपर्छ । स्थानीय निकायलाई पछि प्रान्तीय सरकार अन्तर्गत राख्दा हुन्छ । एउटा निर्बाचन क्षेत्रमा २ वा तीन भन्दा बढी गाउँपालिका केन्द्र बनाउनु हुँदैन । किनकी चार/पाँच वटा गाविसको एउटा केन्द्र बनाउँदा मालपोत कम उठ्छ र प्रशासन खर्च धान्न निकै गाह्रो हुन्छ,  कर्मचारीलाई काम पुग्दैन । घाम तापेको भरमा तलब दिनुपर्ने हुन्छ । अनी कीत जनतासंग महंगो शुल्क लिनु पर्छ की सरकारले खर्च ब्याहोर्नु पर्छ । जसको सीधा असर करदाता र गरिब जनतालाई नै पर्ने हो । त्यसैले यदि कतै-कुनै कुरा नमिलेको छ भने सच्याउनु पर्छ । यिनै कुरालाई बिचार गरेर गाउँपालिका केन्द्र बनाइयोस । गाउँपालिका केन्द्र सिफारिस गर्न बनेको बिज्ञ टोलीले पनि यिनै कुरालाई बिचार गरेर मात्र आफ्नो रिपोर्ट सरकारलाई बुझाउनु हुन अनुरोध छ ।

मिन ब. पण्डित (दुबईबाट) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह