पुस २७, अछाम | “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, अछाम | “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो न"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’

२०७३, २७ पुष बुधबार ०२:०४

पुस २७, अछाम | “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउनुहुन्न । 

विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाईँको महिनावारी कहिले हुन्छ? तपाईँको महिनावारी किन हुँदैन?’ लगायतका अनावश्यक प्रश्न ठड्याइरहन्छन्।  आफू छ दिनसम्म कक्षा कोठामा प्रवेश नगर्ने हो भने विद्यार्थीको पठनपाठन बिग्रन्छ भन्ने थाहा पाएर झुटो बोल्ने गरेको उनले बताइन्। 

 “समाजलाई परिवर्तन गर्न निकै कठिन रहेछ”, जिल्ला शिक्षा कार्यालय अछामले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भावुक मुद्रामा भनिन्, “मैले झुटो बोलिनँ भने विद्यालय परिसरभित्रै प्रवेश गर्न पाउँदिनँ। मेरा लागि होइन, अझैसम्म छाउपडीजस्तो अन्धविश्वास बोकेर हिँडेका तिनै अभिभावकका बालबच्चाको पढाइ नबिग्रियोस् भनेर झुटो बोल्ने गरेकी हुँ।”

अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ भने ग्रामीण क्षेत्रमा यसको उन्मूलन तत्कालका लागि निकै कठिन छ।  पछिल्लो एक महिनाको अवधिमा दुई छात्राले यसै प्रथाका कारण ज्यान गुमाए तर पनि अभिभावक ‘भगवान् रिसाउँछन्’ भन्ने अन्धविश्वासमा यस प्रथाबाट मुक्त हुन सकेका छैनन्। 

महिनावारी भएको छैटौँ दिनमा चोखिने र भान्सा तथा मन्दिरमा प्रवेशका लागि नौ दिन नै प्रतीक्षा गर्नुपर्ने चलन कायम छ। बैठकमा उपस्थित महिला शिक्षकले महिनावारी भएको नवौं दिनमा घाम अस्ताउने बखत स्नान गरेपछिमात्र महिलाले पूर्णरूपमा शुद्धि प्राप्त गर्ने मान्यता रहेको बताए।  “वयस्कले सहलान् तर स्कुले छात्राले यस्तो जाडोमा साँझ ४ बजेपछि चिसै पानीले स्नान गरेर चोखिनुपर्दाको पीडा कस्तो होला, सोच्नुस् त!” मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँका मावि शिक्षक धनकला ठकुल्लाले भनिन्।

हुन त केही टोल र गाउँमा सामूहिक छाउगोठ बनाउने चलन चलाइएको पनि छ।  एउटा छाप्रोलाई गाउँभरिका महिलाले महिनावारीका बखत प्रयोग गर्ने गरेका छन्।  खालसैनस्थित हिमालय माविका प्रधानाध्यापक नेत्रबहादुर बुढाले सामुदायिक छाउगोठमा एकैपटक छ जनासम्म महिला बस्ने गरेको बताउँदै थपे, “देउता रिसाउँछन् भन्ने डरले यस प्रथालाई हत्तपत्त छाड्न चाहेका छैनन्।  महिनावारीका बेला छात्रा अनुपस्थित हुने प्रवृत्ति नगरपालिका क्षेत्रमा धेरै घटिसकेको छ। ” ऋषिदह–३ स्थित कालिका प्रावि परिसरमा झलालमान्डु मन्दिर छ। 

विद्यालय व्यवस्थापन समितिको बैठकका बखत महिला सदस्य महिनावारी भएमा विद्यालय परिसर बाहिरैबाट निर्णयपुस्तिका मगाई हस्ताक्षर गर्ने गरेको सुनाउँदै सो प्राविका प्रधानाध्यापक मीनादेवी बुढाले भनिन, “मेरो पनि महिनावारी हुन्छ।  मलाई त अहिलेसम्म यी भगवान्ले केही गरेका छैनन्।  भगवान्लाई अँगालो हाल्नु भएन, तर मन्दिरको घेराभन्दा बाहिर आएर बस्दिनुस् न भन्दा पनि पर्खालबाहिरै उभिएर हस्ताक्षर गर्न निर्णय पुस्तिका माग्छन्। ”

उनले आफूलाई पनि ‘महिनामा एक पटक त तिमी पनि महिनावारी हुन्छौँ नि मेडम, स्कुलमा प्रवेश गरेर बिगार्‍यौ’, भनेर स्थानीयहरूले पटकपटक कुवचन सुनाउने गरेको गुनासो गरिन्। साँफेबगरस्थित जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक भीम बुढाले अझै पनि केही विद्यालयले महिनावारी हुँदा महिला शिक्षकलाई बिदा दिने गरेको जानकारी दिँदै भने, “घरमा बस्ने बानी बसालौँ भन्ने अभियानले यस प्रथामा केही सुधार ल्याएको छ। ”

जिल्ला शिक्षा कार्यालय अछामले पुस ५ गते जिल्लाका सबै विद्यालयलाई अभिभावक भेला गराई उप्रान्त बालिकालाई छाउगोठमा नराख्ने प्रतिबद्धता गराउन लिखित रूपमा निर्देशन दिएको छ।  जिल्ला शिक्षा अधिकारी झङ्करबहादुर विष्टले हरेक महिनाको पहिलो र अन्तिम शुक्रबार छाउपडी प्रथाविरुद्ध ¥याली, सडक नाटक लगायतका जनचेतनामूलक कार्यक्रम आयोजना गर्न विद्यालयलाई निर्देशन दिइएको जानकारी गराउँदै भने, “महिनावारी भएका बेला छात्रालाई विद्यालयमा अनुपस्थिति हुन नदिन अनिवार्य रूपमा सेफ्टी प्याड राख्नू भनी सबै विद्यालयलाई निर्देशन दिएका छौँ। ”

छात्रा शिक्षा सञ्जालको बैठकले विद्यालयमा प्रत्येक तीन महिनामा आमा समूहको भेला गराई छाउपडीविरोधी छलफल सञ्चालन गर्ने, छात्राका लागि ‘स्यानिटरी प्याड’सहितको फस्ट एड बक्सको व्यवस्था गर्नुपर्ने लगायतका निर्णय गरेको छ। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले हालै जिल्लाका महिला शिक्षकलाई भेला गराई प्याड तयार गर्ने घरेलु तरिकासम्बन्धी तालिम सञ्चालन गरेको छ।  तालिम लिएका महिला शिक्षकले कार्यरत विद्यालयका छात्रालाई त्यससम्बन्धी तालिम दिनेछन्।  सङ्गठनले छाउपडी प्रथाका पक्षमा लाग्ने आफ्ना समर्थक शिक्षकलाई कारबाही गर्नेसमेत निर्णय गरेको छ। 

पूर्वसांसद शेरबहादुर कुँवरले छाउपडी प्रथा मान्ने आमा र सासूलाई महिला शिक्षकले ‘बड्डी ! तिम्रा दिन खाए’ भनी जवाफ दिनुपर्ने बताए। – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन