विवाह पश्चात पतिको कुनै कारणवश मृत्य"/>
विवाह पश्चात पतिको कुनै कारणवश मृत्य"/>
दिनेश ठकुल्ला/पुस २७, धनगढी । कानुनले एकल महिलालाई विवाह गर्न छुट दिए पनि समाजले भने त्यसलाई अझै छुट दिएको छैन ।
विवाह पश्चात पतिको कुनै कारणवश मृत्यु भएमा एकल महिलालाई कानुनले स्वइच्छामा पुनःविवाह गर्न पाउने अधिकारको ग्यारेण्टी गरेको भए पनि पितृसतात्मक संस्कार र पुरुषवादी सोचका कारण चाहेर पनि विवाह गर्न नसकिएको एकल महिलाहरुले गुनासो गरेका छन ।
जसका कारण उनीहरु विभिन्न खालको समस्या झेल्न बाध्य छन् । विवाहपछि पत्नीको मृत्युलाई सहज प्राकृतिक प्रकृयाको रुपमा हेरिने नेपाली समाजमा पतिको मृत्युलाई भने भाग्य अनि लक्षिन र अलक्षिनसँग जोडेर हेरिने कुसंस्कार अझै पनि समाजमा व्याप्त छ । उनीहरुले जीवनभर मृत पतिको नाममा जीवन काट्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा एकल महिलाहरुले जोड दिएका छन ।
दुई वर्ष पहिले कैलालीको मसुरिया गाविसकी एक महिला विवाह गरेको ५ महिनामै श्रीमान वितेपछि एकल महिला हुन पुगिन । त्यो बेला उनीसग कुनै सन्तान थिएनन् । उनी मानव अधिकारका लागि महिला एकल महिला समूहमा सक्रिय रुपमा लागिन । त्यसको केही समयपछि अधिकारका लागि महिला एकल महिला समूहको पहलमा मसुरियाकै एक युवकसंग उनको विवाह भयो । विवाह भएको २/३ महिनामै घरमा सासुले साझ विहानै विधुवा भन्दै छोरा बुहारीसंग झगडा गर्न थालिन र साझ विवाहको झगडा सहन नसकेर उनका श्रीमानले विष खाएर आत्महत्या गरे ।
श्रीमानले विष खाएर आत्महत्या गरेको पिडा सहन नसकेर ती महिलाले पनि अर्कोदिन विष खाएर आत्म हत्या गर्नुप¥यो ।
यो त एउटा उदाहरण मात्रै हो । पतिको मृत्युलाई भाग्य अनि लक्षिन र अलक्षिनसँग जोडेर हेरिने कुसंस्कार र एकल महिलासग पुरुषले विवाहै गर्नु हुदैन भन्ने कुसंस्कार अझैपनि समाजमा व्याप्त भएका कारण एकल महिलाको अवस्था नाजुक बन्दै गएको छ । उनीहरुले चाहेर पनि विवाह गरेर जीवन सुखमय बनाउन सकेका छैनन् । कानुनले एकल महिलालाई विवाह गर्न छुट दिए पनि समाजले भने त्यसलाई अझै छुट नदिंदा समस्या रहेको मानव अधिकारका लागि महिला एकल महिला समूहमा क्षेत्रीय सयोजक वेद अवस्थीले बताइन् । उनले विवाह गर्ने इच्छा हुँदाहँुदैं अधिकांश एकल महिलाले समाजको कारण पुनर्विवाह गर्न नसकि रहेको बताइन् ।
संस्कार र संस्कृतिकै आडमा एकल महिलामाथि हुने सामाजिक विभेद जारी छ । मृत्यु सामान्य प्राकृतिक नियम भएता पनि बाल विबाह, अनमेल विबाह, बहु विबाह लगायतका कुसंस्कारका कारण नेपाली समाजमा विगतदेखि नै एकल महिलाहरुको संख्या बढी नै रहेको पाइन्छ । नेपालमा एकल महिलाको संख्या ६ लाख रहेको छ भने कैलालीमा मात्रै ९ हजार ९ सय ८५ एकल महिला रहेको तथ्याङक छ ।
नकारात्मक दृष्टिकोण, चरित्र हत्या र लाञ्छना, विभिन्न संस्कृति र परम्पराजन्य गतिविधिमा हुने सहभागितामा निषेध, सामाजिक सम्मानको अभाव, परिवार र छोराछोरीको जिम्मेवारी, आयश्रोतको कमी तथा अभाव, चल–अचल सम्पत्तिको भोगचलन तथा खर्चमा पारिवारिक र सामाजिक प्रतिवन्ध, आर्थिक स्वामित्व प्राप्त गर्न कठिनाइ, अशिक्षा, गरिवी र बेरोजगारीका कारण परनिर्भर हुन बाध्य हुनुजस्ता कारणले त झनै एकल महिलाले समस्यामाथि समस्या भोग्नु परिरहेको बताइएको छ । यी र यस्ता कारणले एकल महिलालाई समाजमा बस्न निकै गाह«ो रहेको क्षेत्रीय अध्यक्ष अवस्थीले बताइन् । उनले एकल महिलाहरु थुप्रै समस्यासंग जुधिरहेको उल्लेख गरिन ।
जीवनभर मृत श्रीमानको नाममा विधवाको उपमा भिरेर सेतो पहिरन लगाएर बस्नुपर्ने अवस्था बदलिदै गएपनि पितृसतात्मक संस्कार र पुरुषवादी सोचका कारण उनीहरुले अन्य महिलाझै विवाह गर्न पाएका छैनन । कसैले त्यस्तो आट गरे मात्रै पनि समाजले छिछि र दुरदुर गर्ने गरेको उनीहरु अनुभव सुनाउछन । जसको मूख्य कारण अझै जनचेतनामा बृद्धि हुनु नसक्नु बताईएको छ । त्यसैले एकल महिला भईसकेपछि पनि स्वईच्छाले विवाह गर्न पाउनुपर्ने र त्यसका लागि समाजमा सचेतनाको खाँचो रहेको मानव अधिकारका लागि महिला एकल महिला समुहका जिल्ला कोषाध्यक्ष रमना कुँवरले बताइन् ।
एकल महिलालाई समाजमा पुनःस्थापित गराउनका लागि विभिन्न संघसस्थाले अभियानपनि चलाए त्यो प्रयासले जति उपलब्धि हासिल गर्नुपर्ने हो त्या उपलब्धि हासिल गर्न सकेको छैन । तरपनि पहिले एकल महिला भएपछि रोएर बस्ने, यातना सहेर बस्ने र आफना हक अधिकारका लागि बोल्न नसक्ने महिलाहरुमा केही परिवर्तन भने आएको ती सघसस्थाहरु दावी गर्छन ।
जीवनभर मृत श्रीमानको नाममा विधवाको उपमा भिरेर सेतो पहिरन लगाएर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि एकल महिलाहरु स्वयमले पनि धर्म र संस्कारका नाममा लगाइएका जंजिरहरु तोडन संगठित भएर लाग्न आवश्यक रहेको कतिपयको भनाइ छ ।
नर्विवाह गरेर कसैको जीवनमा खुशी फर्किन्छ र त्यसलाई कानुनले समेत मान्यता दिएको छ भने विवाहका लागि इच्छाएका एकल महिलाले पनि विवाह गर्न पाउनु पर्ने र यसलाई समाजले स्वीकार्नु उनीहरु जोड दिन्छन् ।