दयाराम आचार्य, कात्तिक २०, नवलपरासी
/ सम्झिदा आखा रसाउछ ,जिवन पनि एउटा खेल हो जस्तो लाग्छ,कस्तो थियो त्यो समय र अहिले कस्तो
भएको छ । समय रहेछ सबै भन्दा ठुलो कुरा ,समयले कति ठाउमा लडायो,कति ठाउमा रुवायो । अन्धकार लाग्थ्यो
जिवन कालो बादलको किनारमा पनि चादनिको घेरा हुन्छ, यस्तै लाग्दैछ आज केहि उज्यालोको घेरा हरु देख्दैछु
जिवनमा” । निर्मला पौडेल पुराना दिन सम्झदै भन्छिन ।
निर्मलाको जन्म गैडाकोट ३ ,नवलपरासीमा भएको हो । गैडाकोटको ढोडेनी मा हास्दै खेल्दै आफ्नो
बाल्यकाल बिताएकी उनको १४ बर्षको सानै उमेरमानै गैडाकोटमानै विवाह भएको थियो ।
निर्मला भन्छिन “जिवनमा धेरै सपना देखेको थिए तर सपना हरु एकाएक भताभु¨ भए
”।
उनि थप्छिन “श्रीमान भारतमा काम गर्नु हुन्थ्यो ,बिरामी परेपछि घर आउनु भयो ,यहा आए पछि पनी
बारम्बार विरामी पर्नु भयो,कुनै उपचार गर्दा पनी निको भएन अस्पतालमा डाक्टरको सल्लाहले रगत परिक्षण
गर्दा उहालाई एचआईभीको भाईरस देखियो,म छागाबाट खसे जस्तो भए ।
डाक्टरको
सल्हामा मेरो पनि भरतपुर सरकारी अस्पतालमा रगत परिक्षण गरे मलाई देखिएन पछि फेरी प्राईभेट मेडिकलमा
परिक्षण गरे त्यहापनी मलाई एचआईभि देखिएन ,म धेरै खुसी भए तर मेरो खुसी लामो समय टिक्न पाएन काठमाण्डौ
टेकुमा परीक्षण गर्दा म मा एचआईभी देखियो म मन थाम्न सकिन आखाबाट आशु निरन्तर आईरहे ,कति दिन रोएरै
बिताए ”।
सानै उमेरमा विवाह गरेकी उनको श्रीमान संगको साथ
पनि लामो हुन सकेन विवाह गरेको २ बर्षमानै श्रीमानको एचआईभि भएकै कारण मृत्यु भयो ।
विवाह गरेको २ बर्षमा नै श्रीमान गुमाउनु परेको पिडा र १६ बर्ष हुदा एच
आईभी संक्रमित भए पछि भोग्नु परेको पिडा ,ब्याथा ,दुःख र दर्दहरु एक पछि अर्को गर्दै निमर्ला सुनाउछिन
।
हिजोका दिनहरुमा परीवार समाज तथा स्वास्थ्यकर्मीहरुले
एचआईभी संक्रमित भनि गरेको भेदभावलाई पछाडि फर्केर हेर्दा ती दिन काल्पनिक जस्तो लाग्छ,सुत्केरी गराउन
जादा अस्पतालमा डाक्टरहरुले गरेको ब्यवहार साथै अस्पताल वाट निकालिएको त्यो क्षण अनि घर परिवार बाटनै
गरीएको भेदभाव ,परीवारमा छुट्टै बिस्तारा ,छुट्टै भाडाकुडा ,छिमेकीको ब्यवहार सम्झदा मुटु भन्कानिन्छ
।
निर्मला भन्छिन आज हिजोको निर्मला मरेर नया निर्मलाको
रुपमा जन्म लिए जस्तो लाग्छ । उनि सुनाउछिन शुरुका दिनमा पिडा मात्र छन । भावुक हुदै भन्छिन १६ बर्षको
उमेरमा एचआईभी संक्रमित भएको थाहा हुदा ,त्यसपछि श्रीमानको मृत्यु पश्चात भोग्नु परेको कष्ट अनि एकल
महिला, ६ महिनाको छोरा गर्भमा हुदा पारीवारीक र सामाजिक ब्यवहार सम्झदा पनि आखा रसाउछ ।
निर्मला अहिले एचआभीको लुम्बिनि प्लस भन्ने सामाजिक सस्थाको अध्यक्षका
रुपमा काम गरीरहेकी छन । परीवारमा कक्ष्ाँ १० मा अध्यनरत एउटा छोरा छ । आफु संक्रमित भए पनी छोरा
संक्रमित नभएको र आफुले छोरालाई राम्रँे शिक्ष्ाँ दिलाई डाक्टर बनाउने उनको सपना रहेको छ । आफु संक्रमित
हुदा शुरुको दिनमा डाक्टरले गरेको ब्यवहार सम्झी संक्रमितहरुले दुख नपाउन स्वास्थ्य संस्थामा भेदभाव
खेप्न नपरोस भनि छोरालाई संक्रमितको उपचार गर्न सक्ने बनाउने उनको लक्ष्य रहेको छ ।
एच आईभि संक्रमित भएको १६ बर्ष बितेसकेको छ आज उनि एचआईभी संक्रमितको जिवन
सुधारको तथा सहयोगको लागि काम गरीरहेकी छन ।
आफु संक्रमित
हुदा खेप्न परेको सामाजिक भेदभाव ,समस्या र दुख अरुले नपाउन भन्ने उदेश्यले संक्रमित भए देखिनै एचआईभिको
क्षेत्रमा कामगर्दै आईरहेकी छन । २०५६ साल मा त्रिनेत्र नेपाल बाट शुरु भएको यात्रा माईती नेपालमा
परापर्शकर्ता,सक्रिय समुह चितवनको सस्थापक अध्यक्ष्ँ, राष्ट्रिय एचआईभी एड्समहा संघ काठमाण्डौको
केन्द्रिय उपाध्यक्ष, सिसिएम बोर्ड सदस्य हुदै अहिले लुम्बिनि प्लसमा आएर चलिरहेको छ । हिजो आज उनको
दैनीकि संक्रमितहरुको सहयोग ,उपचारमा बित्ने गर्दछ ।
एच
आईभिको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप उनि २०५९ मा थाईल्याण्डमा एचआईभि संक्रमितिहरुको संजाल
मार्फत सम्मान देखि बि.स २०६०, २०६१, २०६६, २०६८ र २०६९ सालमा बिभिन्न संघ सस्थाबाट सम्मानित समेत बनेकी
छन । उनको जिवनमा आधारीत“द निर्मला ”सचेतना मुलक नेपाली चलचित्र पनि निर्माण भएको छ ।
निर्मला
भन्छिन कहिले काहि अरुको गल्तिको दोष आफुले पनि भोग्नु पर्दछ । एचआईभि संक्रमित भएका पनि कति जानीजानि त
कति अन्जानमा संक्रमिति भएका छन । संक्रमिति भए पछि पनि जिवन राम्रो संग चलाउन हिम्मत गर्न सक्नु पर्दछ
, सुखमा त जो सुकै सहज जिवन चलाउन सक्दछन दुखःमा पनि खुसी हुने हिम्मत राख्नु पर्छ ।
“शुरु
शुरुका दिनहरुमा जिवन यात्रा गर्दा काडै काडाको बाटो र तरवारको धारवाट यात्रा गरे समय र परिस्थिति लाई
सामना गर्दै ,अन्धविश्वासले जकडिएको समाजलाई पछाडी छाडदै आज सम्म सघंर्षका पाईलाहरु अगाडी बढाउदै छु
,पाईलाहरु अझै थाकेका छैनन ”निमर्ला भन्छिन ।
१६ बर्षबाट
शरीरमा एचआईभिको भाईरस बोकेर हिडेकी छु तर म थाकेको छैन उनि भन्छिन सधैंभर एचआईभिको क्षेत्रमा रहेर
संक्रमितको लागि काम गर्ने साचेकी छु । आगामि दिनमा संक्रमित वालवालिका ,तथा प्रभावित बालवालिकाहरुको
लागि पुर्नस्थापना केन्द्र खोलि संक्रमित बालवालिकाको आमाको रुपमा काम गर्ने योजना रहेको बताउछिन
।
“एचआईभी संक्रमित हुन जिवनको अन्त्य होईन नया जिवनको
शुरुवात हो ” संक्रमीत भए पछि जिवन सहज रुपमा चलाउन सकिन्छ ,त्यसको लागि संक्रमितहरुलाइ सबैको सहयोगको
खाचो रहन्छ । एचआईभी संक्रमितहरुले पनि उपचार अवसर र साथ पाएमा लामो समय सम्म बाचेर समाज परिर्वतन गर्न
सक्छन ।
कतिपय संक्रमित आफु संक्रमित भएको थाहापाएर पनि
लुकाएर बस्दा उनिहरुको जिवन झन जटिल अवस्थामा पुग्दछ तसर्थ रोग लुकाएर नबसौं । उनि भन्छिन म १६ बर्ष अघि
त आफुले आफु संक्रमित हो भनि चितवनमा भएको एक कार्यक्रममा हजारौंको मासमा हिम्मतको साथ भने , समाजमा आए
भने अहिले त समाज निकै परीवर्तन भईसकेको छ त्यो बेला आफै सोच्नुहोस एचआईभी प्रति मानीसको सोचाई कस्तो
थियो होला ? एचआईभी लाई हेर्ने दृष्टिकोण समाजिक भेदभाव सबैमा कमी आएको छ । यसर्थ रोग नलुकाउ र आफु
संक्रमित भए पनि अरु संक्रमित नहुन भन्ने भावना राख्न आग्रह गर्छिन । संक्रमितहरुलाई पनि समाजको साथ
आवश्यक रहेकाले समाजलाई पनि उनि सहयोगको भावना देखाउन आग्रह गर्दछिन ।
राज्यले अझै पनि एचआईभि हरुलाई बिभेदकारी ब्यवहार गरेको उनको आरोप छ । कतिपय संक्रमितको
अवस्था निकै नाजुक रहेको छ,स्वाश्य सेवा मा पनि उनिहरुको पहुच छैन,आर्थिक रुपमा अझै पनि सबल हुन सकेका
छैन ।
यसकारण संक्रमितहरुको स्तरउन्नति र एचआईभि
न्युनिकरण्को लागि पनि सरकारी स्तरबाट उचित योजनाको खाचो रहेको उनले बताउछिन ।