- तारादेवी सुनुवार

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  - तारादेवी सुनुवार

<"/>
२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

योजना कस्का लागि बन्दैछन ?

३ माघ २०७३, सोमबार ०५:२१

 - तारादेवी सुनुवार

  समग्र मानव जातीको मानव अधिकार त एउटै हुन पर्ने कुरा मानव अधिकारले भन्दछ तर पनि मानव भित्र कोही अधिकार दिने कोहि लिने प्रथा हामी कहाँ चलिनै रहेको छ कसैको निघाहमा कोहि बस्नु परेको छ  भन्दा फरक नर्पला । हाम्रो चाल चलन सोच,परम्परा,प्रथा संस्कार आदिले हरेक वर्गलाई कोही शक्तिशाली र कोहि शक्ति हिन बनाएको छ यहि संस्कारमा हुर्केका हामी कतव्र्यलाई भुलेर शक्तिको प्रर्दशन गरिरहेका छौ । शक्तिशाली भनिने ,मानिने वर्गले घर ,परिवार र समाजमा सोहि भूमिका निर्वाह गरिरहेको छ । जस्को कारण शक्तिहिन बनाइएको वर्गलाई अघि बढन अझै हम्मे हम्मे परेको छ ।  

 नेपालमा समावेशी र सकरात्मक विभेदको कुरा उठान भएको पनि दशक भईसकेकोे छ अब पुनरवालोकन गर्ने बेला भएको छ र हुनु जरुरी पनि छ । समावेशी र सकारात्मक विभेद  व्यवस्था अनुसार  विकास बजेटको जम्मा १० /१० प्रतिशत महिलार बालबालिकाहरुको क्षमता विकास मा खर्च गर्नु पर्ने कुरामा सबै विज्ञ छन । बजेट विनियोजन गर्ने बेलामा सोही अनुसार गर्ने कुरा जस्को हातमा डाडुपनिउ छ उसैले चाजोपाजो मिलाउनाले लक्षित बजेट खर्च गर्नु पर्ने ठाउँमा नभएर खर्च गरिनु पर्नेको नाममा बाटो, भवन ,खाने पानी ,विजुली ,चर्पी स्वास्थ्य चौकी निर्माण,विधालय आदी आदी शिर्षकमा खर्च गर्ने गरेको पनि सबैले जानेको विषय हो । र पनि कसैले यो शिर्षकमा खर्च गर्नु हुदैन भनेर भन्न सक्दैनन किन कि बुझाईको स्तर नै सायद यति मात्रै भयो  । संयूक्त राष्ट्रसंघको साधरण सभा २०१५ले सन २०१६ देखि २०३० सम्ममा दिगो विकास का १७ वटा लक्ष्य र १६९ उपलब्धि परित गरेको छ । जस्को उद्धेश्य नं ५ लैंीगक समानता हासिल गर्ने तथा सबै महिला र बालबालिकालार्इ  शसक्तिकरण गर्ने हो । यदि यो दिगो विकास लक्ष्य पुरा गर्ने जिम्मा हामी सबैको हो भने पहिलो चरणमा कोही पनि झुक्किनु र चुक्नु हुदैन ।

योजना तर्जुमाको बेलामा राज्यले के के कुरामा प्रतिबद्धता जाहेर गरेको छ कुन कुन विषयमा कार्ययोजना बनाएको छ यो सबैले अध्यान गर्न जरुरी हुन्छ । विकास के हो भन्ने कुरामा गहिरिनु पर्दछ । भवनको संरक्षण गर्ने ,धारापानी, बाटो पुल,सिंचाइ, विजुली,स्वस्थ्य चौकी,विधालय हरेक क्षेत्रको संरक्षण गर्ने तन मन तयार गर्न सकिएन भने यि सबै निर्रथक हुन्छ भन्ने कुरा सबैले बुझन पर्दछ । यर्सथ यो बुझने मन तन तयार गर्नु सबैको दाियत्व हो र यहि शिर्षकमा छुटिनु पर्ने बजेट तलमाथि मिलान गरिनु हुदैन ।  हरेक साल यहि सिजनमा आगामी आर्थिक वर्षको लागि योजना बन्ने गर्छन बनिरहेको छन सबै क्षेत्रका सहभागि  पनि गर्ने गराउने गरिन्छ तर कहिल्यै पनि  मानविय विकासको के नतिजा आयो भन्ने कुरा को हेक्का नै राख्ने गरिदैन । गत सालको योजनाले के नतिजा ल्यो भन्ने कुरामा ध्यान जादैन  कति वटा भौतिक संरचनाको  विकास भए त्यो मात्रै हेरिन्छ त्यो भौतिक विकास संग संगै मानविय विकासमा के फरक भयो कहिल्यै मापन गरिदैन यहिनेर सबै जना जानी नजानी चुकेको छौ  । आर्थिक वर्ष २०७४÷२०७५ को लागि धामाधाम प्रस्तावित योजना हरु पारित गरिदै छन  र गरिने क्रममा छन । ति योजनाहरुलाई चिरफार गर्न अब सरोकारवालाहरुले  ढिलो गर्नु हुदैन जस्को नाममा, जस्को निम्ती योजना बन्नु पर्ने हो सोहि अनुसार योजना तयार भए कि भएनन ? जानकार हुनु पर्दछ यदि तयार भएनन भने तयार गर्न घच्घचाउनु पर्ने हुन्छ  ।

 लक्षित वर्गको लागि बनेको योजनाको कार्यानवन पनि सोहि अनुसार नै  हुनु पर्दछ भन्ने सबैले बुझन ढिलो भएको छ  । किन कि महिला र बालबालिकाको नाममा राज्यले बजेट खर्चिन थालेको निकै भएको पनि सबैले जानेको विषय  हो । महिला सुत्केरी हुन्छिन नि भनेर बर्थिङ सेन्ट निर्माण ,महिला बाटो हिड्छिन भनेर बाटो खन्ने ,महिलाले पानी धारा प्रयोग गर्छिन भनेर धारापानी बनाउने,, महिलाले पनि चर्पी प्रयोग गर्छिन भनेर चर्पी बनाउने , महिला चूलोमा हुन्छिन भनेर सुधारिएको चूलो निर्माण आदि क्रियाकलापहरुमा यो शिर्षकको बजेट विनियोजन गर्नु हुने कि नहुने भनेर लक्षित बजेट खर्च गर्ने मार्गदशनको सबैले अध्यान गर्नु पर्छ । परम्पारालाई नियाल्दा महिला र बालबालिका लिक्षत बजेट कहिले सबै घरमा चर्पी निर्माणको नाममा खर्च भए त कहिले घरछेउमा बाटो पुराउन बाटो (रोड )खन्ने नाममा खर्च भए , अझै जारी नै छ यो जब सम्म हुन्छ तब सम्म यो बजेटले हासिल  गर्न खोजेको नतिजा र मर्मको बारेमा जानकारी राखिदैन । यहाँ सबैले तत्कालको आवश्यक्तालाई मात्रै प्राथमिक्तामा राखियो ।

दिगो विकासको बारेमा कम सोचियो  यसकारण हरेक क्षेत्रमा महिला र बालिबालिका को दिगो क्षमता विकास माथि  ध्यान थोरै मात्र गयो जुन अपुग छ  । एउटा महिला सक्षम र क्षमता वान भइन भने भोलिको समाज ,देश ले सकरान्मक गति लिने कुरामा दुइमत छैन ।  यसै गरि आज कुनै एक बालबालिका लाई हरेक क्षेत्रमा सक्षम बनाएर हुर्काइयो , राम्रो वातावरण सृजना गर्न सकियो भने भोलिको जनशक्ति र समाज सक्षम अनि समृद्ध बन्दछ   । यसैले  शुरुको चरणदेखि  नै सचेत र विवेकशिल भएर योजना तर्जुमा गर्न र गराउन लाग्नु सबैको दायित्व हो । अन्यथा हिजो जस्तै हाम्रो कार्यशैली ले न त महिला र बालबालिकाको क्षमता विकास हुन्छ न त राज्यले खोजेको उपलब्धि हासिल हुन्छ न त दिगिो विकास लक्ष्य २०३० नै पुरा हुन्छ ।  अस्तु 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?