नारायण ढुंगाना/माघ ४, चितवन । चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नारायण ढुंगाना/माघ ४, चितवन । चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मौलिकता बचाउन कस्सिए चितवनका थारु बठिनिया

२०७३, ४ माघ मंगलवार ०७:०७


नारायण ढुंगाना/माघ ४, चितवन । चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स्कुल पोसाकमा हिँड्थिन्, तर यो पटक उनको पोसाक फेरिएको छ । 

घाँटीमा चाँदीका हँसुली, गलामा चकती (माला), नाडीमा माठा, खुट्टामा गुडुला, कम्मरमा डडकासा छ । चाँदीका गहनामा चम्किइन् । साथमा आकर्षक थैली झुन्ड्याएकी छिन् । बाटुले मुहारकी उनी कालो ब्लाउज र सेतो साडी (धोती)मा सजिँदा फरक चमकमा थिइन् । “यति लगाएर नाच सिक्न झन्डै तीन महिना लाग्यो,”, खिचरा पर्वको नृत्यमा थकित रेश्माले स्वाँ–स्वाँ गर्दै सङ्क्षिप्त प्रतिक्रिया दिइन् । 

उनलाई साथ दिँदै थिए अन्य १२ जना बठिनिया (केटी) हरु । पूर्वी चितवको खैरहनीमा जारी माघिमेला (खिचरा महोत्सव)मा सुस्मिता, सविना, आश्मा, रेलु, सुमिना, अस्मिता, सुमित्रा, रमिता, रोजिता चौधरी लगायतले दर्शकलाई झट्का लाग्ने गरी कम्मर मर्काए । 

ढोलबाजे ढोलबाजे बठिनिया (ढोलक बजाएर केटीहरु नाच्ने) बोलको गीत केटीहरु नै मिलेर नाच्ने आकर्षक गीत हो । यही गीतलाई रिमिक्स गीतमा आफ्नै मौलिक पोसाक र मौलिक संस्कृतिअनुसार नै नाच्दा दर्शकको सिटी र हुटिङ मजैले पाए । उनीहरुले उक्त गीतमा थारूको मौलिक नृत्य ‘स्टिक डान्स’ प्रस्तुत गरे । प्रस्तुति निक्कै फरक र नयाँ शैलीको थियो । जोसिलो गीतमा पस्किएको उनीहरुको नृत्यले दर्शकलाई उचाल्यो । 

शैलीलाई आधुनिकतासँग जोड्ने प्रयास गरेको रेश्माले बताइन् । ती थारू बठिनियालाई सिकाउँदै थिइन् एकजना आमा डुलारी महतो । उनीहरुले सिसवार आमा समूहबाट प्रस्तुति दिएका थिए । “भर्खरै सिकेको, अब पनि सिक्ने हो, नृत्यमा सहभागी अनिशा चौधरीले भनिन्, “आफ्नो संस्कृति आफँैले त हो जोगाउने ।” 

खिचरा भनेको माघी हो । अहिले पनि चितवनमा माघी मनाउने क्रम जारी छ । खिचरा महोत्सव दुई दिन बाँकी रहेकाले यो क्रम माघ ५ गतेसम्म चल्छ । उनीहरुजस्तै विभिन्न समूहबाट थारू युवतीले नृत्य सिकेरै प्रस्तुति दिए । माघ महिनाको पहिलो दिनलाई नयाँ वर्षका रुपमा मनाइने गरिन्छ । चितवनमा यसलाई खिचरा पर्वका रुपमा मनाइने गरिएको थारू बुद्धिजीवी वासुदेव चौधरी बताउनुहुन्छ । यो क्रम करिब साता दिनसम्म चल्छ । चिचर (पोका) र घुँगी अनि माछाका परिकारको स्वादमा आफन्त जम्मा भएर मनाइन्छ खिचरा पर्व । 

सौराहाकी सोनिया चौधरी आफ्नो संस्कृति प्रदर्शन गर्न चितवन मात्रै होइन पोखरा, काठमाडौँलगायत क्षेत्रमा पुग्छिन् । उनलाई थारू महिलाले नाच्ने झमटा, लाठी नाच पनि आउँछ । झुमरा, डम्फु नाच पनि थारूको प्रख्यात नाच हो । उनीसँग थारू बठिनियाको एउटा समूह छ । “जहाँ गए पनि हामीसँगै गएर एउटा टोलीले नाच देखाउँछौँ, सबैले मन पराउँछन्”, सोनियाले भनिन् । उनी अहिले थारू कल्चर हाउस सौराहामा पर्यटकलाई दैनिक आफ्नो संस्कृति देखाउँदै आएकी छिन् । सौराहामा रहेका दुईवटा कल्चर हाउसमा यसरी थारू संस्कृति प्रदर्शन गर्ने युवती थुप्रै छन् । पहिले केही गतिविधि हुदैनथ्यो, थारूका संस्कृति सौराहा र सङ्ग्रहालयमा सीमित थियो । अहिले गाउँगाउँमा विभिन्न कार्यक्रम नै हुने गरेको र खिचरा महोत्सव पनि संस्कृतिको संरक्षण र मौलिकता जोगाउने उद्देश्यले नै ४ वर्षदेखि आयोजना हुन थालेको थारू पत्रकार सन्तकुमार चौधरी बताउनुहुन्छ । 

हरेक कार्यक्रममा युवाकै सक्रियता बढी छ । अझ वेशभूषा प्रदर्शन होस् या ¥यालीमा थारू युवतीको मौलिक पहिरनले शोभा दिने गरेको छ । बिस्तारै नयाँ पुस्ताले संस्कृति सम्हाल्न थालेको अर्का थारू अगुवा कारी महतो बताउनुहुन्छ । 

खिचरा महोत्सव सञ्चालन गर्ने सबै युवा छन् । उनीहरुको जिम्मामा धेरै कुरा छाडेर पुराना पुस्ता बाहिरबाट रेखदेख गर्छन् । कार्यक्रम संयोजक नारायण महतो अब संस्कृति जगेर्ना गर्ने पालो थारू युवायुवतीको काँधमा आएको बताउनुहुन्छ । 

“हराउने चिन्ता थियो, अब बिस्तारै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदैछ”, महतोले भन्नुभयो । चितवनमा आदिवासी थारूको राम्रो बस्ती छ तराईका जिल्लामा थारूको उपस्थिति राम्रो छ । थारूका जिल्ला नेता टिकेन्द्र चौधरी सरकारी तवरबाट हेर्ने दृष्टिकोण फराकिलो नहुँदा अधिकार प्राप्त गर्न भने कठिन भइरहेको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ