Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब पैसा र पहुँचको आधारमा सेना/प्रहरी र सरकारी जागिर खानेका दिन सकियो

२०७३, ४ माघ मंगलवार ०९:०२

माघ ४, काठमाडौँ | नाताबाद, कृपाबाद र आर्थिक लेनदेनमा सरकारी जागिर खाने परम्परा अब भने अन्त्य भएको छ । सेना/प्रहरीको भित्री रोगका रुपमा रहेको नाताबाद र आर्थिक लेनदेनको आधारमा जागिर खाने परम्परा तोडिएसंगै सरकारी जागिर खान योग्यतानै चाहिने भएको छ । 

यसको उदाहरण स्वरूप नेपाली सेनामा जागिरको लागि अधिकृत पदमा केहि समय अघि बिज्ञापन गरेकोमा पुन: बिज्ञापन गर्न बाध्य बनेको छ । सेनामा १ सय ५० अधिकृत छनोट गर्न यसअघि असोजमा गरेको विज्ञापन अनुसार लोकसेवा आयोगले पहिलो पटक लिएको लिखित परीक्षामा आवश्यक संख्यामा उम्मेदवार उत्तीर्ण भएनन्। जसको कारण सेनामा रोजगारीको लागि फेरी अर्को बिज्ञापन गर्नुपरेको छ । सरकारले सेना/प्रहरी हुन लोक सेवा लड्नुपर्ने नीति नलिएको भए एकै पटकमा उक्त कोटा परिपूर्ति हुन्थ्यो । त्यसमा पनि सेनामा वर्चस्व भएकाहरुले आफ्ना मान्छे हुल्न सक्थे वा मोटो रकम अशुलेर अयोग्यलाई पनि भर्ति गर्न सक्थे तर अब त्यो कुरा सम्भव नै छैन । 

जब नीति परिवर्तन भयो तब सेनामा इतिहाँसमै पहिलो पटक सेनामा जागिरको लागि फेरी बिज्ञापन गर्नुपर्ने बाध्यता आईपर्यो । पहिले सेना आफैले सेना छान्थ्यो तर अब भने सबै कुरामा लोक सेवा संलग्न भएको छ । जसको कारण कतिपय सेनाका हाकिमहरुको कमाउने स्रोत ठप्प भएको छ ।

जनशक्ति छनोटको काममा सेनाभित्र मनपरी भएपछी लोक सेवा आयोगले सेना/प्रहरी छान्ने अधिकार पायो जसको नतिजा बिस्तारै देखिन थालेको छ । सैनिक भर्तिमा मोटो रकमले काम बन्ने गरेकोमा अब भने त्यो बाटो बन्द बनेको छ । लोक सेवाले सेना छान्ने अधिकार खोसेपछी सैनिक मुख्यालयमा हंगामा मच्चिएको थियो र बिरोध पनि भएको थियो । सुरक्षा निकायको जनशक्ति ब्यबस्थापन सम्बन्धि संबैधानिक ब्यबस्था भएकै कारण मुख्यालयले आफ्नो बिरोधलाई सकारात्मक रुप दिन सकेन । नयाँ संबिधानको धारा २४३ को उपधारा २ अनुसार निजामती सेवाका पदबाहेक नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने उल्लेख भएका कारण यो बिषय ब्यबहारमै लागु भएको हो । नयाँ नीति कार्यान्वयनमा आएपछी नेपाली सेना जस्तै नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान जस्ता निकायमा पनि बिभिन्न पदमा दोहोर्‍याएर विज्ञापन गर्नुपरेको छ । 

नयाँ नीतिको कार्यान्वयन भएसंगै आसेपासे र मोटो आर्थिक लेनदेनमा सरकारी तथा बिभिन्न निकायमा जागिर खाने बाटोको अन्त्य भएको छ | फलस्वरूप राम्रा र योग्यता भएकाहरुले बिस्तारै जिम्मेवार निकायमा पस्ने मौका पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै