२८ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र महतोको दाबी- रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ

१४ कार्तिक २०८१, बुधबार १४:१३

काठमाडौँ | राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्राउको विषय प्रतिशोध वा बार्गेनिङमा टुंगिने आशंका गरेका छन् ।

अध्यक्ष महतोले एक विज्ञप्ति जारी गर्दै जो सुकै भएपनि अभियोग वा आरोप लागेकामाथि निष्पक्ष न्यायिक अनुसन्धान एवं कारवाही हुनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको मुद्दामा पनि निष्पक्ष र न्यायसङ्गत छानबिन हुनुपर्छ। अहिले सरकारले अनुसन्धान गर्दैछ, न्यायालयले प्रमाण एवं तथ्यको आधारमा फैसला गर्लान् भन्ने राष्ट्रिय मुक्ति पार्टी नेपालले विश्वास लिएको छ । यी सबै प्रक्रियालाई नेपाली जनतासँगै राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि सुक्ष्म ढंगले नियालिरहेका छौं । किनभने यहाँ भएका ऐन कानूनको दुरुपयोग राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्ष नेताहरूले गर्दै आएको पनि नेपाली जनताले महसुस गरिरहेकै छ ।’

आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई र विपक्षीहरूलाई तह लगाउन, आफ्नालाई संरक्षण गर्न, अनुचित लाभ प्राप्त गरी अपराधी उम्काउन यसको निम्ति कानूनको प्रयोग हतियारको रूपमा गर्दै आएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको खरबौ रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ । सहकारीको रकम अपचलन गर्ने दोषीलाई कारबाही गरी लाखौं बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने विषय सरकारको निम्ति मुख्य बन्छ कि बन्दैन ? खासगरी लामो समयदेखि सत्तारुढ राजनीतिक दलको आवरणमा भएको सहकारी ठगीमा उनीहरूमाथि पनि राज्यले कारवाही गर्छ कि गर्दैन ? १० रोपनी १४ आना जग्गा प्रधानमन्त्री तथा सत्तारूढ दलले नै अनुचित ढंगले प्राप्त गरेको बारे अदालतले तत्काल कार्यान्वयन रोकेको छ ।’

गिरीबन्धु, वाइड बडी, ललिता निवास, क्यान्टोनमेन्ट, यती, सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, प्रिन्टिंग प्रेस खरीद प्रकरण, ओम्नीजस्ता भ्रष्टाचारको काण्ड कहाँ पुग्यो ? यसको जवाफ र उत्तर सरकारले कहिले दिने हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको पत्रकार सम्मेलन स्थगित आत्म समीक्षा सहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन सुनको मूल्य घट्दा चाँदी बढ्यो प्रधानमन्त्री ओली आज जुम्ला जाँदै ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी दुई संसदीय समितिको बैठक आज बस्दै स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध यस्तो छ, बुधबारको विदेशी मुद्राको विनिमय दर रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै यु–१९ महिला विश्वकप छनोट : अन्तिम खेलमा आज नेपाल युएईसँग खेल्दै आजको मौसमः देशका अधिकांश भूभागमा मौसम सफा रहने पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति महसुल नतिरेका उद्योगको लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने प्राधिकरण बोर्डको निर्णय पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे बैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ? दीपक मनाङ्गे भए डिल्ली बजार कारागार चलान कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको १६५ रनको जित उद्योग मन्त्री भण्डारी र अस्ट्रेलियन राजदूत लियान जोन्स्टन बिच शिष्टाचार भेट