प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेत"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाउ नपाएपछि तेह्रथुमका अम्लिसो कृषक चिन्तामा

१३ माघ २०७३, बिहीबार ०३:०९


प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेती गर्न जुटेका किसानहरु बिक्री गर्ने समयमा मुल्य नपाउँदा मारमा परेका छन् । 

किसानले भिरालो, पाखो र खाली जमीनमा मात्रै खेती गर्दै आएको अम्लिसो अहिले खाद्यान्न बाली लाग्ने जमीनमा पनि लगाएका थिए । तर  फल लागेर कमाई गर्ने बेलामा अम्लिसोले भाउ नपाएपछि किसान चिन्तित बनेको ईवा–६ कालिपाका कृषक मिनराज गुरुङले बताउनुभयो ।

यो वर्ष ग्रामीण बजारहरुमा अम्लिसो प्रति केजी २० रुपैयाँले कारोबार भइरहेको छ । तर सो मुल्यमा पनि अम्लिसो विक्री गर्न समस्या रहेको उहाँले बताउनुभयो । गएको वर्ष मात्रै अम्लिसो प्रति केजी १ सय रुपैयाँसम्म कारोबार भएको थियो । राम्रो मुल्य पाउने आशामा किसानले अम्लिसो खेती थालेपनि एकै वर्षको अन्तरालमा ह्वात्तै मुल्य घटेकाले किसान मर्कामा परेका हुन् । 

अम्लिसोबाट नगद आम्दानीसँगै गाईबस्तुकालागि घाँस र बन जोगाउन समेत मदत पुग्ने भएकालेपनि किसान अम्लिसो खेतीमा आकर्षित थिए । अम्लिसो खेतीमा व्यवसाियक बन्न जिल्ला बन कार्यालय  र सामुदायिक बन उपभोक्ता महासंघले समेत सहयोग पु¥याउदै आएका छन् । जिल्लामा अलैँचीपछि अम्लिसो दोश्रो ठुलो आम्दानी हुने नगदेबाली हो । 

तर मुल्यमा गिरावट आएकाले समस्यामा पारेको हमरजुङका किसान शेरबहादुर लिम्बुले बताउनुभयो । ‘गाउँ–गाउँमा सडक सन्जाल विस्तारसँगै अम्लिसोको बजारीकरणमा सजिलो भएको छ, सुदाप–४ का लोकमान लिम्बुले भन्नुभयोे, ‘अम्लिसो घरैबाट विक्री हुन्छ, तर यो वर्ष मुल्य पाएनँ ।’ अम्लिसोले भाउ नपाउँदा बैकल्पिक खेती रोज्नुपर्ने बाध्यतासमेत किसानमा थपिएको छ ।

 वर्षभरि काम गरेर गाँस बासकालागि त्यसैको कमाईको आशमा हुने किसानलाई अम्लिसोको घटेको मुल्यले निराश बनाएको लिम्बुले बताउनुभयो । एक वर्षयता जिल्लाका २ सय बढी सामुदायिक तथा कबुलियती बन समुहमा अम्लिसो खेती लगाइएको जिल्ला बन कार्यालयले जनाएको छ । जिल्लामा जम्मा ३ सय २८ सामुदायिक र ९६ वटा कबुलियती बन समुह रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै