माघ १८, काठमाडौं ।‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु !’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौं ।‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु !’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।

३ पुष २०८२, बिहीबार
काठमाडौँ - KTM

घर छाडेर हिंडेकी मीराले यसरी फड्को मारिन्

१८ माघ २०७३, मंगलवार ०२:३७


माघ १८, काठमाडौं ।‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु !’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।

अल्ट्रा म्याराथन धाविका मीरा राईकी आमा पम्फाले विगत सम्झिइन् । जतिबेला मीरा १४ वर्षकी थिइन्, देशमा सशस्त्र द्वन्द्व चर्कंदै थियो । गाउँको मानेडाँडा माविमा कक्षा ६ मा पढ्दै गरेकी मीरा तत्कालीन माओवादी निकट विद्यार्थी संगठनमा लागेर स्कुलबाटै हिँडिन् । 

हिँडेको दिन, साता, महिना र वर्ष बिते । एक/दुई दिनमै फर्केर आउँछु भनेकी मीरा धेरै समय फर्केर आइनन् । ‘घरमा रुवाबासी थियो, कसैले छोरीलाई अपहरणकारीले लगेर मारिसके भन्थे, कसैले फर्केर आउँछे भन्थे,’ पम्फाले वेदना पोखिन्, ‘खोज्न जाऊँ त कहाँ ?’  

सानी, पातली, दुब्ली चेहराकी मीरा सानोमा छरिती, फुर्तिली र साहसी थिइन् । ४५ मिनेट उकालो चढेर स्कुल पुग्थिन् । भारी बोकेर आफ्नो र भाइबहिनीको पढ्ने खर्च धान्थिन् । आधा घण्टा तलको जुकेपानीस्थित पँधेराबाट पानी ओसार्थिन् । ‘सानैदेखि एकछिन बस्दिनथी, एकैछिनमा स्कुल पढेर आउँथी, घाँस, सोत्तर, पानी सकीनसकी ल्याउँथी, भाइबहिनीको हेरचाह गर्थी,’ बुवा सुकाबहादुर राईले उनको बाल्यावस्था सुनाए ।

जिल्लाको पश्चिमी अति विकट गाउँ सानोदुम्मा–९ घोर्लेवनमा जन्मेकी मीरा छिमेकी जिल्ला धनकुटाबाट ७ वर्षकै उमेरदेखि नुन–चामलको भारी बोकेर घरमा ल्याउँथिन् । ‘गाउँको दु:ख, त्यतिबेला एकदमै गाह्रो थियो, भाइबहिनी काखमा च्यापेर हतार–हतार काम गर्थें,’ ईकान्तिपुरकी एम्बेसडरसमेत रहेकी मीराले भनिन् । उनका कान्छा काका नेपाल आर्मीमा थिए । काकाजस्तै आत्मनिर्भर बन्ने सपना थियो उनको । पढाइलाई निरन्तरता दिने आधार थिएन । ‘बाबुआमा, भाइबहिनीलाई सुखी बनाउने, पढीगुनी ज्ञानी बन्ने सपनाले सब चिज छाडेर यता लागें,’ उनले भनिन् । घर छाडेको अढाई वर्षपछि सकुशल रहेको खबरसहित अचानक एउटा चिठी र फोटो आयो बाबुआमाको नाममा । ‘बाँचेकी नै छे भने एकदिन आउली भन्ने लाग्थ्यो, ढुक्क थिएनौं,’ आमाले सुनाइन् ।

चिठी पठाएको ६ महिनापछि छोरी नै घर आइपुगेपछि मात्रै उनका बाआमालाई पत्यार लाग्यो ।

उनी लडाकुको सिन्धुली शिविरमा बस्थिन् । २०६२/६३ मा संयुक्त राष्ट्रसंघीय मिसनले अयोग्य ठहराएपछि घर फर्किनन् । उतैबाट एसएलसी पास गरिन् । १८ महिने कृषि जेटिए पढिन् । घरको आर्थिक अवस्था कमजोर नै थियो । २०७० मा वैदेशिक रोजगारीका लागि मलेसिया जाने निधो गरेर काठमाडौं लागिन् । 

‘विदेश जाने रहर थिएन, घरको आर्थिक समस्याले गर्दा, राम्रो कम्पनीका लागि अफर आएको भनेपछि जान लागेकी थिएँ,’ मीराले ३ वर्षअघिको घटना सम्झिइन् । काठमाडौं पुगेपछि बालाजु कराँते एकेडेमीका सञ्चालक धु्रवविक्रम मल्लसँगको भेटले नयाँ मोड लियो । मलेसिया जान लागिसकेको भिसा रद्द गरेर खेलकुदमा लागेकी उनले यतिबेला नाम र दाम कमाएकी छन् ।

भिसा रद्द गरेको ३ महिनापछि हिमालय आउटडोर फेस्टिभलमा पहिलो पटक प्रतिस्पर्धामा सहभागी भइन् । त्यो प्रतियोगिता फूलबारीगेटदेखि मकवानपुरको हात्तीवनसम्म ५० किलोमिटर दौड थियो । 

प्रतियोगिता जितेर प्रथम भइसक्दा पनि अल्ट्रा रेस के कस्तो हो भन्ने उनलाई थाहै थिएन । दोस्रोपल्ट मुस्ताङमा दौडेपछि मात्र त्यसबारे बल्ल बुझिन् । उनी अहिले विश्व अल्ट्रा रेसमा दोस्रो वरीयतामा छिन् । गत वर्ष फ्रान्समा आयोजित ८० किमिको विश्व म्याराथनमा पूर्वविजेतालाई पछि पार्दै पहिलो स्थान हात पारेपछि मीराको परिचय एकाएक फेरियो । नेसनल ज्योग्रोफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर्स अफ द इयर–२०१७) को अवार्ड जितेपछि त यतिखेर उनी चर्चाको शिखरमै छिन् ।

मीराका दाजु पराण र भाउजू झापामा कुखुरा फार्म खोलेर बसेका छन् । झापा सुरुंगामा मीराकै लगानीमा घर बनाइसकेका छन् । भाइ प्रमोद झापामै डिप्लोमा गर्दै छन् । बहिनीहरू लक्ष्मी र फूलमाया धनकुटामा कृषि जेटीए पढदै छन् । बाआमा भोजपुर सानोदुम्मा गाउँमै बसेका छन् । केही वर्षपछि झापामै झर्ने तयारी उनीहरूको छ ।

‘विकट गाउँकी दु:ख भोगेकी छोरी हो, आज चम्किलो तारा बनेकी छ, उनको संघर्ष बयान गरेर सकिन्न,’ स्थानीय सानोदुम्मा माविका प्रधानाध्यापक अर्ज‘न राईले भने ।

यतिखेर मीरा थप प्रतिस्पर्धाको तयारीमा छिन् । तर केही महिनाअघि खुट्टामा चोट लागेकाले उपचारमा लागेकी छन् । स्पेन, फ्रान्स, चीन, इटालीमा हुने दौडमा सहभागी हुने उनको योजना छ । २५ वर्षीया मीराले स्वास्थ्यले साथ दिएसम्म खेलमै जीवन बिताउने बताइन् । ‘दौडेर, प्रतिस्पर्धा गरेर म कहिल्यै थाक्दिनँ,’ उनले भनिन् । ट्रेल रनिङ नेपालको आयोजना र लोइड बेल्चरको निर्देशनमा उनको बारेमा ‘मीराज् फिल्म’ वृत्तचित्र बनेको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट