सामान्य परिस्थिति वा दैनिकजसो हामी प्रत्येक व्यक्तिलाई आफ्नै तौरतरिकावाट चिन्ने गर्दछौ | विभिन्न मानिसहरुले समाजमा आफ्नै किसिमको परिचय बनाएका हुन्छन | मानिसहरुले हरेक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सामान्य परिस्थिति वा दैनिकजसो हामी प्रत्येक व्यक्तिलाई आफ्नै तौरतरिकावाट चिन्ने गर्दछौ | विभिन्न मानिसहरुले समाजमा आफ्नै किसिमको परिचय बनाएका हुन्छन | मानिसहरुले हरेक प"/>
2026-10-17 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विचार व्यक्ति हो’

सामान्य परिस्थिति वा दैनिकजसो हामी प्रत्येक व्यक्तिलाई आफ्नै तौरतरिकावाट चिन्ने गर्दछौ | विभिन्न मानिसहरुले समाजमा आफ्नै किसिमको परिचय बनाएका हुन्छन | मानिसहरुले हरेक परिस्थितिलाई मुल्यांकन गर्ने तरिका आफ्नै हुन्छ | हरेक परिस्थितिलाई मानिसले आफ्नो विवेक प्रयोग गरि परिभाषित गर्दछ किनकि मानिस चेतनशील प्राणी हो | चेतनाकै कारण मानिस हरेक कुरामा आफ्नो चासो व्यक्त गर्ने गर्दछ | 

सामाजिक, व्याहारिक, धार्मिक, सांस्कृतिक, राजनैतिक, राष्ट्रिय, अन्तरास्ट्रिय आदि सम्पूर्ण विषयमा मानिस आ-आफ्नो दृष्टि वा विचार राख्ने गर्दछ | एउट} विषयमा पनि व्यक्ति-व्यक्तिमा विचार र दृस्टी फरक हुने गर्दछन | हामीले पौराणिक प्रसङ्गमा कृष्णको नाम धेरै नै सुनेको छौ | धार्मिक व्यक्तिहरु त्यहि कृष्णलाई इश्वर को रुपमा हेर्ने गर्छन | नवयौवनाहरु सृंगारिक नजरले कामदेवका रुपम हेर्छन भने सुरवीरहरु कुशल योदधाका रुपमा चित्रण गर्दछन | अर्थात्  व्यक्ति आफ्ना विचारका आधारमा हरेक कुरालाई आफ्नै विचारका समिपमा राख्ने प्रयास गर्दछ | आजको २१औं शताब्दीमा हामी मानिस-मानिसका विच वेमेलको अवस्था रहनु नै हाम्रो विचार को दृष्टि हो | 

विश्वको इतिहासलाई हेर्ने हो भने कयौ अजर-अमर बन्न सफल व्यक्तिहरु हाम्रा सामु छन् | सकारात्मक-नकारात्मक कुरा एकछिन लाई छोडौं | ‘हिटलर’ विश्वका मानिसले चिनेको नाम हो | ‘हिटलर’ शब्द आजसम्म पनि क्रुर शासक, निरंगकुस प्रकृतिको पर्यायका रुपमा रहेको पाइन्छ | हिटलरको दृष्टि, विचार र उसले गरेका कामद्वारा नै आज विश्वका मानिसले उसलाई निर्दयी शासकका रुपमा लिने गर्दछन् | त्यस्तै  गरि  ‘कार्ल मार्क्स’ विश्वका मानिसले आजसम्म पनि चिनिरहेको नाम हो | कार्ल मार्क्स का विचार लाई आफ्नो आदर्श ठान्दै विश्व राजनीतिमा ठुलो हिस्सा पछिलागेको पाइन्छ | श्रमजीवी वर्गले उनका विचारलाई अंगिकार गर्दै वर्गीय मुक्ति को आन्दोलन आजसम्म पनि चलिरेको कुरा जगजाहेरै छ |

मानिसको परिचयको मुख्य आधार नै उसको विचार हो | शारीरिक वनावट, बाहिरी आवरण मानिसको असल परिचय बन्न सक्दैन | विश्वका मानिस विचारका दृष्टिले दुई भागमा विभाजित भएको पाइन्छ | सकारात्मक विचार र नकारात्मक विचार | बाहिरी सुटबुट र अत्तर छर्किएर हिड्ने मानिसको विचार नकारात्मक छ भने  समाजले उसलाई सम्मानको दृष्टि राखेको हुदैन | मैला वस्त्र लगाएर पनि समाज. राष्ट्र र विश्वप्रति सदैव सकारात्मक विचार राख्ने मानिसप्रति समाज, राष्ट्र र विश्व उसका प्रति सदैव नतमस्तक भइरहन्छ | व्यवहारिक दुनियामा  एक व्यक्तिले सानो भन्दा सानो समस्यादेखि ठुल्ठुला समस्याहरुमा उसले गरेका काम र बोलि नै उसको सकारात्मकता र नकारात्मकता छुट्याउने कसी हो |

मानिस कसैलाई खराब र असल देख्ने आधार पनि उसको विचार नै हो | भेडा भेडासंग र बाख्रा बाख्रासंग बस्छन पशुपन्छी  | मानिस चोर चोरसंग र  साधु-साधुसंग बस्न चाहन्छ | ‘मानव’ मानव बन्न नसक्दाको परिणम स्वरूप यस्तो विभाजनको परिस्थिति सिर्जना भएको छ | हामी आफ्नो गाह्रो –अप्ठ्यारो होस् वा कुनै सहज परिस्थितिमा सम्मलिना आफुलाई विश्वास लागेका व्यक्ति कहाँ जान्छौं | यस व्यक्ति ले दिने सल्लाह सधै सकारात्मक हुन्छन भन्ने आफुलाई विश्वास लागेको हुन्छ | 

एउटा मानिस ले अर्को मानिस लाई विश्वास गर्न सक्ने आधार पनि विचार को मध्यम बाट नै हुन जान्छ | विचार मानिस को अधिकार हो र मानिस ले आफुलाई सहि लागेको विचार अरुसामु  प्रस्तुत गरिरहेको हुन्छ | मानिस अघि बढ्ने वा पछि बढ्ने भन्ने पनि उसको विचार नै हो | जस्तै अमेरिका को रास्ट्रपति आज डोनाल्ड ट्रंप हुनुमा उनको विचार हो र डोनाल्ड ट्रंप को नाम सुन्दा हामी अरु भन्दा फरक अमेरिकी राष्ट्रपति भन्ने बुझ्छौ यसको कारण उनले प्रस्तुत गर्ने विचार नै हो | 

यसरी हाम्रो बिचारले हाम्रो परिचय दिईरहेको हुन्छ | हामी ले दिने गरेको प्रतिक्रिया हाम्रो बिचारको आधार हो र त्यसैले हामी को हो भन्ने कुरा निर्धारण गर्दछ | हिटलर समझदा कहाली लाग्नु , गान्धि समझदा शान्तिपूर्ण आन्दोलन सम्झनु अनि डोनाल्ड ट्रंप समझदा अरुभन्दा फरक प्रकृतिका रास्ट्रपति सम्झनु पनि उनीहरुको बिचारको आधारमानै हो | हरेक मानिस उसको विचारको आधारमानै अरुको नजरमा विभिन्न प्रकारको व्यक्ति बन्न पुग्दछ | 

समाजमा विभिन्न किसिमका छाप छोडेर जानु पनि आफ्नु विचार को आधारमा नै हो | मानिसको एक विचार जसले उक्त व्यक्ति को  परिचय दिन्छ | समाजमा कसैलाई खराब कसैलाई असल रुपमा प्रस्तुत पनि विचारकै आधारमा नै गरिन्छ | अन्तमा मानिसले आफु को हो भनेर चिनाउने आधार नै विचार हो किनकि रत्नाकर लाइ डाकु र बाल्मिकी लाई साहित्यकार भनिनु उनको बदलिएको  विचारको उपज नै हो | त्यसकारण समाजमा भएका कुनै पनि व्यक्ति लाई हामी उसको विचार अनुसार नै चिन्ने गर्छौ किनकि विचारले फलानो व्यक्ति यस्तो वा उस्तो भन्ने प्रतिबिम्बित गरिराखेको हुन्छ |

गंगा प्रसाद खनाल
इ.न.पा.-८, इलाम 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु