2026-09-08 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

महिला कोटामा पुरुष शिक्षक छानिएपछि…

मनोज पराजुली | फागुन ५, गोरखा | गोरखाको थालाजुङ गाविस स्थित श्री नवचेतना प्रा विले महिलाको कोटामा पुरुष शिक्षक छनोट गर्ने गरि परिक्षा लिएको छ । 

तीन जनाको दरबन्दी रहेको उक्त बिध्यलायामा २ जनाको दरबन्दी खाली रहेकोमा एक जना महिला शिक्षक सरुवा भएर उक्त बिध्यालयमा हाजिर भएपछि माघ १३ गते बिज्ञापन खुलाइएको थियो । शिक्षा नियामावली अनुसार महिला कोटा खाली रहेको अवस्थामा महिलानै नियुक्ति गर्नुपर्नेमा उल्टो गरिएको थियो । बिज्ञापन अनुसार तीन जना महिलासँगै एक जना पुरुषको आवेदन दिए । 

तर फागुन १ गते लिइएको महिला कोटाको परीक्षाबाट अशोक कुमार अधिकरीको नाम आगाडी आएको छ भने  प्रतिमा ढकाल घिमिरेलाई बैकल्पिक सुचिमा राखिएको छ । बैकल्पिक सुचिमा परेकी प्रतिमा ढकाल घिमिरेले उक्त बिज्ञापन अनुसार आफुले नियुत्ति पाउनुपर्ने भन्दै जिल्ला शिक्षा  कार्यालय गोरखामा निवेदन दिएकी छिन् । उनले शिक्षा नियामावली अनुसार महिला कोटाको बिज्ञापनमा महिलाको मात्र आवेदन लिनुपर्नेमा पुरुषको पनि आवेदन स्वीकृत गर्नु र उल्टो महिला कोटामा पुरुष छनोट गर्नु अन्याय भएको बताइन ।  

यसै बिषयमा साझा सबालको जिज्ञाशामा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले महिला शिक्षक छनोटको लागि जिल्ला शिक्षा कार्यलयले उक्त बिद्यालयलाई अनुमति दिएको बताए । सुवेदीले भने ‘यो बिषयमा बिद्यालयलाई पत्र पठाइएको छ । महिला-महिला बीच प्रतिस्पर्धा गराउनुपर्नेमा महिला-पुरुष बिच प्रतिस्प्रधा गराइएको पाईए त्यसलाई  बदर गरि पुन: बिज्ञापन मार्फत पदपूर्ति गरिनेछ ।’ 

यता बिद्यालयका प्रध्यानाद्यापक गणेश मरहट्टाले महिला शिक्षक सरुवा भएर आएपछि निकालिएको सूचनामा खुल्ला कोटा हुनुपर्नेमा महिला कोटा भनि बिज्ञापन गरिएको भन्दै गल्ति स्विकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल