2026-10-26 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

महिला कोटामा पुरुष शिक्षक छानिएपछि…

मनोज पराजुली | फागुन ५, गोरखा | गोरखाको थालाजुङ गाविस स्थित श्री नवचेतना प्रा विले महिलाको कोटामा पुरुष शिक्षक छनोट गर्ने गरि परिक्षा लिएको छ । 

तीन जनाको दरबन्दी रहेको उक्त बिध्यलायामा २ जनाको दरबन्दी खाली रहेकोमा एक जना महिला शिक्षक सरुवा भएर उक्त बिध्यालयमा हाजिर भएपछि माघ १३ गते बिज्ञापन खुलाइएको थियो । शिक्षा नियामावली अनुसार महिला कोटा खाली रहेको अवस्थामा महिलानै नियुक्ति गर्नुपर्नेमा उल्टो गरिएको थियो । बिज्ञापन अनुसार तीन जना महिलासँगै एक जना पुरुषको आवेदन दिए । 

तर फागुन १ गते लिइएको महिला कोटाको परीक्षाबाट अशोक कुमार अधिकरीको नाम आगाडी आएको छ भने  प्रतिमा ढकाल घिमिरेलाई बैकल्पिक सुचिमा राखिएको छ । बैकल्पिक सुचिमा परेकी प्रतिमा ढकाल घिमिरेले उक्त बिज्ञापन अनुसार आफुले नियुत्ति पाउनुपर्ने भन्दै जिल्ला शिक्षा  कार्यालय गोरखामा निवेदन दिएकी छिन् । उनले शिक्षा नियामावली अनुसार महिला कोटाको बिज्ञापनमा महिलाको मात्र आवेदन लिनुपर्नेमा पुरुषको पनि आवेदन स्वीकृत गर्नु र उल्टो महिला कोटामा पुरुष छनोट गर्नु अन्याय भएको बताइन ।  

यसै बिषयमा साझा सबालको जिज्ञाशामा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले महिला शिक्षक छनोटको लागि जिल्ला शिक्षा कार्यलयले उक्त बिद्यालयलाई अनुमति दिएको बताए । सुवेदीले भने ‘यो बिषयमा बिद्यालयलाई पत्र पठाइएको छ । महिला-महिला बीच प्रतिस्पर्धा गराउनुपर्नेमा महिला-पुरुष बिच प्रतिस्प्रधा गराइएको पाईए त्यसलाई  बदर गरि पुन: बिज्ञापन मार्फत पदपूर्ति गरिनेछ ।’ 

यता बिद्यालयका प्रध्यानाद्यापक गणेश मरहट्टाले महिला शिक्षक सरुवा भएर आएपछि निकालिएको सूचनामा खुल्ला कोटा हुनुपर्नेमा महिला कोटा भनि बिज्ञापन गरिएको भन्दै गल्ति स्विकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने