नरजन तामाङ/फागुन १०, सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगडी चोकको छेउमा टहरा छापिएको छ ।
बजार जाने बाटो त्यही हुदै जान्छन । स्थानीय मंगलगडी चौकमा अस्थायी छाप्रो छ । त्यही छाप्रोमा ६० वर्षीय देउमा मिजार २/४ वर्षदेखि च्यातिएका र चुडिएका जुताचप्पल टालेर बिते । दैलेखबाट सुर्खेत आएको १२ वर्ष भइसकेको छ ।
घरमा ठुलो परिवार ४ जना छोरा छोरीहरुलाई पालन पोषण शिक्षा दिक्षा दिनकै लागि भएपनि जुटेकी छन । त्यो बेला उमेरमा पुगेको बेला गाँउमा कुटो कोदालो गरि हुकाएकी थिइन । सुर्खेत आइसकेपछि श्रीमान श्रीमती जुता सिलाएर जिवन चलाउदै गरेको मिजारले बताइन ।
तर उनलाई एउटा पेशा गरेर बस्ने सुर चल्यो र उनले छाला जुत्ता मर्मत पसल थाले । फाटेका जुत्ता खुब टाले तर उनको जीवन कहिलै फाटेन । तिनै फाटेका जुताले उनको जीवन सिलाइरहे ।
सुरुमा त बजार पनि त्यति बिस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो तर विस्तारै उनी आफ्नो सीपमा पेशागत हुँदै गए । उनलाई विश्वास थिएन की यसरी जुत्ता सिलाएरै जीवन चल्ला भनेर ।
उनी आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट देखिएकी छन । एउटा मज्जाको कुरा के छ भने देउमा मिजार २/४ वर्षबाट जुता सिलाएर गुजारा मात्र चलाएक छैनन । छोरा छोरीलाई यज्ञपिस होम एकेडेमी बोडिङ स्कुलमा महङगो फ्रि तिरेर पढाएकी छन । देउमा एक जना पात्र मात्रै थिइन उनी जस्ता धेरैले जुता सिलाउने पेशालाई अगालेका छन ।
वीरेन्द्रनगर १९ जयपुरका गंगाराम सार्की अहिले ६३ वर्षका भए घरमा नुन तेल खाने पैसा नहुदा च्यातिएका जुता सिलाउदै आएको ४ वर्ष भएको बताए । उनले भने घरमा छोरा छोरी छन । काम केही छैन । घरमा बस्ने खाने गरेको छन । हामी बुढाबुढीलाई चिन्ता हुन्छ । बिहान बेलुका काम गरि खाने जाती हौ ।
उनले दुखेसो गरे कहिले दिन भरि बसी बसि मात्र घरमा जान्छौ कमाईको एकिन छैन । कहिले दिनमा २/४ सय हुन्छ कहिले ५ पैसा पनि हुदैन । गंगाराम आँखाले च्यातिएको र फाटेको ठाउँ देखे पुग्छ । अब यो पेशा पनि संकटमा पर्दै गएकोले बच्न धौ धौ हुन बताए । अर्को पशिचम सुर्खेत बाबियाचौरका बल सार्कीको पनि पेशा यही छ ।
बाबियाचौरमा जुता सिलाउनेको संख्या धेरै भएपछि सुर्खेत एरिचोकमा घर भाडामा बसि जुता सिलाउने पेशा अगालेको छन । ३ वर्षदेखि वीरेन्द्ररको मंगलगडीचोकमा जुता सिलाउदै आएका छन ।
७ जनाको परिवार चलाउनकै लागि कति पटक भारत पुगेका बलबहादुर भारतमा केही सम्भावन नदेखेपछि नेपाल फकिएका थिए । स्थानीय मंगलगडचौकमा बसी ७ जनाको परिवार पाल्दैको बताए ।
उनले भने कमाईको ठेगना छैन कहिले ३ सय हुन्छ । कहिले ५० रुपैया हुन्छ । घर भाडा तिरेर खान लागउन ठिक हुने गरेको उनले बताए । उनी बिहान १० बजे आफनो ठाउमा आइपुग्ने गरेको बलबहादुरले बताए । अहिले आफनो पेशमा सन्तुष्ट भएको बताए ।