१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

आत्महत्या न्युनिकरणका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न

१० फाल्गुन २०७३, मंगलवार १३:०७

जि.पि. पौडेल/फागुन १०, गोरखा । जिल्ला स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा आत्महत्या न्युनिकरणका लागी गोरखा सदरमुकाममा १ दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा मानसिक रोगको बारेमा जानकारी गराउदै आत्महत्या गर्नुको प्रमुख कारणहरु, यसबाट परिवार र समाजमा पर्ने असर तथा न्युनिकरणका बारेमा छलफल गरिएको थियो ।

 सेन्टर फर मेन्टल हेल्थ काउन्सिलिङ नेपाल (सि.एम.सि) को सहयोगमा भएको कार्यक्रममा सहभागीहरुलाई वरिष्ठ मनोरोग बिशेषज्ञ प्राध्यापक डा. बिद्यादेव शर्माले सहजिकरण गर्नुभएको थियो । उहाँले आत्महत्या न्युनिकरण गर्ने उपाय, समाजमा मानसिक रोग लागेको व्यक्तिलाई गर्ने हेरचाह तथा व्यवहारका बारेमा जानकारी गराउनु भएको थियो । 

यसैगरि नेपालमा पछिल्लो समय आत्महत्याको क्रम बढीरहेको र आत्महत्याको प्रमुख कारण विभिन्न मानसिक तनाव तथा मानसिक समस्या नै भएकोले यसलाई नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुपर्ने डाक्टर शर्माको भनाई रहेको थियो  । 

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकमीर्, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए