चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपि"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपि"/>
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहिद स्मारकस्थलमा जापानको राष्ट्रिय फूल रोपियो

२०७३, २ चैत्र बुधबार ०९:३९

चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपिएको छ । 

जापानमा २० वर्षअघि ठूलो भूकम्प जाँदा शान्ति र स्थिरतालाई लक्ष्य गरी साकुरा रोप्ने अभियानमा लाग्नुभएकी योशिओका स्योकोले नेपालमा पनि यो फूलको उद्यान बनाउने उद्देश्यले आउनुभएको कार्यक्रममा जानकारी गराइयो । नेपाल पनि २ वर्षअघिको ठूलो भूकम्पपछि पुनर्निर्माणका क्रममा रहेकाले फूलले शान्तिको सन्देश फैलाउन सहयोग मिल्ने उहाँले बताउनुभयो । 

एनजिओ नेपाल डिजास्टर रिलिफ प्रितम एक्टिभ ग्रुपको सहयोगमा जापानबाटै साकुराको बिरुवा ल्याई रोपिएको स्मारकअन्तर्गतको जैविक विविधता वन वातावरण समितिका प्रमुख राजेश बिष्टले बताउनुभयो । धेरै प्रकारका साकुरा भए पनि जापानबाट दुई प्रकारका ल्याई रोपिएको छ । मार्च–अप्रिलमा दुईदेखि तीन हप्ता फुलेपछि यो फूल हरियो पातमा परिणत हुने र त्यो पातलाई खानेकुरा एवम् औषधिका रुपमा समेत प्रयोग गर्न सकिने जनाइएको छ । 

वृक्षरोपण कार्यक्रममा काठमाडौँका सहायक जिल्ला वन अधिकृत अनिल रेग्मीले नेपालमा भएको भूभागभन्दा बढी वृक्षरोपण गरेको तथ्याङ्क वन तथा भूसंरक्षण मन्त्रालयसँग रहे पनि स्थलगतरुपमा अनुगमन गर्दा बिरुवा हुर्केको नदेखिने गरेको बताउनुभयो । 

स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले रोपिएका ६० वटै साकुराका बिरुवा संरक्षणका लागि कर्मचारी खटाई उचित रेखदेख एवम् गोडमेलको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । बिरुवामा रोप्नेकै ट्याग लगाई उसैले संरक्षण गर्नुपर्ने व्यवस्था गरिएको इन्टरनेसनल सेवा सोसाइटीका अध्यक्ष प्रितम गोलेले जानकारी दिनुभयो । 

विसं २०७१ देखि सुरु भएको वन दशक २०८० सालमा सकिनेछ । नेपाल र जापानबीच दौत्य सम्बन्ध कायम भएको ६०औँ वर्षका अवसरमा मित्रता थप बलियो होस् भन्ने कामना गर्दै नेपालमा साकुरा फूलको उद्यान बनाउन लागिएको सो अवसरमा जानकारी गराइयो । 

मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयअनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत विसं २०६४ देखि गोकर्णमा स्मारक निर्माण भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै