चैत ४, काठमाडौँ । काठमाडौंको गुर्जुधारामा ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ४, काठमाडौँ । काठमाडौंको गुर्जुधारामा ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेटः गुर्जुधारा दूर्घटनामा दुईको मृत्यु, ६ जना घाइते

४ चैत्र २०७३, शुक्रबार १३:२३


चैत ४, काठमाडौँ । काठमाडौंको गुर्जुधारामा ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति पुगेको छ ।

दुर्घटनामा बा १ ज ७९६७ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोक पनौतीका ४६ बर्षिय कान्छा लामा र मिनीट्रकका चालक झापा अनारमनिका ३७ बर्षिय डम्बर पोख्रेलको मृत्यु भएको हो । लामाको बयोधा अस्पतालमा र पोखरेलको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीले जानकारी दिए ।


घटनामा ट्याक्सीमा सवार चार जना यात्रु घाइते भएका छन् । काठमाडौं बालुवाटारका एरिक आले, अञ्जु आले, पोखराकी कृष्णा थापा र उनका छोरा त्रिविन थापा घाइते भएका छन्  । उनीहरु सबैको जयबागेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

मिनीट्रकका मालिक किशोर अधिकारी पनि घाइते भएका छन् । उनको ओम समाज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रककै ठक्करबाट स्कुटर चालक काठमाडौं चन्द्रागिरीका बाल कृष्ण ढकाल पनि घाइते भएका छन् । गम्भीर घाइते भएका ढकालको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

यसरि भयो दुर्घटना 

शुक्रबार दिउँसो नागढुंगाबाट कलंकीतिर आइरेहेको बा ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेल हुँदा अनियन्त्रित भई अन्य ३ सबारी साधनलाई ठक्कर दिएको थियो । ट्रकले सुरुमा कलंकीतिरै आइरहेको बा ६९ प ६२८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपछि अर्को साइडमा गएर थानकोटतर्फ जाँदै गरेको मे १ ख २४३९ नंबरको मिनिट्रकलाई ठक्कर दिएको थियो । 


ठुलो ट्रकबाट ठक्कर खाएको मिनिट्रकले बा १ ज ७९६७ नंबरको ट्याक्सीलाई ठक्कर दिएको थियो । त्यसपछी ठक्कर दिने क्रममा स्कुटर र ट्याक्सी पनि दुर्घटनामा परि क्षतबिक्षत भएको प्रहरीले जनाएको छ । ट्रकका चालक नवलपरासी, बर्दघाटका मनोज भनिने रहेको र उनी दुर्घटनापछि फरार रहेकाले खोजी जारी रहेको बताइएको छ । सो ट्रक भैरहवाबाट सिमेन्ट बोकेर राजधानी आइरहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…