२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नयाँ संरचना अपनाइने

१० चैत्र २०७३, बिहीबार ०६:२४

नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नँया संरचना मार्फत अघि बढ्ने जुम्लाका राजनितिक दलहरुको भनाइ छ । 

जिल्लामा अझै विद्यमान रहेको छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नँया संरचनाका कार्यक्रम मार्फत अभियानका साथ अघि बढ्ने राजनितिक दलहरुले बताएका छन् । आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रमका सहभागि जुम्लाका राजनैतिक दलहरुले यस्तो बताएका हुन् ।   

 स्थानिय तह गाँउपालिकाको संरचनामा संचालन हुने हरेक कार्यक्रमलाइ छुइप्रथा न्युनिकरणका सवालमा केन्द्रीत गर्नुपर्ने भन्दै प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्न र छुइप्रथा न्युनिकरण गर्न राजनैतिक दलहरुले महत्वपुर्ण भुमिका खेल्ने जुम्लाका दलहरुको भनाइ छ । 

जसअन्र्तगत क्याड नेपाल जुम्लाले जिल्लाका सरकारी निकाय, स्थानिय निकाय, राजनितिकदलहरु र संचारकर्मिहरुसँग छाउपढि प्रथा उन्मुलन निर्देशिका २०६४ को कार्यान्वयनको अवस्थाका बिषयमा छलफल सहित समिक्षा गरेको हो ।   

अन्र्तक्रियामा क्याड नेपाल जुम्लाका अनुगमन तथा मुल्यांकल अधिकृत दिपराज रावतले जुम्लाका तत्कालिन हाँकु, ताम्ती, कुडारी, रारालिहि, लाम्रा र तातोपानि गाविसमा क्याड नेपालले गरेको आधार सर्बेक्षणबाट देखिएका केहि तथ्यहरु सार्वजनिक गर्दै कार्यक्षेत्रका गाविसमा हाल विस्तारै छुइप्रथा न्युनिकरण हुदै गएको बताउनुभयो । 

सहभागि राजनैतिक दलका तर्फबाट बोल्दै माओबादि केन्द्रकी दर्शना कुँवरले दलहरुमध्य आफ्नो पार्टि मात्र शसस्त्र द्धन्ददेखि हालसम्म छ्ुइप्रथा विरुद्धमा आवाज उदाउदै आएको दावि गर्दै आगामि दिनमा पनि छुइप्रथा न्युनिकरणका लागि आफ्नो पार्टिको मुख्य एजेण्डा रहने बताउनुभयो ।

 उहाले भन्नुभयो, छुइप्रथा न्युनिकरणका लागि पहिले माओबादिहरुले आवाज उठाएका हुन् तर हाल आएर संघ संस्थाले यस बिषयमा काम गर्न थालेका छन् पक्कैपनि विस्तारै छुइप्रथा न्युनिकरण हुनेमा म विश्वस्त छु । 

नेमकिपा जुम्लाका महेश नेपालिले जुम्लामा मष्टो परम्पराका कारण छुइप्रथा न्युनिकरणमा असहज भएको भन्दै छुइ भएकि महिलाको बास्तविक पिडा सबैलाइ महशुस भएमात्र छुइप्रथा न्युनिकरण गर्न सजिलो हुने दावि गर्नुभयो । क्याड नेपाल जुम्लाकि मानव अधिकार अधिकृत शिता शर्माले संस्थाको मात्र एक्लो प्रयासले केहि संभव नहुने भन्दै जिल्लाका सबै निकायले छुइप्रथा न्युनिकरणका लागि आआफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।

 अन्र्तक्रियामा सहभागि सरकारी निकाय र संचारकर्मिहरुले छुइप्रथा निर्देशिका मात्र नभइ ऐन कानुनको ब्यवस्था गरी छुइप्रथाको कुरीति अन्त्यमा लाग्नुपर्नेमा जोड दिएका छन् । साथै जिल्लाका सरकारी तथा गैर सरकारी निकायलाइ छुइप्रथा अन्त्यका लागि कार्यक्रमका लागि मात्र कार्यक्रम नभएर प्रभावकारी कार्यक्रम संचालन गर्न जुम्लाका संचारकर्मिहरुले सुझाब दिएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य