२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नयाँ संरचना अपनाइने

२०७३, १० चैत्र बिहीबार ०६:२४

नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नँया संरचना मार्फत अघि बढ्ने जुम्लाका राजनितिक दलहरुको भनाइ छ । 

जिल्लामा अझै विद्यमान रहेको छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नँया संरचनाका कार्यक्रम मार्फत अभियानका साथ अघि बढ्ने राजनितिक दलहरुले बताएका छन् । आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रमका सहभागि जुम्लाका राजनैतिक दलहरुले यस्तो बताएका हुन् ।   

 स्थानिय तह गाँउपालिकाको संरचनामा संचालन हुने हरेक कार्यक्रमलाइ छुइप्रथा न्युनिकरणका सवालमा केन्द्रीत गर्नुपर्ने भन्दै प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्न र छुइप्रथा न्युनिकरण गर्न राजनैतिक दलहरुले महत्वपुर्ण भुमिका खेल्ने जुम्लाका दलहरुको भनाइ छ । 

जसअन्र्तगत क्याड नेपाल जुम्लाले जिल्लाका सरकारी निकाय, स्थानिय निकाय, राजनितिकदलहरु र संचारकर्मिहरुसँग छाउपढि प्रथा उन्मुलन निर्देशिका २०६४ को कार्यान्वयनको अवस्थाका बिषयमा छलफल सहित समिक्षा गरेको हो ।   

अन्र्तक्रियामा क्याड नेपाल जुम्लाका अनुगमन तथा मुल्यांकल अधिकृत दिपराज रावतले जुम्लाका तत्कालिन हाँकु, ताम्ती, कुडारी, रारालिहि, लाम्रा र तातोपानि गाविसमा क्याड नेपालले गरेको आधार सर्बेक्षणबाट देखिएका केहि तथ्यहरु सार्वजनिक गर्दै कार्यक्षेत्रका गाविसमा हाल विस्तारै छुइप्रथा न्युनिकरण हुदै गएको बताउनुभयो । 

सहभागि राजनैतिक दलका तर्फबाट बोल्दै माओबादि केन्द्रकी दर्शना कुँवरले दलहरुमध्य आफ्नो पार्टि मात्र शसस्त्र द्धन्ददेखि हालसम्म छ्ुइप्रथा विरुद्धमा आवाज उदाउदै आएको दावि गर्दै आगामि दिनमा पनि छुइप्रथा न्युनिकरणका लागि आफ्नो पार्टिको मुख्य एजेण्डा रहने बताउनुभयो ।

 उहाले भन्नुभयो, छुइप्रथा न्युनिकरणका लागि पहिले माओबादिहरुले आवाज उठाएका हुन् तर हाल आएर संघ संस्थाले यस बिषयमा काम गर्न थालेका छन् पक्कैपनि विस्तारै छुइप्रथा न्युनिकरण हुनेमा म विश्वस्त छु । 

नेमकिपा जुम्लाका महेश नेपालिले जुम्लामा मष्टो परम्पराका कारण छुइप्रथा न्युनिकरणमा असहज भएको भन्दै छुइ भएकि महिलाको बास्तविक पिडा सबैलाइ महशुस भएमात्र छुइप्रथा न्युनिकरण गर्न सजिलो हुने दावि गर्नुभयो । क्याड नेपाल जुम्लाकि मानव अधिकार अधिकृत शिता शर्माले संस्थाको मात्र एक्लो प्रयासले केहि संभव नहुने भन्दै जिल्लाका सबै निकायले छुइप्रथा न्युनिकरणका लागि आआफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।

 अन्र्तक्रियामा सहभागि सरकारी निकाय र संचारकर्मिहरुले छुइप्रथा निर्देशिका मात्र नभइ ऐन कानुनको ब्यवस्था गरी छुइप्रथाको कुरीति अन्त्यमा लाग्नुपर्नेमा जोड दिएका छन् । साथै जिल्लाका सरकारी तथा गैर सरकारी निकायलाइ छुइप्रथा अन्त्यका लागि कार्यक्रमका लागि मात्र कार्यक्रम नभएर प्रभावकारी कार्यक्रम संचालन गर्न जुम्लाका संचारकर्मिहरुले सुझाब दिएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी