चैत ११, काठमाडौँ । सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौँ । सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले ब"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा चारबोरा सुर्तीजन्य पदार्थ नष्ट

११ चैत्र २०७३, शुक्रबार ०७:०५

चैत ११, काठमाडौँ । सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको हो । सरकारले यही चैत १ गतेदेखि निश्चित तोकिएको स्थानबाट मात्र सुर्तीजन्य पदार्थ बेच्न पाउने र त्यसका लागि बिक्री अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रजिअ तथा अनुगमन टोलीका संयोजक प्रेमप्रसाद लुइँटेलले सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न बनेको ऐन, २०६८ को कार्यान्वयन, नियमन ऐन, २०७१ र मन्त्रिपरिषद्ले २०७३ साल माघ ६ गते बिक्री वितरण नियन्त्रण गर्न गरेको निर्णय लागू गराउन अनुगमन गरेको बताउनुभयो । 

टोलीले, सुपरमार्केट, खुद्रा र नाङ्ले पसल, अस्पताल क्षेत्रवरपर गरी ६५ वटा पसलमा अनुगमन गरेको थियो । इजाजतपत्र नलिएका, पत्र लिए पनि उपभोग्य वस्तुसँगै बिक्री गरिएको, धेरै चुरोट ९० प्रतिशत चेतवनीमूलक रङ्गिन चित्रअङ्कित स्वास्थ्य सन्देश नराखी बिक्री–वितरण गरेको पाइएको उहाँले बताउनुभयो । 

सरकारले सुर्तीजन्य पदार्थको अनुगमन गर्नका लागि हरेक जिल्लामा सहायक प्रजिअलाई जिम्मेवारी तोकेको छ । स्वास्थ्य मन्त्रालयले फागुन मसान्तसम्म सुर्तीजन्य पदार्थ बिक्री–वितरणका लागि अन्तः शुल्कमा दर्ता भई राजस्व कार्यालयबाट अनुमतिपत्र लिई तोकिएको स्थानबाट मात्र बिक्री गर्न निर्देशन दिएको थियो । पसलमा १८ वर्ष मुनिका बालबालिकाले बेचेको, छुट्टै ठाउँको व्यवस्था नगरी किराना पसलमा बेचेको, इजाजत नलिएको, मापदण्डअनुसारको बोर्ड नराखी बेचेको फेला पारेपछि नियन्त्रणमा लिई नष्ट गरेको अनुगमन टोलीले जानकारी दिएको छ । 

टोलीमा जनस्वास्थ्य कार्यालय, सुरक्षा निकाय र जिप्रकाका बजार अनुगमन अधिकारी र सञ्चारकर्मीको संलग्नता थियो । अनुगमन टोलीले आज कलङ्की, कालीमाटी, बालाजु, नयाँपार्क र चाबहिल क्षेत्रमा अनुगमन गर्ने अनुगमन टोलीका संयोजकसमेत रहनुभएका सहायक प्रजिअ लुइँटेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का