चैत ११, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क राखिएको छ । 

प्राधिकरणको वेभसाइट डब्ल्युडब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क राखिएको छ । 

प्राधिकरणको वेभसाइट डब्ल्युडब"/>

2026-07-24 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राधिकरणको वेभसाइटमा पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क

चैत ११, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क राखिएको छ । 

प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपी (WWW.NRA.GOV.NP)मा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ छ । यो सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । 

प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै छ । प्राधिकरणका प्रवक्ता यामलाल भुसाल नै त्यति घर नबनेको बताउँछन् । 

“वेभसाइटमा गलत तथ्याङ्क छ, त्यति घर बनेका छैनन्, अब त्यसलाई हटाइन्छ”–उनले भने । सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार चार सय ८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए । 

“आजसम्म निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारिस गरिएकाको सङ्ख्या पाँच हजार ७३०, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३३९ छ”–उनले भने । 

मन्त्रालयअन्तर्गत जिल्ला जिल्लामा खटिएका इन्जिनियरले एकाइमा पठाएको तथ्याङ्कअनुसार हालसम्म १६ हजार ५१५ पीडितले अनुदान पाउनु अगावै घर निर्माण सम्पन्न गरेका छन् । मन्त्रालयको यो तथ्याङ्कसँग प्राधिकरणको वेभसाइटमा राखिएको तथ्याङ्क मिल्दैन । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका करिब नौ लाख घर पुनःनिर्माण गर्न सहयोग गर्ने उद्देश्यले गठन गरिएको प्राधिकरणले तथ्याङ्कमै बनाएको देखाएर पीडितको घर नबन्ने खतरा बढेको प्रभावित जिल्लाका स्थानीयवासीको गुनासो छ । प्राधिकरणका कार्यकारी सदस्य डा हरिराम पराजुलीले सहरी विकास मन्त्रालयबाट आउने तथ्याङ्क नै सही भएको बताउँछन् । 

“आधिकारिक तथ्याङ्क सहरी विकास मन्त्रालयबाट आउने हो, त्यस बाहेकको तथ्याङ्क गलत हो”–उनले भने । प्राधिकरणजस्तो संस्थाले प्रचारकै लागि बढी घर बनेको देखाउन गलत तथ्याङ्क वेभसाइटमा राखेको छ । यो तथ्याङ्क कुन स्रोतबाट आएर राखेको त्यसको जवाफ प्रवक्ता र कार्यकारी सदस्यले दिन सकेनन् । 

लाप्राकमा नमुना बस्ती निर्माण गर्न प्राधिकरणको स्वीकृति 

प्राधिकरणले गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्न गैर आवासीय नेपाली सङ्घलाई स्वीकृति दिएको छ । प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबारको बैठकले भूकम्प प्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा सङ्घलाई नमुना बस्ती निर्माण गर्ने स्वीकृति दिएको हो । 

प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिब ६०० नमुना घरका लागि भूकम्प प्रतिरोधी डिजाइनमा केही परिमार्जन गरी पेस गर्ने सर्तमा बस्ती निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुला गरेको हो । 

गैरआवासीय नेपाली सङ्घले गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि ६०० नमुना घर बनाउने घोषणा गरेको थियो । करिब रु ३५ करोडको लागत अनुमान गरिएको लाप्राक नमुना बस्ती आगामी असोजसम्म निर्माण सम्पन्न गरिसक्ने सङ्घको योजना छ । 

यसैबीच प्राधिकरणका कार्यकारी सदस्य पराजुली संयोजक रहेको समितिले मापदण्ड नपुर्याइ बनाइएका घरलाई प्रवलीकरण गरी तोकिएको मापदण्ड पुर्याउने गरी बाटो खोलिदिएको छ । 

समितिको बिहीबारको बैठकले काठ, रड, ग्याबिन तार र कङ्क्रिट पोलले बाँधी मापदण्ड नपुगेका घरलाई भूकम्प प्रतिरोधी बनाउन सकिने विधि पारित गरेको छ । 

समितिले पारित गरेको प्रक्रियाअनुसार अब निर्माण भएका घरलाई स्थलगत रुपमा खटिएका इन्जिनियरले नम्बर दिने छन् । सबै प्रक्रिया पुगेका घरले १०० नम्बर पाउने छ । प्रक्रिया नपुगेमा त्यसै अनुसार नम्बर घट्ने छ । भूकम्प प्रतिरोधी घरका लागि ८५ अङ्क पाउनुपर्ने समितिले जनाएको छ । पूर्णप्रसाद मिश्र / रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक