Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति

By साझासवाल 2 मिनेट पढाइ

काठमाडौं । दीपावली गर्न बालिएको दियोबाट काठमाडौँको गौशालास्थित एक पसलमा आगो सल्किदा चार लाख रुपैयाँ बराबरको क्षती भएको छ । काठमाडौँ–८ स्थित राम मन्दिर नजिकै चटपटे र किराना पसलमा गएराति आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

आगलागीका कारण करिब ४ लाख बराबरको धनमाल क्षति भएको आलकन गरिएको छ । गए राति आगलागी सुरु भएपछि माथिल्लो तलामा सुतिरहेका ७० वर्षीय सौभाग्य विक्रम शाहलाई गौशालाका डीएसपी सुकेदव खनाल नेतृत्वको टिमले उद्धार गरेको थियो ।

दीपावली गर्न बालिएको बत्तीबाट सुरु भएको आगो फैलिएर खाना पकाउने ग्याँस पड्किएको थियो । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।