2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन?

काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपीएल) को २०२५ सिजनका लागि क्लबहरूले रिटेन खेलाडीहरूको सूची सार्वजनिक गरेका छन्। स्टार खेलाडी महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, र जसप्रित बुमराहलगायतका खेलाडीहरू रिटेन भएका छन्।

धोनीलाई चेन्नईले ४ करोडमा रिटेन गरेको छ भने कोहलीलाई रोयल च्यालेन्जर्स बैंगलोरले २१ करोडमा रिटेन गरेको छ। रोहित शर्मा १६.३० करोडमा, हार्दिक पाण्ड्या १६.३५ करोडमा, र जसप्रित बुमराह १८ करोडमा रिटेन भएका छन्। सनराइजर्स हैदराबादले हेनरिक क्लासेनलाई २३ करोडमा रिटेन गरेको छ। यसैगरी, सनराइजर्सले ५ खेलाडी रिटेन गरेको छ जसमा पैट कमिन्स १८ करोड, अभिषेक शर्मा र ट्रेभिस हेड १४-१४ करोडमा र नितिश कुमार रेड्डी ६ करोडमा रिटेन भएका छन्।

दिल्लीले पनि ४ खेलाडी रिटेन गरेको छ जसमा अक्षर पटेल १६.५ करोड, कुलदीप यादव १३.२५ करोड, ट्रिस्टल स्टब्स १० करोड र अभिषेक परेल ४ करोडमा रहेका छन्।

रोयल च्यालेन्जर्स बैंगलोरले विराट कोहलीसहित तीन खेलाडी रिटेन गरेको छ, जहाँ कोहली २१ करोड, रजत पाटिदार ११ करोड र यश दयाल ५ करोडमा रिटेन भएका छन्।

राजस्थानले ६ खेलाडी रिटेन गरेको छ जसमा सन्जु सैमसन, यजस्वी जयसवाल, रियान पराग सबै १८ करोडमा, ध्रुव जरेल १४ करोड, शिमरोन हेटमायर ११ करोड र सन्दीप शर्मा ४ करोडमा रिटेन भएका छन्।

चेन्नईले धोनीसहित ५ खेलाडी रिटेन गरेको छ, जसमा ऋतुराज गायकवाड १८ करोड, माथीशा पाथिराना १३ करोड, शिवम दुबे १२ करोड र रविन्द्र जडेजा १८ करोडमा रिटेन भएका छन्।

मुम्बई इन्डियन्सले रोहित, हार्दिक र बुमराहसँगै सूर्यकुमार यादवलाई १६.३५ करोड र तिलक वर्मालाई ८ करोडमा रिटेन गरेको छ। कोलकत्ताले ६ खेलाडी रिटेन गरेको छ जसमा रिंकु सिंह १३ करोड, वरुण चक्रवर्ति, सुनिल नरेन, र आन्द्रे रसेल सबै १२ करोडमा रिटेन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा