2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैँसी पालेरै महिनाको ६५ हजार कमाउछन नुवाकोटका भीमसेन पनेरु

April 3, 2017

चैत २१, नुवाकोट । ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक रु ६५ हजार कमाउनुहुन्छ । गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गर्नुभएका उहाँले दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल हुनुभएको हो । 

“विदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँसीपालनबाट छोटो समयमै मनग्य आम्दानी गर्न सफल भएको छु”, ३६ वर्षीय युवा किसान पनेरुले भन्नुभयो, “रोजगारका लागि साउदी अरब पुगेर बगाएको पसिना र भोगेको दुःख देख्दा आफ्नै देशमा पसिना बगाए राम्रो कमाउन सकिन्छ भनेर उतै योजना बनाएको थिए, अहिले पाँचवटा भैँसीबाट महिनाको रु ४५ हजार बचत गर्दै आएको छ ।” 

रु एक लाखका दरले पाँच लाखको लगानीमा पाँचवटा भैँसी पाल्नुभएका पनेरुको पिपलबोट पशुपक्षी फार्म सुरु गरेको एक वर्ष भएको छ । दैनिक ४० लिटर दूध बिक्री गरी रु ६५ हजार आम्दानी हुने गरेकामा भँैसीलाई दाना र खाद्यान्नमा खर्च गरेर रु ४५ हजार बचाउँदै आएको उहाँको भनाइ छ । “काम पनि गाह्रो छैन, समय पनि धेरै दिनु पर्दैन”, पनेरुले भन्नुभयो, “परिवारका सदस्यको सहयोगमा खेतीपाती र अरू काम गरेरै पाँचवटा भैँसी पालेर विदेशी भूमिको जति कमाई यहीँ निकालेको छु ।” 

उहाँले पाँचवटा भैँसीको आहाराका लागि आफ्नै दश रोपनी जग्गामा जई र टाँकी घाँस लगाउनुभएको छ । हरियो घाँस खुवाउँदा दाना खरिद गर्नु पनि परेको छैन भने उत्पादन भएको दूधको पनि गुणस्तर राम्रो हँुदा आम्दानीमा हुँदै आएको वृद्धिले पनेरु परिवार उत्साहित छ । 

विदेशी भूमिको चर्को गर्मीमा पूरै दिन गर्ने कामले नेपालमा नै गर्दा विदेशको भन्दा राम्रो कमाई गर्न सक्ने मनोबलका साथ सुरु गरेको भैँसीपालन व्यवसायमा पाएको सफलताले अन्य युवालाई अनुसरण गराउन पनेरु उदाहरणीय व्यक्ति रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बताउनुभयो । 

“यहाँ जति काम गरे पनि पैसा कमाइँदैन भन्ने भावना भएका व्यक्तिलाई अहिले हामी नमुना किसानका रुपमा चिनाउन थालेका छौँ”, वरिष्ठ पशु विकास अधिकृत भट्टले भन्नुभयो, “कृषिमा होमिने र पशुपक्षी पालनमा लाग्ने युवाको सङ्ख्याले व्यावसायिकता र आधाुनिकताको विकास सुरु भएको छ । पशु सेवा कार्यालयले व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको बीउ, पशुपालन तालिम, प्राविधिक सहयोग, सुधारिएको गोठ निर्माणलगायतमा अनुदान दिँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक