चैत २५, काठमाडौँ । नेपाल–भारत सम्बन्धको सबै पक्ष अध्ययन गरेर प्रतिवेदन दिने म्यान्डेट पाएको प्रबुद्ध व्यक्ति समूहको तेस्रो बैठकमा नेपालले १९५० को सन्धिका चार धाराले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २५, काठमाडौँ । नेपाल–भारत सम्बन्धको सबै पक्ष अध्ययन गरेर प्रतिवेदन दिने म्यान्डेट पाएको प्रबुद्ध व्यक्ति समूहको तेस्रो बैठकमा नेपालले १९५० को सन्धिका चार धाराले "/>
2026-06-18 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् १९५० को सन्धि खारेजी कि संशोधन ?

2017-04-07

चैत २५, काठमाडौँ । नेपाल–भारत सम्बन्धको सबै पक्ष अध्ययन गरेर प्रतिवेदन दिने म्यान्डेट पाएको प्रबुद्ध व्यक्ति समूहको तेस्रो बैठकमा नेपालले १९५० को सन्धिका चार धाराले नेपाललाई अप्ठ्यारो परेको धारणा राखेको छ । 

तर, सन्धि संशोधन गर्ने कि खारेज गरेर नयाँ सन्धि गर्र्ने भन्नेमा नेपालले स्पष्ट धारणा राखेको छैन । इपिजीको बिहीबारको बैठकमा भारतीय पक्षको पनि ठोस जवाफ आएन । ‘सन्धि पुनरावलोकन गर्ने कि खारेज गर्ने भन्ने विषयमा छलफल हुन बाँकी छ । त्यसलाई समसामयिक बनाउन खोजिएको छ,’ ‘इपिजीको नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘के गर्ने भन्ने छलफलका क्रममा अन्तिममा थाहा होला ।’

सन्धि असान्दर्भिक भएको भन्नेमा भारतीयहरू छलफल गर्न तयार रहेको र यसलाई सकारात्मक रूपमा लिनुपर्ने थापाले बताए । ‘पहिला कुरा राख्दा भारतीयहरू कानमा तेल हालेझैँ गरेर बस्थे,’ उनले भने, ‘अहिले भारतीयहरू पनि सिरियस छन् । कुरा सुन्न र छलफल गर्न तयार भएका छन् ।’

नेपालका तर्फबाट सदस्य नीलाम्बर आचार्यले बुधबारको बैठकमा सन्धिका असान्दर्भिक धारा भन्दै २, ५, ६ र ७ ले नेपाललाई अप्ठेरो पारेको बताएका थिए । इपिजी सचिवालय नारायणहिटीमा सञ्चारकर्मीसँग आचार्यले भने, ‘मैले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर प्रस्तुतीकरण गरेको छु ।’

संयोजक थापाका अनुसार १९५० को सन्धिमा पहिले र अहिलेको अवस्था फरक रहेको विषयमा भारतीय पक्षले पनि महसुस गरेको छ । ‘भारतीयहरूले पनि अहिले कुरा सुनेका छन् । किनभने दुवै देशका प्रशासनिक उच्च तहमा नै यसबारे परिमार्जन गर्ने सहमति भइसकेको छ,’ थापाले भने, ‘वार्ता सौहार्दपूर्ण भएको छ । हाम्रो कुरा भारत पक्षले सुनेका छन्, उनीहरूको कुरा पनि हामीले सुनेका छौँ ।’

तेस्रो बैठकमा १९५० को सन्धि, जलस्रोत, व्यापार तथा पारवहन, सीमावर्ती क्षेत्रमा देखिएका समस्या र सीमाको समग्र व्यवस्थापनबारे पनि कुराकानी भएको थापाले बताए । नेपाली पक्षले नेपालको अन्तराष्ट्रिय भूमिका विस्तार भएको, शान्तिस्थापक सेनादेखि अन्य अन्तर्राष्ट्रिय गतिविधिमा नेपालको संलग्नता बढेको, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य पनि बदलिएको भन्दै सन्धि–सम्झौताका असान्दर्भिक विषय हटाउनुपर्ने धारणा राखेको थापाको भनाइ थियो । ‘हामीले प्रस्तुत गरेका विषयमा के–के गर्ने, छलफलपछिका विषयलाई कुन स्वरूप दिने भन्नेमा अर्को बैठकमा कुराकानी होला,’ उनले भने ।

१५ जेठमा अर्को बैठक

इपिजीको चौथो बैठक भारत उत्तराखण्डको राजधानी देहरादुनमा १५ देखि १७ जेठसम्म आयोजना हुनेछ । भारतीय पक्षले सो बैठक आयोजना गर्ने नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले जानकारी दिए । यसअघि दोस्रो बैठक १८ र १९ असोजमा नयाँदिल्लीमा भएको थियो । 

पहिलो बैठक भने नेपालले २० र २१ असारमा काठमाडौंमा आयोजना गरेको थियो । नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठकको पहिलो एजेन्डा १९५० को शान्ति तथा मैत्री सन्धि थियो । बैठकमा नेपालतर्फबाट डा. भेषबहादुर थापा, राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय तथा भारतबाट भगतसिंह कोसियारी, जयन्तप्रसाद, डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी