बैशाख ३, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । 
"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ मुग्लिन सडक खण्डः विस्फोट गर्न माग

२०७४, ३ बैशाख आईतवार ०७:४२


बैशाख ३, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । 

सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किमीदेखि एक सय मि लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार चार दिनअघि सो क्षेत्रको निर्माण गर्दैआएको सुप्रिम रौताहा जेभीले आयोजनाका परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको हो । खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएका क्षेत्रमा झन्डै ८० मि अग्लो पहाड छ । 

त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर छ । सो क्षेत्रमा सडक ५ दशमलव ५० मि चौडा मात्रै रहेको छ । जहाँ ९ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ । परामर्शदाता कम्पनीले अध्ययन गरी विस्फोट गर्न उपयुक्त देखिएमा आयोजनालाई सिफारिस गर्ने छ । 

इ खनालका अनुसार विस्फोट आफैँमा चुनौतीपूर्ण काम भएकाले परामर्शदाताले विस्तृत अध्ययन गरेपछि मात्र काम गर्न हुने वा नहुने सिफारिस गरिने बताउनुभयो । विस्फोट गर्नुपर्दा पूरै पहाड खस्न सक्ने, पछि पनि फेरि पहिरो खसिरहन सक्ने, लामो समयसम्म सडक बन्द हुने जस्ता समस्या आउन सक्ने देखिएको छ । 

यसअघि नै निर्माण कम्पनीको मागअनुसार परामर्शदाताले क्यान्टिलिबर पद्धतिबाट सडक फराकिलो बनाउन अनुमति दिइसकेको छ । सोअन्तर्गत ठूला सिमेन्टका स्ल्याप निर्माण गरी सडकमा बिच्छाएर सडक चौडा गर्न सकिन्छ । सो क्षेत्रमा एक दशमलव ५ मि सडकको चौडा क्यान्टिलिबर पद्धतिबाट गर्न आयोजनाले अनुमति दिइसकेको छ । 

मुग्लिनबाट नारायणगढतर्फ एक किमी क्षेत्रमा करिब २५० मि लम्बाइमा क्यान्टिलिबर पद्धतिबाट काम गर्न अनुमति दिइएको हो । भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाउँदै दुई पटक समय थप गरिसकिएको छ । हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुङ्गासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन । दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किमीमा तीन सय मि र घुमाउनेमा दुई सय मि सडक चौडा गर्नुपर्ने हुन्छ । हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक छ जसलाई ११ मि फराकिलो बनाउनुपर्ने हुन्छ । 

करिब ४४ मि अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशत मात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताउनुभयो । 

त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिनसम्मको जलबिरेमा दुई सय मि र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँ ठाउँमा गरी पाँच सय मि सडक चौडा गर्नुपर्ने हुन्छ । इ खनालका अनुसार जलबिरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म दश प्रतिशत मात्र काम भएको छ । 

कालीखोलादेखि मुग्लिनसम्मको भागमा पाँच दशमलव पाँच मि मात्र सडक फराकिलो छ, जसलाई नौ मि फराकिलो पु¥याउनुपर्ने छ । सो क्षेत्रमा ८० मि माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ । 

तीन खण्ड बनाएर विस्तार थालिएको सो सडक खण्डका ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै मिति थप माग गरेपछि पहिलो दुई खण्डमा सात महिना र तेस्रो खण्डमा आठ महिना समय थप गरिसकिएको छ । सोअनुरुप आँपटारीदेखि दासढङ्गासम्मको पहिलो खण्डको सात महिना मिति थप गरी आगामी भदौ ९ गते काम सम्पन्न गर्नुपर्ने हुन्छ । 

दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा आगामी मङ्सिर १२ गते सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डको पुस ६ गते सम्पन्न गर्न मिति थप गरिएको हो । विसं २०७१ चैत २६ गतेदेखि काम थालिएको हो । 

तेत्तिस किमी सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा