९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा पश्चिम पहाड भू–परिधि कार्यक्रम लागू हुने

७ बैशाख २०७४, बिहीबार ०५:२३

बैशाख ७, जुम्ला | राष्ट्रिय वन विकास तथा व्यवस्थापनअन्तर्गत जुम्लामा पश्चिम पहाड भू–परिधि कार्यक्रम लागू हुने भएको छ । 

जिल्ला वन कार्यालय जुम्लाले आव २०७३÷७४ भित्रै चारवटा विषयगत क्षेत्रमा परीक्षण परियोजनाका रुपमा कार्यक्रम लागू गर्ने भएको हो । परियोजनाअन्तर्गत वन कार्यालयले जैविक विविधिता संरक्षण तथा पर्या–पर्यटन, कृषि वन प्रवद्र्धन, वन संरक्षण तथा व्यवस्थापन र आयआर्जन, वित्तीय व्यवस्थापन तथा उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

जैविक विविधता संरक्षण तथा पर्या–पर्यटनतर्फ रेडपान्डा (हाब्रे), कस्तुरी मृग, हिमाली भालु तथा डाँफेको संरक्षणमा जनचेतना, क्लस्टर वन्यजन्तु संरक्षण तथा नियन्त्रणार्थ सञ्जाल निर्माण तथा गठन, सूचनामूलक कार्यक्रम, विद्यालयस्तरमा विविधता संरक्षणसम्बन्धी शिक्षा, सामुदायिक वनमा पर्या–पर्यटन सहयोग कार्यक्रम सञ्चालन हुने वन अधिकृत श्रेष्ठले बताउनुभयो । 

त्यसैगरी, कृषि वन प्रवद्र्धनतर्फ ओखर र जैतुन वितरण तथा रोपण सहयोग, वन संरक्षण तथा व्यवस्थापनतर्फ वन लसुन, जटामसी, लौठसल्ला, सतुवाको स्थानीय संरक्षण, लोपोन्मुख जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको दिगो संरक्षण, सङ्कलन तथा प्रशोधनसम्बन्धी तालिम, वन डढेलो नियन्त्रण तथा व्यवस्थापन, वन नर्सरी उन्नति, हरितगृह मर्मत तथा निर्माण सहयोग र वृक्षारोपणका साथै प्रचारप्रसार र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । 

उहाँका अनुसार आयआर्जन वित्तीय व्यवस्थापन तथा उद्यम विकास कार्यक्रमअन्तर्गत सामुदायिक वनमा विपन्न वर्गका लागि आयआर्जन र क्लस्टरमा आयमूलक तालिम संचालन गरिनेछ । रु १४ लाख बजेटमा जुम्लाको पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिकासहित साबिकको बुम्रमाडीचौर र बोतामालिकालाई समेटेर कार्यक्रम गर्नुपर्ने जिल्ला वन समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिनुभयो । 

“मान्छेका लागि वन, वनको सुन्दरता जनावर र त्यससँग हाम्रो अस्तित्व जोडिएको हुन्छ,” उहाँले भन्नुभयो । वन, पर्यावरण र जैविक विविधता तथा वन्यजन्तु संरक्षणका लागि हातहतियार नियन्त्रण तथा गोप्य सूचना प्रणालीलाई कार्यान्वयनमा लैजानुपर्नेमा उहाँको जोड थियो । 

यसैबीच, नेमकिपाका पार्टी प्रतिनिधि राजेश्वर देवकोटा, राप्रपाका प्रतिनिधि गोर्खबहादुर सुनार, नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढ्थापा र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जुम्लाका अध्यक्ष पूर्णशेखर देवकोटाले वन व्यवस्थापनार्थ विगतमा बनेका समूहलाई क्रियाशील बनाएर लैजान, कार्यक्रम प्रभावकारितामा जोड दिन र अनुगमन तथा निरीक्षण प्रणालीलाई सशक्त बनाएर लान सुझाव दिनु भएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना