2026-09-08 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको चेपाङ गाउँमा खानेपानीको हाहाकार

बैशाख १४, गोरखा । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक गाउँस्थित छतिवनगैरामा पानीको मूल सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या झेल्नुपरेको छ । 

दुई वर्षअघिको ‘गोरखा भूकम्प’ ले गाउँ नजिकका पानीका मुहान सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या खेप्दै आएका छन् । एउटा कुवाको पानीको भरमा छतिवनगैराका २५ घरधुरी चेपाङ छन् । गाउँदेखि आधा घन्टा टाढा चापखोलाको मुहानमा पानी भर्न सबेरै गाग्री, जर्किन, बोतल लिएर चेपाङहरु लाइन लाग्छन् । बाह्रै महिना अनिकाल लाग्ने यो गाउँमा दुई वर्षदेखि पानीको पनि हाहाकार भएको छ । 

भूकम्पपछि पानीका मुहान सुक्दा धित मारेर पानी पिउन नपाएको गुनासो छतिवनगैराका बुद्धिमान चेपाङको छ । “गाउँलेहरु पानी लिन बिहान ४ बजे चापखोला पुग्छन्”, चेपाङले भन्नुभयो । 

त्रिशूली नदीको पानी जेनेरेटर लगाएर तान्न सकेमा गाउँमा पानीको हाहाकार टार्न सकिने र तरकारी बाली सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो । छतिवनगैराका केही गाउँलेले तरकारीखेती गरी मनग्य आम्दानी पनि लिएका छन् । तर, पानीको समस्याले दुई वर्षदेखि तरकारी फलाउन सकिएको छैन । 

छतिवनगैराका मिलन चेपाङका अनुसार सप्रोप नामक संस्थाले खानेपानीको व्यवस्था गर्दै धारा बनाइदिए पनि चुन मिसिएको लेदोसहितको पानीले पाइप टालियो । गाउँमा खानेपानीको समस्या भएको थाहा पाएपछि युनिसेफ नामक संस्थाले खानेपानी योजना निर्माणमा सघाउने भयो । 

युनिसेफको सहयोगमा नयाँ मुहान खोजेर गाउँमा धारासहित पानी ल्याएको केही समयमा नै मुहानमा पानी सुकेपछि गाउँले पुनः खानेपानीको समस्याबाट गुज्रिएका हुन् । स्थानीय शिक्षकसमेत रहेका अनुप चेपाङका अनुसार खानेपानीका योजना बनाइदिने भन्दै इको नेपाल र पद्धति विकास सेवा केन्द्र नामक संस्थाहरु गाउँ पुगे पनि योजनाको काम सुरु गरेका छैनन् । योजना सम्झौता भएको चार महिना बिते पनि काम हुन सकेको छैन । 

पानी लिन खोला पुगेका बालबालिका समयमै घर नफर्कंदा विद्यालय जानबाटै वञ्चित हुनुपरेको छतिवनगैराका कमल चेपाङले गुनासो गर्नुभयो । सरकारले जनता आवास कार्यक्रममार्फत चेपाङ समुदायलाई घर बनाउँदै आए पनि पानीको समस्या हुँदा नयाँ घर निर्माण गर्न समस्या छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम