-विक्रम ढुङ्गाना 

श्रम गरी वा परिश्रम, पसिना बगाई जिविकोपार्जन गर्ने व्यक्तिलाई मजदुर भनिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -विक्रम ढुङ्गाना 

श्रम गरी वा परिश्रम, पसिना बगाई जिविकोपार्जन गर्ने व्यक्तिलाई मजदुर भनिन"/>

९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मजदुर आन्दोलननै कम्यूनिष्ट स्थापनाको जग हो

१८ बैशाख २०७४, सोमबार ०५:४५

-विक्रम ढुङ्गाना 

श्रम गरी वा परिश्रम, पसिना बगाई जिविकोपार्जन गर्ने व्यक्तिलाई मजदुर भनिन्छ । मानव समाजको विकास क्रम सँगै मजदुरहरुको विभिन्न रुपसँगै फेरबदल हुदै आएपनि, समाजशास्त्रीय दृष्टिले मानव समाजले मुख्यताः चार चरण आदीमसाम्यबाद युग, दास युग, सामान्ती युग र पुजीबादी युगमा मानिसले मानिसलाईनै एउटा दास बनाउने वा धनिले गरिवलाई किनेर राख्ने शिलशिलाले मजदुरहरुको खाँचो सँगै मजदुर बर्गको विकास क्रमलाई जोडेको देखाउँछ ।

विकासका क्रममा जब मानव समाज मानसिक र शारिरिक श्रम गर्ने दुइ अलग अलग कित्तामा विभाजित हुन पुग्दछ । तब दर्शन शास्त्रमा पनि दुइ भिन्न धारको विकास हुन थाल्दछ । समाजको मानसिक श्रम गर्ने कित्ता मालिक र शारिरिक श्रम गर्ने व्यक्ति दास वा मजदुरका रुपमा स्थापित हुन पुगेको देखिन्छ । यही यथार्थ सँग दर्शन पनि मालिकहरुको पक्षपोषण गर्ने प्रत्याबादी धारा र श्रमजिविहरुको पक्षपोषण गर्ने भौतिक बादी धारामा विभाजित र विकसित हुदै गयो । क्रमसँगै मजदुर र पूजिपती विचको अन्तरविरोध  मानव इतिहासमा प्रदान बनेर उपश्थित भयो । त्यहि मजदुर सर्वहारा बर्ग हो । उद्योग धन्दाको द्रुत विकास सँगै युरोपमा सर्वहारा मजदुर विकसीत हुन पुग्यो अन्ततः ५ प्रतिशत संख्याको पुजीपति मालिकहरु र ९५ प्रतिशत सर्वहारा मजदुरका विच अन्तहिन संघर्ष शुरु भयो । अब पुजीपति र श्रमिक विच अर्थात् मालिक र मजदुरविच मानव इतिहासको प्रदान अन्तरविरोध खडा भयो ।

करोडौ श्रमिकहरुको जिवनदशा संकटग्रस्त बनिरहेको ऐतिहासिक पृष्ठभूमिमा जर्मनीमा कार्ल माक्सको जन्म भयो । जर्मनीमानै जन्मेका फ्रेडिक एङ्गेल्सका साथ माक्स सर्वहारा बर्गका हितार्थ विचारकका रुपमा उपश्थीत भए । माक्र्स एङ्गेल्सको अभिलेखनमा सन् १८४८ मा कम्यूनिष्ट पार्टीको घोषणा पत्र जारी गरियो । जून घोषणा पत्रले सर्वहारा बर्गको कम्युनिष्ट पार्टीको निर्माणद्वारा उत्पीडित बर्ग तथा उत्पीडित राष्ट्रहरुको पक्षमा बर्ग संघर्षको सिद्धान्त प्रस्तुत ग¥यो । जसले रणनीतिमा अन्तराष्ट्रिय जाती तर्फ दुनियाँलाई केन्द्रित गर्दै आआफ्नो ठाउँमा डटौं भनेर कार्य नीतिक रुपमा विभिन्न राष्ट्रियताका श्रमिकहरुलाई आह्वान ग¥यो । किसानको हसियाँ र मजदुरको हथौडालाई एकिकृत गरेर कम्यूनिष्ट पार्टीको झण्डा स्थापीत ग¥यो । 

बर्ग संघर्षको मैदानमा स्वयमं अग्रसर भएर नेतृत्व दिए  र प्रथम कम्युनिष्ट अन्तराष्ट्रिय स्थापना र संचालन गरे । कम्युनिष्ट पार्टीको घोषणा पत्र प्रकाशित हुनुभन्दा पहिल्यैनै  फ्रान्स, बेल्जीयम, स्वीजरल्याण्ड, जर्मनी लगायतका युरोपिन देशहरु अमेरिकामा समेत मजुदर आन्दोलनहरु अगाडि बढेका थिए । इङ्ल्याण्डको चाटिस आन्दोलन यसको उदाहरण हो । इङ्ल्याण्डमा सन् १८२४ मानै मजदुरहरुलाई राज्यले केहि कानूनी सुविधा दिइ सकेको थियो । मजदुर आन्दोलनकै कारण युरोपको विभिन्न देशमा समाजबादी विचारहरुको जन्म हुन थाल्यो । यी विचारहरुले िसमाजको ऐतिहासिक विकास बैज्ञानिक नियमबाट नभई तत्तकालीन समयमा  मजदुरहरुको दयनीय अबस्थाबाट प्रभावित भएर हो भन्ने बुझिन्छ । जून एङ्गल्सले आफ्नो पुस्तक “समाजबाद काल्पानिक तथा बैज्ञानिक” मा राम्ररी प्रकाश पारेका छन् । यसरी हेर्दा माक्र्स र एङ्गल्र्सले कम्युनिष्ट पार्टीको घोषणा पत्र जारी गर्नुभन्दा पहिल्यैनै मजदुर आन्दोलन र समाजबादी आन्दोलनहरु अस्तित्वमा आइसकेका थिए । अस्तित्वमा आएका ती विचारहरु अबैज्ञानिक र अ्बस्तुबादी भएकोले त्यसलाई बैज्ञानिक र क्रान्तिकारी ढंगबाट संश्लेषण गरी ठोष गरिएका विचारलाई कम्युनिष्ट पार्टीका घोषणा पत्रका नाममा सन् १८४८ मा माक्र्स एङ्गल्र्सबाट भएको हो ।

सर्वप्रथम जर्मनी भाषामा प्रकाशित भएको कम्युनिष्ट पार्टीको घोषणा पत्र हाल सम्म विश्वका सवै देशका मुख्य भाषाहरुमा प्रकाशित भइसकेको छ । माक्र्स एङ्गल्र्सले कम्युनिष्ट पार्टीको घोषणा पत्र जारी गर्दै समाजमा रहेका सवै प्रकारका गलत विचार, दृष्किोण, दर्शन, चिन्तनका विरुद्ध व्यापक बैचारिक संघर्ष गर्दै विश्वका सर्वहारा बर्गलाई एक भएर उठ्न आह्वान गरे ।

यसैक्रममा २८ सेप्टेम्बर १८६४ मा माक्र्स एङ्गल्र्सको अगुवाइमा प्रथम अन्तराष्ट्रिय स्थापना भयो  ।स्थापना सँगै विश्वका कम्युनिष्ट पार्टीहरुलाई एउटै अन्तरािष्ट्रय छाता संगठनमुनि गोलबन्द गर्ने अभियान  शुरु गरेर ‘विश्वका मजदुर एक हौ’ भन्ने कम्युनिष्ट घोषणा पत्रको संन्देशलाई सार्थकता प्रदान गर्ने ऐतिहासिक कार्यभार पुरा गरे ।

प्रथम अन्तराष्ट्रिय गठन सँगै यसको नेतृत्व र प्रभावमा फ्रान्सको मजदुर आन्दोलनमार्फत त्यहाँको सर्वहारा बर्गले इतिहासमा पहिलो पटक १८ मार्च १८७१ मा राज्यसत्ता कब्जा गर्न सफल भए । ७२ दिनसम्म चलेको इतिहासको पहिलो सर्वहारा बर्गिय राज्यसत्ताले संसारभरीका क्रान्तिकारी र सर्वहारा वर्गलाई पुजीपतिबाट राज्यसत्ता दिन, लिन सकिन्छ भन्ने बलियो सन्देश दिन सफल भयो । 

यसै गरी एङगल्र्सको नेतृत्वमा विश्वकै रचयित आन्दोलन  जून मजदुरहरुको निम्ती गौरबको विषय बनेको थियो । सन् १८७६ मे १ मा अमेरीकाको सिकाको शहरमा शुरु भएको मजदुर आन्दोलनले अमेरिकन सरकारलाई घुडा टेक्न बाध्य बनाएको थियो । विडाम्बनाको कुरा यो थियो कि उत्त आन्दोलनमा एङ्गल्र्सलाई मृत्युदण्ड दिइएको थियो । अमेरिकाका मजदुरले निर्णायक अन्दोदन शुरु गरेको मे १ लाई सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको संसारभरका मजदुरको प्रतिनिधिहरुको बैठकले मे १लाई  अन्तराष्ट्रिय मजदुर दिवसका रुपमा हरेक राष्ट्रहरुमा मनाउँदै आएका छन् ।


राजनीतिक अर्थशास्त्रको आलोचना शिर्षक कार्ल माक्र्सको पुस्तकप्रति सवैभन्दा बढी रुचि  रसियाली मजदुर जगतमा प्रस्तुत भएको थियो । रुसमा जारशाहीको अत्यचार पराकाष्ठामा पुगेको थियो । त्यसबेला रुसमा क्रान्तिकारीहरुको आक्रमण शैली षड्यन्त्रकारी प्रकारको थियो । एक दस्ताको नेतृत्व गरेर जारशाही विरुद्ध हमला गर्दा अलेकजेन्डर मारिए । शहिद अलेक जेन्डरका भाइनै भ्लादिमिर इलिच ( लेलिन) थिए ।

 तत्तकालीन रुसि आन्दोलनमा अनेक घगडान माक्र्सबादीहरु थिए । यद्दपी उनीहरुको मध्यपन्थी प्रवित्ति र भद्दा प्रस्तुतीका कारण मजदुरहरु निर्णायक शक्ति बन्न सकिरहेका थिएनन् । विद्यार्थी लेलिन मजदुर कार्यकता र शिक्षक बन्दै गए । उनको दृढ क्रान्तिकारी दृष्टिकोण तथा तिखो प्रस्तुतीका कारण व्यापक मजदुरहरु संगठित हुदै अघि बढे । अन्ततः रुसमा सन् १९१७ मा भिषण  बर्ग संघर्षद्वारा प्रथमपटक सर्वहारा बर्गले राज्यसत्ता लियो । जो सिधै समाजबादी राज्य प्रणालीको अभ्यास थियो ।

लेलिन नेतृत्वमा सोभियत समाजबादी क्रान्ति लगत्तै सन् १९२१ मा चिनियाँ कम्युनिष्टपाटी, भारतीय कम्युनिष्ट पार्टी र अफ्रिकि कम्युनिष्ट पार्टी एकै साथ स्थापना भए तर चिनियाँ कम्युनिष्ट पार्टीको संस्थापक सदस्य माओ त्सेतुङ बाहेक भारत र अफ्रिकामा निर्णायक तहको बर्ग संघर्ष भएन । चिनमा नयाँ जनबादी क्रान्तिसँगै सन् १९४९ मा कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भयो । पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको जन्म एकाएक गराएका होइन त्यसको एक लामो प्रक्रिया रहेको छ  । नेपाली समाज विकासको ऐतिहासिक चरणमा  बर्ग संघर्ष र राजनीतिक संघर्षको उर्वर बस्तुगत धरातलमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ ।

 नेपाल कम्युनिष्ट पार्टीको जन्म केवल राष्ट्रिय परिथितिको मात्रै उपज होइन । अन्तराष्ट्रिय परिथितिको विकास क्रमको ऐतिहासिक पृष्ठभूमिमा यसको जन्म हुन पुगेको छ । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास यसको स्थापना कालदेखि  विश्व कम्युनिष्ट आन्दोलनको अभिङ्ग आन्दोलन बन्न पुगको छ । अन्ततः विश्व इतिहास हेर्ने हो भने कम्युनिष्ट स्थापनाको जग मजदुर हो यसमा कुनै दुइ मत रहेको छैन । आज संसार भरका मजदुरहर एक हौ भन्ने नारा घन्कीरहेको छ । मजदुर बर्ग क्रान्तिको भरपर्दो र निर्णयक शक्ति हो । 

लेखक अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ