Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा भूकम्पले क्षति पुगेका खानेपानी आयोजना दुई वर्षपछि मर्मत

२०७४, २१ बैशाख बिहीबार ०७:३८

बैशाख २१, गोरखा । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका गोरखाको छेकम्पार गाउँका दुई वटा खानेपानी आयोजनाको मर्मत गरिएको छ । 

बेलायती संस्था डिएफआइडीको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले खानेपानी आयोजनाको मर्मत कार्य गरेको हो । गत कात्तिकदेखि आयोजना मर्मतको काम सुरु भएको थियो । 

छेकम्पारमा स्थानीय जनताको श्रमदान र डिएफआइडीको सहयोगमा फुर्वे, छुले खानेपानी आयोजना मर्मत भएको छ । सडक सुविधाको पहुँच नपुगेको छेकम्पारमा आयोजना मर्मत गर्ने सिमेन्ट, बालुवा, छडलगायत सामग्री ढुवानी गर्न समस्या छ । हेलिकप्टरबाट सिमेन्ट ढुवानी गर्नुपर्दा आयोजना मर्मतमा बजेट धेरै खर्च भएको हो । ढुङ्गा, गिट्टी, बालुवा भने स्थानीय जनताले जुटाएका थिए । 

फुर्वे खानेपानी योजनामा संस्थाले रु पाँच लाख १२ हजार ८० र जनश्रमदानबाट रु दुई लाख ६७ हजार खर्च भएको छ । यस्तै छुले खानेपानी आयोजना मर्मतमा संस्थाले रु छ लाख १६ हजार १३७ र जनश्रमदानबाट रु दुई लाख ८४ हजार २०० बजेट खर्च भएको हो । आयोजना सम्पन्न गर्न स्थानीय जनताले कुल लागतको १४ प्रतिशत श्रमदान गरेका छन् । 

फुर्वे खानेपानी मर्मतपछि २५ घरधुरीका १०८ जना जनता प्रत्यक्ष लाभान्वित भएका छन् भने छुले आयोजनाबाट २८ घरधुरीका १५२ जना लाभान्वित भएको स्वाँरा सघन गाउँ विकास केन्द्रका दोर्णचार्य तिमल्सेनाले जानकारी दिनुभयो । आयोजना मर्मतपछि खानेपानीको सहज पहुँच भएको भन्दै गाउँले खुसी छन् । 

सरकारले ल्याएको एक घर एक धारा नीतिलाई सहयोग गर्न संस्थाले खानेपानी आयोजना पुनःनिर्माणमा सघाएको हो । यस्तै डिएफआइडीकै सहयोगमा जिल्लाका विभिन्न आठ गाउँका १७ वटा खानेपानी आयोजनाको मर्मत कार्य भइरहेको र आउँदो जेठसम्म मर्मत गरिसक्ने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो